काठमाडौं,फागुन १५ गते – एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। ‘व्याख्यात्मक घोषणा’सहित एमसीसीको पुरक प्रस्तावको ड्राफ्टलाई केहिबेरमा बस्ने गठबन्धनको बैठकले मूर्तरुप दिएपछि संसद्बाट एमसीसी अनुमोदन गर्ने तयारी रहेको छ। ससद् भवन नयाँ बानेश्वरमा आइतबार दिउँसो १ बजे बैठक बस्दैछ। प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। प्रतिनिधिसभा बैठ
रौतहट,फागुन १५ गते – गौर राइस मिलको जग्गाको बिक्री गर्ने प्रयोजनका लागि नक्कली कागजात सिफारिस गर्नेमाथि स्थानीय प्रहरी प्रसाशनले हाल सम्म कारवाही अघि बढाउन सकेको छैन ।सार्वजनिक रुपमा प्रयोग हुँदै आएको मिलको नाउंमा दर्ता रहेको ५ विघा १९ कठ्ठा १५ धुर जग्गाको मालपोत रजिष्ट्रेशन प्रक्रियाको लागि गौर नगरपालिका– १ का वडा सचिवले वडा नम्बर ३ का वडा सदस्य लाल महमदको दवावमा किर्ते घर बाटो प्रमाणितको कागजात तयार पारेको सार्वजनिक रुपमा स्वीकार गरे पनि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसाशन कार्यालय रौतहटले कुनै कारवाही अगाडि बढाएको छैन । गौर नपा–१ का वडा सचिव विनोद पासवानले रक्सी खाएको बेला झुक्याएर सिफा
दाङ्ग,फाल्गुन १५ गते । पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । तत्कालीन जनयुद्धका समयमा तत्कालीन नेकपा ९माओवादी० का वरिष्ठ नेता मोहन वैद्यलेसमेत सो विद्यालयमा अध्यापन गराएका थिए । तर त्यहाँ अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन । नजिकै खोला बगिरहेको छ, तर त्यो पानी शौच गर्नका लागिसमेत विद्यालय
भरतपुर, फागुन १५ गते । संरक्षित क्षेत्रभित्र वन्यजन्तुको सङ्ख्या बढाएरमात्र हुँदैन । सङ्ख्या बढेसँगै वासस्थान सुधार, विस्तार र आहार प्रजातिको व्यवस्थापन नहुने हो भने वन्यजन्तु कि बस्तीतिर सर्छन् कि आहार राम्रो भएको अन्य वन–जङ्गलतिर जाने गर्छन् । पछिल्ला वर्षमा चितवन र आसपासका क्षेत्रमा यस्तै घटना देखिएका छन् ।चितवन राष्ट्रिय निकुञ्जबाट घडियाल गोही र गैँडा बाढीले बगाएर भारत पुगेका घटना यसअघि सार्वजनिक भएका छन् । पछिल्लो समय नेपालका बाघ पनि भारततिरै बसाइँ सर्न थालेको विज्ञहरूको भनाइ छ । सीमित वासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमाक्षेत्रमा रहेको व
बागलुङ, फागुन १५ गते । कालीगण्डकी नदीबाट अवैध रुपमा निकालिएको नदिजन्य उत्पादन बोकेर गन्तव्यतर्फ जाँदैगरेका चारवटा ट्याक्टर जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ ।बागलुङ नगरपालिका –१ खनियाघाटबाट अवैध तरिकाले निकालिएको ढुंगा बोकेर गन्तव्यतर्फ हिँडेका ग १ त ६२११, ग १ त ६७७०, ग १ त ५५४२ र ध १ त ४४७१ नम्बरको ट्याकटर प्रहरीले नियन्त्रणका लिएको हो । ट्याक्टरले ढुङ्गा र बालुवा लिएर आएको प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।नियन्त्रणमा लिएका ट्याक्टर बागलुङ नगरपालिका –४ को वडा कार्यालयले दिएको अनुमतिपत्र देखाएको तर वडा कार्यालयले नदीजन्य पदार्थ उत्खनन् र ढुवानीका लागि अनु
काठमाडौं,फाल्गुन १५ गते । । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक–पटक सारिएको बैठक आज बस्न लागेको हो ।यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत
उर्लाबारी,फाल्गुन १५ गते । मध्य फागुन भए पनि पश्चिमको चिसो सिरेटोले औसत मानिस बिहान १० बजेभन्दा अघि काममा निस्कँदैनन् । ‘भारतमा काम नपाएर बेरोजगार बन्नुभएका मोहम्मद असरफुललाई चिसोको वास्तै हुँदैन । असरफुल बिहानै पूर्व–पश्चिम राजमार्गको सडक किनारमा फालिएका प्लाष्टिक र टिनका बोतल सङ्कलन गरेर बोरामा खाँद्दै हुनुहुन्थ्यो । “सरकारले रोजगार दिँदैन । ९ जनाको परिवार छ । बिहान–बेलुका खुवाउनै प(यो” मोरङको कानेपोखरी बजारबाट थोरै पूर्वपट्टिको वरको रुखमुनि बसेर प्लाष्टिकका थोत्रा बोतल बोरामा हाल्दै भारतीय नागरिक मोहम्मद असरफूलले भन्नुभयो ।असरफूल आफ्ना तीन सन्तानका साथ विगत ३ वर्ष यता पूर्व–पश्चिम राजमार्गक
सिरहा,फाल्गुन १४ गते । नेकपा माओवादी केन्द्र गाउँ कमिटी वडा नं. ३ सिरहाद्वारा आज शनिबार कुरवा गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । यस अघि वडा नं.२ भवानीपुरमा नेपाली कांग्रेसबाट विजयी भएका पूर्व गा.वि.स.अध्यक्ष गहुम लाल चौधरी लगायतका सयौं जना र वडा नं. ५ स्थित तैंतिस विगहा र मोथियाहीमा दर्जनौ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले नव प्रवेशीहरुलाई अबिर लगाई स्वागत गर्नुहुँदै माओवादी केन्द्रका ने
महोत्तरी,फाल्गुन १४ गते । महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । अहिले यहाँको जनजीवन सामान्य बनेको नगर प्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको बिषयमा अनुशन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको बिषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।
सिरहा,फाल्गुन १४ गते । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको पीसीआर निशु्ल्क गर्ने व्यवस्था गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परीक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो । शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकहरुका लागि निशुल्क पीसीआर परीक्षण हुनेछ । तर, त्यसका लागि वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.