X wada

मुख्य समाचार

    Showing २,०५१-२,०६० of २,९७२ items.
  • भुमि सुधारमा अतिरिक्त रकम असुली

    गौर,पुष २८ गते –   भुमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख र कर्मचारीहरुले अतिरिक्त रकम लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।जग्गा रजिस्ट्रेसन , मोही नामसारी , मोही लगत कट्टा सहितको कामको गराउन जाने सेवाग्राहीहरु संग सरकारी दस्तुर भन्दा अतिरिक्त रकम लिने गरेको सेवाग्राहीहरुको गुनासो छ । पुस मसान्त सम्ममा मोही जग्गा बाँटफाँट गर्नु पर्ने नेपाल सरकारको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथा विभागको निर्देशन रहेको भन्दै कार्यालय प्रमुख राम कृष्ण उप्रेतीले आर्थिक रुपमा लाभ उठाउने नियतले धमाधम जग्गाको मोहियानी हक बाँडफाँट गर्ने गरेको बुझिएको छ । लेखनदास तथा बिच

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १६९ पटक पढिएको
  • ७० किलो गाँजा सहितयुवक पक्राउ

    वीरगञ्ज,पुष २८ गते –   सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजा सहित एकजनालाई बाराबाट पक्राउ गरेको छ ।बारागढ़ी– ७ सुखीपथरामा रहेको जोखु चौधरीको घरमा लुकाई राखिएको अवस्थामा ७० किलो प्रतिबन्धित लागु औषध गाँजा सहित मकवानपुर राक्सिरांग–६का मोतीलाल लामाको २१ वर्षीय छोरा प्रेम लामालाई पक्राउ गरिएको हो । ७० केजी गाँजा सहित नियन्त्रणमा लिइएको लामालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं।२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिए । हरियो प्लास्टिकले बेरेर पाँच वटा पोका बनाई रा

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २३७ पटक पढिएको
  • दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस

    काठमाडौं, पुष २८ गते –  राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाएको छ । कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताउनुभयो ।बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताउनु

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १४४ पटक पढिएको
  • एकल महिलामाथि बलात्कार प्रयास, अभियुक्त फरार

    सिरहा,पुष २८ गते – रौतहटको फतुवा विजयपुर नगरपालिका–८ मा एक एकल महिलामाथि बलात्कारको प्रयास भएको छ । घटना ५ दिन अघिको भए पनि मंगलबारमात्र सार्वजनिक भएको प्रहरीले जनाएको छ ।विजयपुर बजारभन्दा दक्षिण काँटाटोलकी एक एकल महिला माथि सोही ठाउँका २८ वर्षीय आस महमदले बलात्कारको प्रयास गरेको पीडितको भनाइ छ । गत २२ गते बिहीबार बजारबाट तरकारी खरिद गरी घर फर्किएपछि आरोपित आस महमद घरभित्रै प्रवेश गरी बलात्कारको प्रयास गरेको र आफू त्यहाँबाट भागेर नजिकै रहेको माइत घरमा पुगेर बच्न सफल भएको उनको भनाइ छ ।घटनालगत्तै आरोपित आस महमद फरार भएका छन् । ईलाका प्रहरी कार्यलय विजयपुरका प्रमुख एवं प्रहरी निरीक्षक विष्णु विश्

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १६७ पटक पढिएको
  • चोरीको साल काठ पक्राउ

    सिरहा,पुष २८ गते । अबैध रुपमा ओसार पसार गरी ल्याउदै गरेको साईकल र साल काठ डिभिजन वन कार्यालय लहान सिरहाले बरामद गरेको छ । सब डिभिजन वन कार्यालय चोर्हवा अन्र्तगत रहेको वन क्षेत्र भित्र अबैध रुपमा राती ३ बजेको समयमा साईकलमा लोड गरी ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो । दासका अनुसार विशेष सुचनाको अधारमा सब डिभिजन वन कार्यालय चोर्हवा र डिभिजन वन कार्यालयबाट खटिएका गस्ती टोलीले ८ थान सालको फेन्टा र ४ थान साईकल सहित पक्राउ गरेको बाताउनु भयो । चुरे पहाडबाट अबैध रुपमा चोरी निकासी गर्दै ल्याईरहेको अबस्थामा वन कर्मचारीहरुलाई देखेपछि तस्कर फर

