सिरहा,चैत्र १७ गते । क्याम्पस बनाउने उद्देशयले सिरहाको औरही गाउँपालिकाले विष्णु महायज्ञको आयोजना गरेको छ ।

नौ दिन सम्म चल्ने उक्त महायज्ञ बाट उठेको रकमले विपन्न दलित समुदाय उच्च शिक्षाबाट  बञ्चित भइरहेकाले उच्च शिक्षाका लागि क्याम्पस स्थापना गर्न मायज्ञको आयोजना गरिएको औरही गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले जानकारी दिनु भयो ।

vlcsnap-2025-03-30-18h57m26s307

महायज्ञमा चालिस लाख खर्च हुने अनुमान गरिएको रकम विभिन्न चन्दा दाता बाट पाप्त हुने आयोजकले जनाएको छ ।

महायज्ञमा रासलिला, कुस्ती र कथा वाचन लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल भारतका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको उपस्थिति रहने उक्त महायज्ञका कथा वाचिका भारत वृन्दावनका साधवी आर्या पण्डीतले गर्नुहुने कार्यक्रम रहेको बताईएको छ ।

महायज्ञमा करिव एक करोड भन्दा बढी आम्दानी हुने आयोजकले जनाएको छ ।