X wada

मुख्य समाचार

    Showing १,६७१-१,६८० of २,९७२ items.
  • सहचालकले गरे सहचालक कै हत्या

    विराटनगर,फागुन ८ गते –  सार्वजनिक सवारी साधनमा सहचालकको काम गर्दै आएका मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भट्टराईको हत्यामा संलग्न भएको आरोपमा केराबारी–३ रामपुरका ३५ वर्षीय कमल लिम्बूलाई प्रहरीले पक्रेको हो। भट्टराई केराबारी–भोगटेनी–रामपुर चल्ने सार्वजनिक बसमा सहचालकको काम गर्थे। उनको हत्यामा संलग्न लिम्बू पनि केराबारी–रामपुर चल्ने अर्को बसका सहचालक रहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङका अनुसार मादक पदार्थ सेवन९मापसे० गरिरहेका बेला विवाद उत्पन्न भएपछि रडले हानेर लिम्बूले भ

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १८९ पटक पढिएको
  • लागुऔषध हिरोइनसहित २ जना पक्राउ

    धनगढी,फागुन ८ गते – कैलालीमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय लम्की र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त टोलीले लम्कीचुुहा नगरपालिका– ३ का २२ वर्षीय वीरेन्द्र बिष्ट र २८ वर्षीय राजु सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले विशेष सूचनाका आधारमा बिष्टको घर खानतलासी गर्दा उनीहरू दुवै जना बिक्री वितरणका लागि लागुऔषध (खैरो हिरोइन)को पोका बनाइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । उनीहरूको साथबाट पोका पारिएको प्लाष्टिक, धागोसहित १२ ग्राम ९८० मिलिग्राम खैरो हिर

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १४० पटक पढिएको
  • न्यायाधीश र प्रहरीसँग सेटिङ मिलाएर हत्याका अभियुक्त छुटाइदिने भन्दै ३३ लाख ठगी

    विराटनगर,फागुन ८ गते –  न्यायाधीश र प्रहरीसँग ‘सेटिङ’ मिलाएर हत्याका अभियुक्तलाई छुटाइदिने भन्दै पीडकका परिवारसँग ३३ लाख रूपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्का नेतृत्वको टोलीले इटहरी उपमहानगरपालिका–२० का मन्दु भनिने ३९ वर्षीय जसबहादुर लिम्बूलाई पक्राउ गरेको हो। लिम्बू र इटहरी–१२ का भरत चौधरी मिलेर इटहरी–१२ खनार बस्दै आएकी तारा कार्की ९पुरी०सँग विभिन्न समयमा ३३ लाख रूपैयाँ लिएको खुलेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए। चौधरी भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २५८ पटक पढिएको
  • न्याय सेवा आयोगको बैठक आज बस्दै

    काठमाडौं,फाल्गुन ८ गते ।  आज न्याय सेवा आयोगको बैठक आज बस्दै छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक डाकेका हुन् ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा फस्दै गएपछि गत असोजदेखि आयोगको औपचारिक बैठक बसेर कुनै निर्णय हुन सकेको छैन । तर कागजी प्रक्रिया पुर्‍याएर प्रधानन्यायाधीश जबराकोमा प्रस्ताव पठाई केही निर्णय भने भएका थिए ।आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेको परिषद स्रोतले बतायो ।न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २०१ पटक पढिएको
  • एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

    सिरहा,फाल्गुन ८ गते । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।साझा धारणा बनाउने प्रयासमा यसअघि पटक(पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका थिए । गत शुक्रबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको बैठक निर्णायक हुने बताएका थिए ।अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । त्यसैले सरकार दबावमा छ ।

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १३७ पटक पढिएको
  • दुई वर्षभित्र सबै पालिकामा अस्पताल

    काठमाडौँ, फागुन ८ गते । स्थानीय तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि पूर्वाधार निर्माणको काम तीव्र छ । सरकारले गत वर्षदेखि सुरु गरेको स्थानीय तहका आधारभूत अस्पतालका भवन निर्माणको काम धमाधम छ । कतिपयमा निर्माण सुरु भएको छ भने बाँकीको अन्य प्रक्रिया जारी छ ।सङ्घीय सरकारले गत वर्ष मङ्सिरमा ३९६ वटा पालिकाको आधारभूत अस्पताल निर्माणकार्य सुरु गरेको थियो । त्यसैअनुरूप पालिकाहरूमा पाँचदेखि १५ श(याका आधारभूत अस्पताल निर्माण भइरहेका हुन् । यस वर्ष सरकारले थप २५९ वटा आधारभूत अस्पताल निर्माणको काम अगाडि बढाएको छ ।गत वर्ष सुरु गरिएका ३९६ वटामध्ये स्वास्थ्य मन्त्रालयमा अहिलेसम्म २५५ पालिकाको प्रतिवेदन प्राप

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १६० पटक पढिएको
  • भव्यताका साथ विदाई कार्यक्रम सम्पन्न

    प्रमोद सहनी राैतहट फाल्गुन ८ गते । जय किसान बहुप्राबिधिक शिक्षालयका शिक्षालय प्रमुख ई.विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवलाई हाल अहिलेका नव शिक्षालय प्रमुख धनोज कुमार यादवले भव्यताका साथ विदाई कार्यक्रम सम्पन्न गरेका हुन । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं ९ स्थित उक्त शिक्षालयका सिभिल विभागका प्रमुख ई.नन्द किशोर राय यादवले आफ्नो मन्तव्य ब्यक्त गर्दै भने विगत पाँच वर्ष देखि यो शिक्षालयलाई भौतिक तथा शैक्षिक रूपमा अगाडी बढाएको बताए ।यति छोटो समयमा सबैको मन जितेर हामी बिच अभिभावकको जुन भूमिका निर्वाह गर्नु भएका छन,त्यो श्रेय चाहि पूर्व शिक्षालय प्रमुख झालाई दिन चाहान्

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • ७०७ पटक पढिएको
  • माछा बोक्ने गाडीमा गाँजा ओसारपसार, दुई जना पक्राउ

    जनकपुरधाम,फागुन ७ गते – सर्लाहीमा माछा बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।लालबन्दी नगरपालिका– १ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो । प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । गाँजा बरामद भएपछि गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका– ६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँप

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • ४१२ पटक पढिएको
  • भारतीय स्कारपीओ दुर्र्घटना

    सिरहा,फागुन ७ गते – सिरहाको गोलबजार नगरपालिका ७ कुर्मीटोल नजीकै जन्ती छोडेर फर्कने क्रममा एक भारतीय स्कारपीओ दुर्घटनामा परेको छ । दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।चोहर्वा–पानबारिको बिचमा बी.आर. ०८ पी.बी. ४५५६ नम्बरको भारतीय सेतो एस्कारपीओ इस्टिरिङ फेलई उखुबारीमा पस्दा बोर्डिङको फलामे पाइप भाँचेको र स्कारपीओको अगाडीको भागमा पूर्णरुपले क्षति पुगेको बताइएको छ । चोहर्वामा जन्ती छोडेर घर (भारत) तिर जाँने क्रममा दुर्घटना भएको स्थानियले जानकारी दिएको छ   

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • २२५ पटक पढिएको
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु

    सिरहा,फागुन ७ गते – बाँकेमा घास–दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ। प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका– ६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो।चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८:०० बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए। चलाउनेलाई बाघले घिसारेर लगेको थियो। उनको शव १०:०० बजेतिर फेला परेको थियो।  बाँकेमा असोजयता बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ।

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • १३९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२