काठमाडौं,फागुन १६ गते – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु ले पत्रकार सम्मेलन गर्दैछन् । प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछि सोमबार दिउँसो ३ बजे आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
समसामयिक राजननीति र एमसीसीका विषयमा पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदनमा भूमिका खेलेको भन्दै कार्यकर्ताहरु रुष्ट बनेका छन् । सडकमा भातृ संगठनलाई आन्दोलन गर्न लगाएर एमसीसी अनुमोदनमा सघाएको आरोप प्रचण्डमाथि छ




















