X wada

मुख्य समाचार

    Showing १,६२१-१,६३० of २,९७२ items.
  • युक्रेनको राजधानीमा विस्फोट

    किभ,फागुन १३ गते – युक्रेनको राजधानी किभमा केही स्थानमा विष्फोट भएको खबर बीबीसी हिन्दीमा छ । सीएनएन टोलीले शुक्रबार बिहान किभमा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको र तेस्रो शक्तिशाली विस्फोट राजधानीबाट अलग्गै भएको बताएको छ।पूर्व गृह उप(मन्त्री एन्टोन हाराशेन्कोले युक्रेनको समाचार एजेन्सीसँग विष्फोटको आवाज सुनेको बताएका छन्। उनले क्रुज वा ब्यालिस्टिक मिसाइलको प्रयोग भएको बताएका छन् । युक्रेनी सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैनन् ।युक्रेनको गृह मन्त्रालयका एक अधिकारीले रुसी विमानलाई डार्निटस्कीमा खसालेको बताएका छन् । रुसी जेट ७ ए कोशिट्सिया स्ट्रिट नजिकै दुर्घटनाग्रस्त भएको अधिकारीहरुले ब

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १५७ पटक पढिएको
  • प्रहरीकै संलग्नतामा मधेसमा खुलेआम तस्करी ।

    सिरहा,फाल्गुन १३ गते । मधेस प्रदेशमा पछिल्लो समय व्यापक तस्करी भइरहेको पाइएको छ । मधेस प्रदेशमा खुलेआम तस्करी भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा रहेको ‘हेलो सरकार’मा उजुरीका चाङ छन । प्रहरी निकायकै मिलोमतोमा मधेस प्रदेशमा तस्करी भइरहेको किटानी गर्दै हेलो सरकारमा उजुरी दिइएको छ ।प्रधानमन्त्री कार्यालय मातहत रहेको ‘हेलो सरकार’ १ महिना भित्रमा दर्जनभन्दा बढी उजुरी परेका छन जसमा तस्करी हुने नाका र तस्करका नाम नै किटान गरिएको छ । ‘हेलो सरकार’मा परेका ती उजुरीमा लेखिएको छ– ‘वीरगंजको मुख्य नाका इनर्वादेखि लिएर पर्साका ग्रामिण भेगमा रहेका नाकाहरू भिस्वा, अमरपट्टि, प्रसौनी भाठ्ठा, खेस्राहाबाट तस्कर

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १३९ पटक पढिएको
  • एमसीसीमाथि छलफल

    सिरहा,फाल्गुन १३ गते । प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ ।  संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ । ‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ । यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • १४७ पटक पढिएको
  • सामुदायिक भवन बने पछि स्थानीयहरु खुसी

    सिरहा,फाल्गुन १२ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ७ फुलबरिया टोलमा प्रदेश सरकारको सहयोगमा सामुदायिक भवन बने पछि उक्त टोलका स्थानीयहरु खुसी भएका छन् । प्रदेश नं. २ अन्तर्गत क्षेत्र नं. ४ क बाट निर्वाचित भएका सांसद दिलपि साहको संसदीय विकास कोषबाट १० लाखको लागतमा भवन बन्ने पछि सामाजिक कामको लागि अन्यत्र ठाउँको खोजी गर्नुपर्ने वाध्यता हटेको स्थानीयले जनाउनु भयो ।  अहिले नायाँ सोचको आधारमा संसदिय कोषको बजेट आई रहेको छ  त्यो बजेट राम्रो संग सदुपयोग भईरहेको छ । दलित वस्तिहरुमा बैठक,भेला, भोज भतेर गर्न दलान ,धर्मउशाला नभएको अवस्था छ । विहेवारी गर्दा धेरै समस्या देखेकोले यस्

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १३१ पटक पढिएको
  • नेपाली सेनालाई भारतीय सेनाले दियो १ लाख डोज कोरोना खोप

