X wada

मुख्य समाचार

    Showing २,१३१-२,१४० of २,९७२ items.
  • जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ जना घाइते

    सुर्खेत,पुष २१ गते – दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखका  अनुसार दुर्घटनामा भगवतीमाई गाँउपालिका– ६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । उनी जिप चालक हुन् । सदरमुकामतर्फ जाँदै गरेको लु.२ च ४८२९ नम्बरको जीप नारायण नगरपालिका– ११ मा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १२९ पटक पढिएको
  • ट्रकका ट्रक तस्करीका सामान

    सिरहा,पुष २१ गते – चोरीपैठारी तथा राजस्व चुहावट रोक्न स्थापित संयन्त्र र कानुनी व्यवस्थालाई सीमा आरपार तस्करी गर्ने गिरोहले प्रभावहीन पारेको तथ्यांकले देखाएको छ। पोके तस्कर र साइकल तथा मोटरसाइकलमा अवैध ओसारपसार गर्नेहरू समातिने क्रम छँदै थियो, अहिले तस्करीमा संलग्न भएको भनी एकपछि अर्को ट्रक नै प्रहरी नियन्त्रणमा पर्दै छन्।बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि भरेर पोखरा जाँदै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक ट्रकलाई वीरगन्जको घण्टाघरबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो। उक्त ट्रकलाई रोकेर जाँच गर्ने क्रममा पूर्व सूचनाअनुरूप भन्सार छली ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको हुँदा उ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १४९ पटक पढिएको
  • कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने

    सिरहा,पुष २१ गते –  नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ ।पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ । समितिको आज बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन माघ १५ गते निर्धारण गरेको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवरपुरमा

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १३४ पटक पढिएको
  • कांग्रेस जिल्ला सभापतिलाई धम्क्याउनेु एसपी पाण्डे निलम्बित

    काठमाडौं,पुष २१ गते — प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताए । एसपी पाण्डेमाथि अनुसन्धान जारी छ, उनले भने, अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो । पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ

    • प्रकाशित मितिः पुस २१, २०७८
    • ३२३ पटक पढिएको
  • ३३ किलो सुन तस्करीमा जोडीएका उप्रेती पक्राउ

    सिरहा,पुष २१ गते – ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका रमेश उप्रेती पक्राउ परेका छन्। मंगलबार साढे ३ बजे दुबईबाट एयर अरेबियाको फ्लाइटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ३३ किलो सुन तस्करी मुद्दाका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश लामो समयदेखि फरार थिए।मोरङको उर्लाबारी नगरपालिका–७ का उनी ३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएका थिए। ‘३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू खोज्ने कार्य सक्रिय रूपमा थालिएको छ,’ प्रहरी स्रोतले भने, ‘३३ किलो सुन गायब भएपछि दुबई बस्दै आएक

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १४६ पटक पढिएको
  • ज्येष्ठ नागरिकले लगाए वडा कार्यालयमा ताला

    महोत्तरी,पुष २१ गते –  बैंकले समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध नगराएको भन्दै ज्येष्ठ नागरिकले गौशाला नगरपालिकाको ११ नं. वडा कार्यालयमा तालाबन्दी गरेका छन्। मंगलबार दिउँसो समयमै समाजिक सुरक्षाभत्ता उपलब्ध हुनुपर्ने माग गर्दै उनीहरुले कार्यालयको मुलगेटमा तालाबन्दी गरेका हुन्। त्रैमाशिक रुपमा पाउनुपर्ने भत्ता पछिल्लोपटक ६ महिना बित्दासमेत नपाएको ७८ वर्षीय रामनारायण महतोले बताए। भत्ता नपाउँदा चिसोमा न्यानो कपडा किन्न नपाएको महतोले गुनासो गरे। आफ्नो खातामा पैसा नहुँदा बैंकबाट खाली हात फर्किनुपरेको उनले बताए। उनीहरुको पैसा खातामा राख्न प्रक्रियागत रुपमा बैंकलाई कागजात पठाएको तर बैंकल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १४५ पटक पढिएको
  • स्वास्थ्य चौकीमा तालाबन्दी

    सिरहा,पुष २१ गते – धनुषाको लक्ष्मिनियां गाउंपालिकाको स्वास्थ्य शाखामा तालाबन्दी गरिएको छ ।शाखामा कार्यरत कर्मचारी मनोहर यादवको सरुवा गरेको निहुँमा तालाबन्दी गरिएको हो । पालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष तेज कुमार यादवको नातामा पर्ने मनोहर यादवलाई सरुवा गरिएकै निहुँमा तालाबन्दी गरिएको गापा स्रोतले जनाएको छ । वडाअध्यक्ष नातेदार भएपछि मनोमानी तरिकाले पटक–पटक अनुशासनहीन काम गर्दै विवादित बन्दै आएका मनोहरलाई गापाले केही दिन अगाडि स्वास्थ्य चौकी सपहीमा सरुवा गरिएकोमा आपत्ति जनाउंदै वडाअध्यक्षकै नेतृत्वमा मंगलबार तालाबन्दी गरिएको छ । यता वडाअध्यक्ष यादवले स्वास्थ्य चौकीमा भएको आर्थिक क्रियाकलापबारे

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १९९ पटक पढिएको
  • नवजात शिशुसहित २ जना मृत भेटिए

    दमौली,पुष २१ गते– तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन 

    • प्रकाशित मितिः पुस २१, २०७८
    • ९५ पटक पढिएको
  • ६ लाख सिरिन्ज ल्याइयो

    काठमाडौं,पुष २१ गते –  कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो । ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि खोप लगाउने तयारी थियो ।बालबालिकाका लागि लगाउने ६ लाख ६४

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १२० पटक पढिएको
  • राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा निर्धारण

    सिरहा,पुष २१ गते – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ ।आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् ।उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । आयोगले उनीहरुका लागि खर्चको सीमा निर्धारण गरेको हो । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम ९१० सँग सम्बन्धित अनुसूची–१ मा उल्ल

    • प्रकाशित मितिः पुस २१, २०७८
    • १२५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२