X Sharama Funecure

मुख्य समाचार

    Showing १६१-१७० of २,९४४ items.
  • दर्शनार्थी चढेको स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु

    सिरहा,मंसिर २५ गते बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो  चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा सिराहा अर्नामा गाउँपालिका(३ बंठियाटोलका ६० वर्षीया लरुवतीदेवी महरा सोही ठाउँकी ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी चमार, ६० वर्षी

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • ३७७ पटक पढिएको
  • सिरहामा अटो ठक्करबाट युवकको मृत्यु

    सिरहा,मंसिर २० गते भलुवाही चौकमा अटोको ठक्करबाट एक युवकको मृत्यु भएको छ।बुधबार साँझ सिराहा नगरपालिका–११ भलुवाहीका २१ वर्षीय निरज कामतलाई चोहर्वा सिराहा सडक खण्डमा रहेको भलुवाही चौकमा स १ ह ७२४ नम्बरको अटोले ठक्कर दिएको थियो। घटनास्थलमै कामतको मृत्यु भएको प्रहरी सूत्रले जानकारी दिए। घटनाको विरोधमा बिहीबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। स्थानीयहरूले अटो चालकलाई कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन गरेका थिए। यस कारण सिराहा चोहर्वा सडक खण्डमा बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएस

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • ४०५ पटक पढिएको
  • भ्रष्टाचारीहरुलाई कानुनी कारवाही गर्न थालेपछि सरकार ढालिएको हो : उपाध्यक्ष श्रेष्ठ

    सिरहा,मंसिर,१७ गते । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व गृह मन्त्री नारायणकाजी श्रेष्ठले ठूला ठूला व्यक्तिहरु भ्रष्टाचार गरेकोमा कानून बमोजिम कारवाही थालेको कारण सरकार ढालिएको वताउनुभयो । आज सिरहाको गोलबजार वडा नं. ३ मुसहर्नियामा आयोजित ३ दिने प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारीहरु धमाधम पक्राउ गर्दै अन्यहरुको अनुसन्धान पनि तीब्र रुपमा बढाएपछि आफूहरु पनि फसिने डरले माओवादी नेतृत्वको सरकारलाई रातारात ढालेर भ्रष्टाचारीहरु सम्मिलित नयाँ सरकार बनाएको वताउनुभयो ।  उपाध्यक्ष श्रेष्ठले हामी अहिलेको सरकार ढालेर आफू सरकारमा जान आफ्नो पार्ट

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ४७९ पटक पढिएको
  • सई हत्याको सोधपुछका लागि दुई जना पक्राउ

    सिरह,मंसिर १७ गते । सिरहामा मदिरा तस्करद्वारा आइतबार बिहान गाडीले किचेर मारिएका सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको हत्या प्रकरणमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका क्रममा सोधपुछका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई आइतबार नै नियन्त्रणमा लिइएको र उनीहरुसँग आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए । यस घटनामा प्रयोग भएको गाडी र संलग्न व्यक्तिहरुको पहिचान पनि लगभग भइसकेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए। ‘हामीले दुई जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान

    • प्रकाशित मितिः मंसिर १७, २०८१
    • ४९२ पटक पढिएको
  • मेयर महतोको गैर जिम्मेवारी अडियो अभिव्यक्ति सार्वजनिक

    सिरहा,मंसिर १६ गते । सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवेन्दर चौधरी एक महिना बढी समयदेखि सरकारी गाडीसँगै वेपत्ता भएको विषयमा नगर प्रमुख शिवशंकर महतोसँगको जिज्ञासामा  गैरजिम्मेवारी र धम्कीपूर्ण भाषा प्रयोग गरेको अडियो सार्वजनिक भएको छ । अडियो रेकर्डमा मेयर महतोले अधिकृत घर विदामा भए पनि कहिले आउने भने खुलाएको छैन । उनले नगरपालिकाको गाडी सुरक्षितसाथ एक महिनादेखि राखेको वताउँदै गाडी दुरुपयोग नभएको जिकिर गरेको छ । मेयर महतोले फोन वार्तामा पटक पटक असभ्य र गैरजिम्मेवारी र धम्की जस्ता कुरा गरिरहेको सामाजिक संजालमा भेटिएको छ । यस अघि सार्वजनिक भएको फोन वार्तामा पत्

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • १,४०८ पटक पढिएको
  • ड्युटीमा रहेका प्रहरी सई यादवको मृत्य

    सिरहा,मंसिर, १६ गते । नम्बर नखुलेको स्कारपियो गाडीबाट सिरहा कचनारीका ४८ वर्षीय लक्ष्मण प्रसाद यादवको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । सिरहा कचनारी १ बडहरी वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी सई रहेको यादवलाई आज विहान करिव ३ बजेतिर भारतीय सीमानजिकै बरियारपट्टि १ कचनारीमा गस्तिको क्रममा सो गाडीले ठक्कर दिएको थियो । भारत तर्फ मदिरा तस्करी भईरहेको सूचनाका आधारमा चेकजाँचको क्रममा उक्त गाडीले सई यादवलाई ठक्कर दिएर भारततर्फ भागेको सूचना प्राप्त भएको सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले वताउनुभयो ।ठक्कर दिने स्कोरपीया मदिरा बोकेको भन्ने सूचन