    काठमाडौं,फागुन १२ गते –  भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड–१९ विरुद्धको कोरोना खोप उपहारस्वरुप प्रदान गरेको छ । नेपाली सेनाको जंगी अड्डामा बिहीबार आयोजित एक समारोहमा गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई खोप हस्तान्तरण  गरेका हुन्। भारत सरकारको खोप मैत्रीु योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई  सो खोप उपहारस्वरुप प्रदान गरेको हो।  यसअघि पनि भारत सरकारले नेपाललाई खोप उपलब्ध गराएको थियो ।कार्यक्रममा लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा सैनिकले भारतीय सेनामा देखाएको बहादुरी र समर्पणको प्रशंसा गर्दै गो

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १८६ पटक पढिएको
  • युक्रेनले भन्यो–रुसको आक्रमणमा सातजनाको मृत्यु, कैयौं घाइते

    बेलयात,फागुन १२ गते – रुसी बम आक्रमणमा परी सातजनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ । पोडिल्स्कमा रहेको सैन्य शिविरमा भएको आक्रमणमा छजनाको मृत्यु भएको र सातजना घाइते भएको अधिकारीहरूले बताएका छन् । १९ जना बेपत्ता रहेको समेत बताइएको छ ।प्रहरीका अनुसार मेरियोपोलमा एकजनाको मृत्यु भएको हो । रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका छन् । त्यसयता रुसले युक्रेनका धेरै सैन्य अखडाहरूमा आक्रमण गरिसकेको छ । युक्रेनले पनि यसको पुष्टि गर्दै धेरै ठाउँमा क्षेप्यास्त्र प्रहार भएको बताएको बीबीसीमा समाचार छ । तर, रुसले नागरिकमाथि हमला नगरेको कुरा अस्वीकार गर्दै

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • २,४५४ पटक पढिएको
  • एमसिसीको निर्धारण आज

    सिरहा,फागुन १२ गते – अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) को भविष्य बिहीबार निर्धारण हुने भएको छ । बिहीबार रणनीतिलाई मुर्तरुप दिन कार्यव्यवस्था परामर्श समितिमा हुने सहमति अनुसार एमसीसीमाथि छलफल सुरु हुनेभएको छ ।सैद्धान्तिक र दफाबार छलफलका लागि कार्यव्यवस्था परामर्श समिति बैठकले समय तोक्ने र प्रतिनिधिसभामा एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने जनाइएको छ । सैद्धान्तिक छलफलमा सांसदहरूले एमसीसीबारे आ– आफ्नो धारणा राख्ने छ । मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जवाफ दिएपछि सभामुखले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • ११८ पटक पढिएको
  • सुनको मूल्य बढयो

    सिरहा,फागुन १२ गते – नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ। बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ। आज प्रतितोला  १ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरकेको छ। अघिल्लो दिन एक हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।रुस र युक्रेनबीचको तनावको समाचारले सुनको भाउ समेत एक वर्ष यताकै उच्च विन्दुमा पुगेको जनाइएको छ। दुई देशबीचक

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १२२ पटक पढिएको
  • करेन्ट लागेर एक जनाको मृत्यु

    सिरहा,फागुन १२ गते – सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ  । स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो । करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए 

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १०६ पटक पढिएको
  • लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ

    सिरहा,फागुन १२ गते – लागु औषधसहित दुई युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । लागु औषध ६ ग्राम ब्राउन सुगरसहित पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ स्थित लक्ष्मिपुरका २६ वर्षीय सुमित चौधरी र उदयपुरको चौदण्डी नगरपालिका वडा नम्बर ८ स्थित हडियाका ३४ वर्षीय विद्यानन्द चौधरी रहेका छन् । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ स्थित सखुवनीबाट प्रदेश १–०५–००१ प ४५९३ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । पक्राउ परेका आरोपित दुवै जनामाथि लागू औषध मुद्दामा म्याद थप गराई&nbs

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १०५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२