X wada

मुख्य समाचार

    Showing २,०४१-२,०५० of २,९७२ items.
  • नि : सन्तान समस्या किन बढ्दैछ ? समाधान के हो ?

    सिरहा,पुष २९ गते – एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन् उनी असाध्यै दुःखी छन् । सन्तान नहुँदा पतिकै माया कम हुने हो कि रु घरमा सासू ससुराले हेला गर्ने हुन् कि भन्ने चिन्ताले सताइरहन्छ । आफन्त साथीभाइले खुसीको खबर कहिले सुनाउने हो रु भनेर हाँसो मजाक गरिरहँदा उनलाई भक्कानो फुटेर आउँछ । यो पिडाले उनको हरेक खुसीहरू ओझेलमा परेका छन् । सन्तानका प्राप्तिको भएको हरेक प्रयास खेर गइरहँदा उनी दिक्क छिन् ।  अर्को एक ग्यारेज व्यवसायी सञ्जिव ९नाम परिवर्तन० छन्,

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २५६ पटक पढिएको
  • सुत्केरी तथा गर्भवतीहरु लाभान्वित

    कलैया,पुष २९ गते – बाराको निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमबाट नगर क्षेत्र भित्रका सुत्केरी तथा गर्भवती आमाहरू लाभान्वित भएकी छिन् ।नगरपालिकाले घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको व्यवस्था मिलाए पछि उनीहरु लाभान्वित बनेका हुन् । कछडिया गाउंकी २३ वर्षीया करुणा कुँवरले स्वास्थ्यकर्मीको टोलीले घरमै आएर स्वास्थ्य परीक्षण गर्दा आफ्नो र बच्चाको स्वास्थ्य अवस्थालाई लिएर ढुक्क भएको बताइन् । दुइ साताकी सुत्केरी कविता स्वास्थ्यकर्मीले आफ्नो र बच्चाको स्वास्थ्यबारे सोधपुछ गर्ने र आवश्यक औषधि, भिटामिन घर मै ल्याइदिने गरेको भन्दै खुशी व्यक्त

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २१५ पटक पढिएको
  • पैंतालिस वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’

    काठमाडौं,पुष २९ गते –  लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ।गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। सरकारले मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका एक–एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘औषध नियन्त्रण अधिकारी’ तोक्ने निर्णय गरेको छ। यसअघि मन्त्रालयमा मुख्य औषध नियन्त्रण अधिकारीका रूपमा नीति, योजना, अनुगमन तथा मूल

    • प्रकाशित मितिः पुस २९, २०७८
    • १७८ पटक पढिएको
  • अवैध सामान बरामद

    जनकपुरधाम,पुष २९ गते – धनुषा प्रहरीले भन्सार छली गरी ल्याएको ८० हजारको अवैध सामान नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी जिरोमाईलबाट खटेको टोलीले जनकपुर उप– महानगरपालिका– ७ स्थित माछाबजारबाट भारतबाट भन्सार छली ल्याएका ४१ हजार ३ सय बराबरको ५९ थान ज्याकेट नियन्त्रणमा लिएको हो । बरमाद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ । त्यसैगरी बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटि गएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका– ४ स्थित भैरव चोकबाट भारतबाट भन्सार छली ल्याएका लुगा धुने साबुन, बिस्कुट, राकेश लेखिएको मसाला, नुहाउने साबुन

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २०२ पटक पढिएको
  • लहानमा खुट्टी सिंचाईको हेड बक्स बन्दै

    सिरहा,पुस २९ गते । प्रदेश नं.२ सरकारको सहयोगमा सिरहाको लहानस्थित खुट्टी सिंचाई आयोजनामा सिंचाईको लागि हेड वक्स निर्माणको कार्य तीब्र रुपमा भइरहेको छ । प्रदेश सरकारको भौतिकपूर्वाधार मन्त्रालय अन्तर्गत जलश्रोत सिचाई विकास डिभिजन सिरहाद्वारा आठ करोड ५६ लाखको लागतमा निर्माण भइरहेको उक्त हेड वक्सले त्यस भेगका करिव ९ सय ५० विघा क्षेत्रफलमा सिंचाई हुनेछ । लहानको बीच भाग भएर बग्ने वर्षौ पुरानो खुट्टी सिंचाई आयोवयोजना सुचारु नहुँदा सिंचाई अभावमा त्यस भेगका कृषकहरु अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् । हेड बक्स निर्माण हुन थालेपछि खेतमा सिंचाई सेवा पुग्नेमा आफूहरुआशावादी रहेको स्थानीयको

    • प्रकाशित मितिः पुस २९, २०७८
    • २२९ पटक पढिएको
  • प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा अन्सारी नियुक्त

    जनकपुरध,पुष २८ गते –  प्रदेश नम्बर दुईको मन्त्रिपरिषद् बैठकले सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।  सर्लाही निवासी अन्सारी यसअघि  युएनमा कार्यरत थिए । साथै प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यालय मुजेलियामा स्थापना गरिएको छ ।  केन्द्रमा प्रदेशका जनप्रतिनिधि देखि कर्मचारी समेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धि गर्ने छ। केन्द्र मुख्यमन्त्री कार्यालयको मातहतमा रहने छ । विगतमा सङ्घ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्र प्रदेश २ को पहलबाट प्रदेशको मातहतमा आएको

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २०७ पटक पढिएको
  • अवैध चाँदीका गहना सहित पक्राउ

    सिरहा,पुष २८ गते – धनुषाको जनकपुर उपमहानगरपालिका(५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका– ५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   प्रदेश नम्बर १– ०२– ०४५ प ८२७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातीको पिठयूमा बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गहना सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो ।   खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकप

    • प्रकाशित मितिः पुस २८, २०७८
    • २०२ पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,पुष २८ गते –  बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो। त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँचले बढेको छ। महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ। तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ। चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ 

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १५३ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १६ जना पक्राउ

    सिरहा,पुष २८ गते – मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट बिभिन्न लागूऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका– ८ सिमपानीबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध चरेस र १० किलो अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित राक्सिराङ गाउँपालिका– ६ बस्ने ३३ वर्षीय सन्त बहादुर थिङ सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु।३ च ९७४ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पा

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १९३ पटक पढिएको
  • सहकारीको ५ करोड रकम हिनामिना प्रकरण : २ जना कारागार चलान

    दाङ,पुष २८ गते – दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०र५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले बताए ।कारागार चलान भएका भण्डारी तत्कालीन लालमटिया गाविस( ८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै उनी तत्कालीन नेकपा हुँदा

    • प्रकाशित मितिः पुस २८, २०७८
    • १८४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२