सिरहा,पुष ३० गते – प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।
प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा– ३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका(७ का २० वर्षीय सबिर मियाँ पक्राउ परेका छन्। मियाँ ज२प ५१९४ नम्बरको मोटरसाइकलमा सवार थिए।
बिहीबार बिहान इनरुवा– ३ बाट अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र दुई थान म्यागजिनसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हरिनगर गाउँपालिका– ७ कै ३१ वर्षीय सबरेज मियाँ,२५ को सिकन्दर मलाहा र वडा नम्बर ६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् । उनीहरू को१८प ६२२५ र को६प १०९ नम्बरको मोटरसाइकलमा सवार थिए। एउटै गाउँका उनीहरू हतियार ओसारपसारमा संलग्न रहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए।
सबैलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको छ।




















