पाँचथर,पुष १२ गते – आफ्नै श्रीमती हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ ईम्बुङका इन्द्रबहादुर नेम्बाङलाई ४५ वर्षीय आफ्नै श्रीमती जीवन कुमार नेम्बाङको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनलेले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको पछि ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
राजविराज,पुष १२ गते –सार्वजनिक यातायातका साधन नै लागु औषध ओसार्न प्रयोग हुने गरेको पाइएको छ । राजविराजबाट काठमाडौं जान लागेको ना.८ ख ५८३७ नम्बरको बिशाल मेट्रो बसबाट ठूलो परिमाणमा लागु औषध बरामद भएसँगै यसको खुलासा भएको हो ।राजविराज नगरपालिका–२ स्थित हिमालय राईस मिल नजिक रहेको गुलाब ग्यारेजमा राखिएको बस खानतलासी गर्दा ठूलो परिमाणमा लागु औषध फेला परेको हो । लागु औषधका पटके आरोपित सोही बसका सहचालक सप्तरीको कञ्चनरूप नगरपालिका–८ का संजय भुजेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा सप्तरीको बोदे बरसाईन नगरपालिका– ५ जाँजरका २१ वर्षीय अब्दुल मियाँ पक्राउ परेका छन् ।उन
बाँके,पुष १२ गते – नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकप्वाईन्टबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका–५ रझेना बस्ने १९ वर्षीय राज कुमार थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा राजकुमारको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । भिमदत्त नगरपालिका–८ तिलाचौर बस्ने ३० वर्षीय भानदेव भट्टलाई करिब ९९ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध चरेस सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । संघीय लागूऔषध नियन्त्रण ईकाइ कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनक
सिरहा, पुष १२ गते सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपियाँले बढेर ९३ हजार दुई सय रुपियाँ पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार एक सय रुपियाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार सात सय रुपियाँ रहनेछ जसको मूल्य आइतबार प्रतितोला ९२ हजार छ सय रुपियाँ तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा दश रुपियाँले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ
सिरहा, पुष ११ गते – सप्तरीमा एक जना १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका– ५ बुदेवा टोलका २० वर्षीय अफजल मियाँलाई पक्राउ गरेको छ । कञ्चनरूप नगरपालिका– ११ सिमरास्थित सुन्दरी खोला छेउमा बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा मियाँ पक्राउ परेको प्रहरीले जनाएको छ ।पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित मियाँलाई पक्राउ गरेको जनाएको छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा दिएको उजुरी सोही दिन दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरूपका प्रहरी नायब उपरीक्षक रामकुमार यादवले बताउनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ६ गते गजेन्द्रनारायण सिंह
सिरहा, पुष १२ गते – धनुषाको मिथिला नगरपालिका १ स्थित ढल्केबर सौर्य विद्युत आयोजनाको एक मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले निर्माण गरेको सौर्य विद्युत आयोजनाको विद्युत आइतबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।आयोजनाको विद्युत ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दुरीमा रहेको ढल्केबर सबस्टेसनमा जोडिएको छ । आयोजनाले उत्पादन गरेको विद्युत प्रतियुनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । कम्पनीले साढे चार बिघा क्षेत्रफलमा चार सय वाटका दुई हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्न आयोजना निर्माण गरेको छ । व्यापारिक विद
धनगढी,पुष १२ गते – कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ ।कैलालीको गौरीगंगा नगरपालिका३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए । जोशीले अनलाइनखबरसँग भने, ‘आइतबार राति भइसकेकाले दुवैको मृत्युबारे धेरै क
काठमाडौं,पुष १२ गते – चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई डेरातर्फ जाँदै गरेको अवस्थामा शनिबार राति लाक्पाले घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपश्चात लाक्पालाई सोही नगरपालिका–४ पासिकोटबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
बारा,पुुष १२ गते – परवानीपुर गाउँपालिका– ४ चैनपुर बस्ने २४ वर्षीय सनोर देवानलाई १ थान कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरमा देवानलाई उक्त हतियार सहित फेला पारेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट थप अनुसन्धान भइरहेको छ
काठमाडौं, पुष १२ गते – नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सुरेश रेग्मीले सोमबार मध्याह्न १२ बजेदेखि बन्दसत्र सुरु भएको जानकारी दिनुभयो ।राजधानी काठमाडौंको राष्ट्रिय सभा गृहमा आइतबारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस १५ गतेसम्म चल्ने छ । राष्ट्रिय सभा गृहमा सुरु भएको बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन विधानलगायतका अन्य प्रतिवेदन पेश गर्नुहुने कार्यक्रम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार अध्यक्ष प्रचण्डले पेश गर्नुहुने राजनीतिक प्रतिवेद
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.