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २११ पटक पढिएको
  • बलात्कार प्रयास घटना मिलापत्र गराउन वडाध्यक्षदेखि अस्पतालसम्मको दवाव

    जनकपुरधाम,पुष २८ गते । । धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० धनौजीस्थित लालगढ कुष्ठरोग अस्पतालमा कार्यरत ५० वर्षीय अर्जुन न्यौपानेले अस्तापलमै ४० वर्षीया महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको घटना अस्पताल प्रशासन, इलाका प्रहरी कार्यालय ढल्केवर र वडाध्यक्षलगायतको स्थानियहरुले गुपचुप राख्ने प्रयास गरिएको घटना बाहिरिएको छ ।पुस २५ गते पीडितले इलाका प्रहरी कार्यालय ढल्केवरमा लिखित उजुरी गरेकी छिन् । आरोपितलाई पुस २६ गते विहान पक्राउ गरेपनि मिथिला नगरपालिकाको वडा नं.१० का वडाध्यक्ष सविन विक्रम थापालगायतका स्थानियहरुले दवावमा आरोपितलाई ढल्केवर प्रहरीले छोडेको छ । प्रहरी इन्स्पेक्टर प्रदिप सुवेदील

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २६० पटक पढिएको
  • पक्की घर निमार्णले डोम समुदाय खुशी

    न्युज डेस्कसिरहा,पुष २८ गते । बाँसको सामाग्री बिक्रीबाट आएको आम्दानीले गर्जो टारिरहेका डोम समुदायलाई पछिल्लो कालमा बाँसको सामाग्रीहरुको माग कम हुन थालेपछि आर्थिक अभावमा उनीहरु समस्यामा परेका बेला व्यवस्थित घर नहुँदा समस्या खेपिरहेका सिरहास्थित थलहाका सीमान्तकृत डोम समुदायको लागि प्रदेश सरकारले पक्की घर बनाइ दिएका छन् ।रकम अभावमा वर्षौदेखि ओत लाग्ने घर समेत बनाउन नसक्दाको पीडा खेपिरहेका सिरहास्थित विष्णपुर गाउँपालिका वडा नं.४ स्थित थलहाका डोम समुदायलाई प्रदेश सरकारले पक्की घर निर्माण गर्न सहयोग गरेपछि उनीहरुलाई जीवन यापन गर्न सहज भएको छ । प्रदेश नं.२ सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्राल

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २०७ पटक पढिएको
  • मतदानबाटै प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउने सहमति

    सिरहा,पुष २७ गते – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नामकरण सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदी

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १४९ पटक पढिएको
  • १८३ किलो गाँजासहित एक पक्राउ

    मकवानपुर,पुष २७ गते –  भिमफेदी गाउँपालिका– २ भैसेबाट १ सय ८३ किलो अवैध लागूऔषध गाँजा सहित थाहा नगरपालिका(२ बस्ने ३० वर्षीय रामचन्द्र सिङतानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश ३– ०१– ०२२ च ३५५६ नम्बरको पिकअप गाडीलाई प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा गाडीमा पोका बनाई लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पिकअप चालक रामचन्द्रलाई पक्राउ गरेको हो

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १६४ पटक पढिएको
  • काठमाडौँमा एकै दिन थपिए १२ सय बढी संक्रमित

    सिरहा,पुष २७ गते । देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् ।यता देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल संक्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना संक्रम

    • प्रकाशित मितिः पुस २७, २०७८
    • १०१ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२