सर्लाही,माघ १७ गते – लागूऔषधसहित दुई जनालाई पक्राउ परेका छन् ।
चेकजाँचका क्रममा एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार लालबन्दी नगरपालिका(८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका(६, का अशोक लामा पक्राउ गरेका हुन् ।
प्रहरीका अनुसार उनीहरुबाट डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो




















