X wada

मुख्य समाचार

    Showing १,९३१-१,९४० of २,९७२ items.
  • खाने पानीको आयोजना बन्न थालेपछि स्थानीय खुसि

    आशिष विश्वकर्मा सिरहा,माघ १५ गते ।सिरहाको गोलबजार नपा १० को घुर्मिघाट र धर्मपुरमा खानेपानीको आयोजना बन्ने भएपछि स्थानियहरुखुशीले गदगद भएका छन् । खाने पानीको अभाव झेलिरहेका यहाँका जनता गोरखा बेलफेयर ट्रष्ट र स्थानीय जनश्रमदानमा एक करोड ६० लखभन्दा बढीको लागतमा खाने पानीको आयोजना बन्न थालेपछि स्थानीय खुसि भएका हुन् ।घुर्मीघाट देउराली खानेपानी उपभोक्ता समितिमार्फत ९७ घरधुरीकालागि ७५ लाख ७२ हजार एक सय ३५ रुपैयाँ र धर्मपुर खानेपानी उपभोक्ता समितिमार्फत १ सय पाचँ घरधु्ीकालागी ८४ लाख ६७ हजार ८ सय ४९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएकोे गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिए

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १२७ पटक पढिएको
  • सत्ता गठबन्धनको बैठक जारी

    सिरहा,माघ १५ गते । पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको बैठकमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व भने छैन ।बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १२१ पटक पढिएको
  • चोरीका गरगहना र नगदुसहित दुई नाबालक पक्राउ

    राजविराज,माघ १५ गते ।  सप्तरीको कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाँमा रहेको एउटा पसलमा ताल्चा फुटाएर लाखौंको धनमाल चोरी गर्ने दुई नाबालकलाई प्रहरीले चोरीको सामानसहित पक्राउ गरेको छ ।सोही ठाउँका १३ र १४ वर्षीय दुई जना नाबालकहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छिमेकमै रहेको ज्ञानु साह सुडीको कृष्णा जेनरल स्टोर्समा बुधबार बिहान ३ बजेतिर पसलको ताल्चा फुटाइ उनीहरुले नगद, रिचार्ज कार्ड तथा सुनचाँदीका गरगहना लगायतका सरसमान चोरी भएको थियो । उनीहरुले चोरी गरेका सामान पनि प्रहरीले घरमै बाकस र खाटमुनि लुकाइ राखेको अवस्थामा बरामद गरेको छ ।अघिल्लो दिन घरबाटै पक्राउ परेकाहरुबार

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १३४ पटक पढिएको
  • जिउँदो सहिद सिंहलाई एक लाख सहयोग

    रौतहट,माघ १५ गते । विगत ७ वर्षदेखि आर्थिक अभावका कारण उपचार गराउन नसकी अनेकौं समस्या भोग्दै आएका मधेश आन्दोलनका घाइते ३० वर्षीय रणवीर कुमार सिंहले आर्थिक सहयोग पाएका छन् ।सेवा केन्द्र विस्तारको विरुद्ध २०७० सालमा भएको आन्दोलनको क्रममा रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रहरी र आन्दोलनकारी बीच भएको झडपको क्रममा प्रहरीको ३ वटा गोली लागेर गम्भीर अवस्थामा घाइते भएका राजदेवी नगरपालिका–५ पताहीका जिउँदो सहिद सिंहलाई मधेश सरकारले दोस्रो पटक एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । आर्थिक समस्याको कारण उपचारबाट समेत वञ्चित भएका सिंहले उपचार नभए प्रदेश सरकारको प्रदेश सभा अगाडि नै जीवन उत्सर्ग गर्ने दिएको चेता

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १२६ पटक पढिएको
  • निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालन

    सिरहा, माघ १४ गते –  धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामी सहजरुपमा उपचार पाउन थालेका छन् । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेका हुन् । २०७७ मङ्सिर महिनाबाट सञ्चालनमा आएको सो सर्पदंश उपचार केन्द्र झण्डै दुई करोड रुपियाँको लागतमा निर्माण भएको छ । युएनडिपीको एक करोड १९ लाख रुपियाँ सहयोग र नगरपालिकाको ९६ लाख रुपियाँको लगानीमा २० शैय्याको अस्पताल निर्माण गरिएको सिआईसी जनकपुरका अध्यक्ष सञ्जय साहले बताउनुभयो । यस्तै नियमितरुपमा अस्पताल सञ्चालनका लागि क्षीरेश्वर

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १९४ पटक पढिएको
  • बीरगञ्जबाट तेस्रो मुलुकमा हुने निर्यातमा १८६ प्रतिशतले वृद्धि

    वीरगञ्ज, माघ १४ गते– देशकै प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ।आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको तुलनामा चालु आवको साउनदेखि पुस महिनाको सोही अवधिमा नेपाली वस्तुको निर्यात १८६ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुससम्ममा १९ अर्ब ५३ करोड ९० लाखभन्दा बढीको नेपाली वस्तु निर्यात भएको थियो। त्यसको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका हुँदै ३६ अर्ब २९ करोड ९६ लाख बढी अर्थात् ५५ अर्ब ८३ करोड ५१ लाख मूल्यको नेपाली वस्तु निर्यात भएको छ।

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १७६ पटक पढिएको
  • सामूहिक बलात्कारमा संलग्न आरोपमा तीनजना पक्राउ

    मोरङ्ग,माघ १४ गते – सुन्दरहरैचा नगरपालिका– ४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई बलात्कार गरेको घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा उक्त होटलका सञ्चालक ३५ वर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका– ३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्‍याइदिन्छु भनी गाडीमा चढाएर उक्त होटलमा लगी बलात्कार गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सं

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ११३ पटक पढिएको
  • अवैध लागूऔषध सहित छुट्टा छुट्टै स्थानबट पक्राउ

    कञ्चनपुर,माघ १४ गते –  दोधारा चाँदनी नगरपालिका– ७ डम्बर चौराह नजिक सडकबाट ४ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बस्ने २४ वर्षीय बिबेक रानामगर, २० वर्षीय रोक्की भन्ने राहुन रानामगर र सोही नगरपालिका– ६ शान्ति टोल बस्ने १८ वर्षीय किशोर रहेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ डम्बर चौराह बस्ने प्रेम बहादुर बडुवालको म।२ प ५०८१ नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले उनीहरुलाई सडकमा बसिरहेको अवस्थामा फेला

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १४५ पटक पढिएको
  • सुनको मुल्यमा गिराबट

    सिरहा,माघ १४ गते –  सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १६० पटक पढिएको
  • रेल्वे कार्यालयमा तालाबन्दी

    सिरहा,माघ १४ गते –  नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरंजन झाले मनोमानी तरिकाले पुराना तालिमप्राप्त कर्मचारीहरुसंग अन्याय गरेको भन्दै रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाम स्थित कार्यालयमा तालाबन्दी गरेको छ ।करिब दुई सातदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र ,तालिम स्थलमा विरोध प्रदर्शनको कार्यक्रम गर्दै आएका पुराना कर्मचारीहरुले विहीबारदेखि दोश्रो चरणको आन्दोलन सुरु गरेका छन् । समिति आवद्ध दिलिप साहले विगत १५ दिन देखि धर्ना प्रदर्शन गर्दै आए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताए ।जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन जाँदा प्रमुख जिल्ला अधिकारीले जिएम

    • प्रकाशित मितिः माघ १४, २०७८
    • २१९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२