सिरहा,फागुन ९ गते – सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँमा किचबेच भइरहेको छ।
यसअघि, आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।




