    • प्रकाशित मितिः मंसिर १६, २०८१
    • ४१२ पटक पढिएको
  • दलित वस्तीमा शौचालय निर्माण

    सिरहा,मंसिर १० गते । खुल्ला दिशामुक्त घोषणा भएको वर्षौ भए पनि अझै बाहिरै शौच गर्न वाध्य सिरहाको लहान नगरपालिका वडा नं. २१ कलाबन्जर का स्थानीयलाई चौध कोठे सामुदायिकका लागि शौचालय निर्माण भइरहेको छ । वाटर एड, दि विकन परियोजनाको चौवालिस लाखको सहयोग एवम् स्थानीय दलित जनकल्याण युवा क्लवको सहजीकरणमा निर्माण भइरहेको उक्त सामुदायिक शौचालयमा त्यस गाउँका बयालिस विपन्न घर परिवारले सुरक्षित शौचालय उपयोग गर्नेछ ।विशेषतः मुसहर समुदायको बसोबास रहेको उक्त ठाउँमा एउटा शौचालयमा तीन घर परिवारले उपयोग गर्ने गरी १४ वटा शौचालय निर्माण भइरहेको ईन्जिनियर सुन्दर साहले जानकारी दिनुभयो । चैत्र मसान्तभित्र निर्

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • ३०८ पटक पढिएको
  • खेल सौहाद्रपूर्ण तरिकाले खेल्न निर्वतमान नगर प्रमुख चौधरी आग्रह

    सिरहा,मंसिर ९ गते । सिरहाको धनगढीमाई नगरपालिका वडा नं.२ स्थित भवानीपुरमा आजदेखि फुटवल प्रतियोगिता शुरु भएको छ । आज एक समारोहबीच प्रतियोगिताको उद्घाटन धनगढीमाई नगरपालिकाका निवर्तमान नगर प्रमुख हरिनारायण चौधरीले गर्नुभयो । निर्वमान चौधरीले राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद मध्ये फुटवल खेल उच्च स्तरका खेल भएकोले खेललाई सौहाद्रपूर्ण तरिकाले खेल्न सबै खेलाडीहरुलाई आग्रह गर्नुभयो । आजको उद्घाटन खेल राजदेवी फुटवल क्लव कुर्वा र वैशखा फुटवल क्लव वैशखाबीच प्रतिस्पर्धा भएको थियो । आजको खेलमा वैशखा फुटवल क्लवले राजदेवी फुटवल क्लव कुर्वा विरुद्ध एक गोलले विजयी भएको थियो । भो

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • ५६९ पटक पढिएको
  • नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी

    सिरहा म‌सिर ६ गते ।सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले नगरपालिकाको कार्य संचालनमा मनपोली गरेको भन्दै उपमेयर सहितको दुई तिहाई कार्यपालिका सदस्यहरु आन्दोलित भएको छ ।  आज नगरपालिकाको हाताभित्र पत्रकार सम्मेलन गर्दै नगर उपप्रमुख संगीता चौधरीले नगर प्रमुख महतो वार्तामा नआए नगरप्रमुख, प्रशासकीय अधिकृत र लेखा शाखामा तालाबन्दी गर्ने चेतावनी दिएको छ ।  नगर उपप्रमुख चौधरीले साथीहरुबाट नगर प्रमुख महतो वार्तामा आउने जानकारी दिएपछि केही घण्टालाई समय दिएको भन्दै त्यसो नगरिएमा तालाबन्दीसहित थप आन्दोलनको घोषणा गर्ने पत्रकार सम्मेलनमा वताउनुभयो । गत आईतबार उपप्रमुख, वडा अध्यक्ष सहि

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • १,७४२ पटक पढिएको
  • सामा चकेवालाई पोखरीमा सेलाउदै सम्पन्न

    सिरहा,मंसिर १ गते । दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको प्रतीकका रूपमा चिनिने सामा चकेवा पर्व सामा र चकेवा लगायत माटोले बनाएका प्रतिमालाई मण्डपमा राखि थारु समुदायका महिला दिदीबहिनीहरुले आज सिरहाका विभिन्न गाउँका विभिन्न पोखरी तथा तलाउमा सेलाएको छ । दिदीबहिनीले सामा चकेवा, चराचुरुङ्गी, चुगला, वन जंगल लगायत विभिन्न आकारका बनाईएका मूर्ति लाई उनीहरू समुहमा बाजा गाजा सहित लोकगीत गाउँदै पोखरी तथा तलाउमा सेलाएको हो ।यता मधेसी समुदायका अविवाहीत दिदीबहीनीहरुले हिजो शुक्रवार नै सामा चकेवा लगायतका मुर्तिहरुलाई जोतिएको खेतमा सेलाइ सकेका छन् ।थारु समुदायका महिला दिदीबहीहरुले औपचारिक रुपमा भाइटीकाको दिनद

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ४२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२