X wada

मुख्य समाचार

    Showing १,४७१-१,४८० of २,९७२ items.
  • सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण

    सिरहा,फागुन २४ गते – धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषा र लिली फाउण्डेसन काठमाडौंको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको समन्वयमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो। पठनपाठनमा टेवा पुग्ने उद्देश्यले झोला वितरण गरिएको मिथिला वाइल्ड लाईफ ट्रष्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले जानकारी दिए। ‘गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई हातमै किताब बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो। त्यो बाध्यता यस विद्यालयका विद्यार्थीहरुलाई टरेको छ। अब यी बालबालिकाको पठनपाठन सहज हुने व

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • २०७ पटक पढिएको
  • स्थानीय तह निर्वाचन निर्देशिका बन्दै

    काठमाडौं, फागुन २४ गते –  निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि आवश्यक निर्देशिका बनाउने कार्य अन्तिम चरणमा पु(याएको छ । निर्वाचन कार्यतालिकाबमोजिम फागुन २५ भित्र सबै मस्यौदालाई अन्तिम रूप दिनुपर्नेछ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन, २०७९ का लागि १४ वटा निर्देशिका आवश्यक हुने बताउनुभयो । आयोगका अनुसार जनशक्ति व्यवस्थापन, निर्वाचन मतदान, मतगणना, आर्थिक व्यवस्थापन, निर्वाचन सुरक्षा, निर्वाचन अनुगमन, निर्वाचन पर्यवेक्षण, मतदाता शिक्षा, आचारसंहिता, जनशक्ति प्रशिक्षण, निर्वाचन विवाद (सुनुवाइ तथा निरुपण), कसुर तथा सजाय, सञ्चारमाध्यम अनुगमनसहि

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १२४ पटक पढिएको
  • झोल युरिया मल ल्याउन अनुमति

    काठमाडौं, फागुन २४ गते –  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ ।यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइनेमा अब झोल युरिया मल पनि ल्याउन पाइने कृषि तथा पशुपन्छीमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सकिने मन्त्री यादवले बताउनुभयो ।नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ ।राजपत्रमा उल्लेख भएबमोजिम हालसम्म नेपालमा ५२ प

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १६९ पटक पढिएको
  • सुमो र मोटरसाइकल ठोक्कियो, बालकसहित दुईजनाको मृत्यु

    महोत्तरी,फागुन २४ गते – महोत्तरीमा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर मोटरसाइकलमा सवार गौशाला नगरपालिका–२ निगौलका २२ वर्षीय संजित मण्डल र सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिए। सोमबार बेलुका गौशाला–सम्सी सडकखण्ड अन्तर्गत औरही नगरपालिका–४ स्थित सुमो जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।गौशालाबाट जलेश्वरतर्फ जाँदै गरेको प्र.२—०२—००१च ८४१नम्बरको सुमो गोल्ड जीप र विपरीत दिशाबाट आउँदै गरेको अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना दुवै जना गम्भीर

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १९५ पटक पढिएको
  • एक रूपियाँको सिक्का निष्कासन

    काठमाडौं, फागुन २४ गते –  नेपाल राष्ट्र बैङ्कले सुनौलो रङमा टकमरी गरिएको एक रुपियाँ दरको सिक्का मङ्गलबारदेखि चलचल्तीमा ल्याउने भएको छ । सिक्काको आकार भने हाल प्रचलन रहेको सिक्कासरह नै रहेको राष्ट्र बैङ्कले जनाएको छ । सिक्काको अग्रभागको वृत्ताकार घेराभित्र ६४ वटा थोप्ला रहनुका साथै हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ । यसको माथिल्लो भागमा अङ्ग्रेजी अक्षरमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा रुपैँया १ लेखिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १५८ पटक पढिएको
  • ४५ लाखमा राम जानकी सामुदायीक भवन

    अनुभक्त चौधरी,सिरहा,फाल्गुन २४ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र नरगी टोलमा मधेश प्रदेस सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको ४५ लाखको लागतमा राम जानकी सामुदायिक भवन निर्माण भएको छ ।  रामजानकी मन्दिरको नाममा रहेको डेढ कठ्ठा जग्गामा बनेको दुई तल्ले भवन विशेषतः विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा सार्वजनिक कामको लागि निर्माण गरिएका हुन् । भवनको पहिलो तल्लामा ठूलो हल रहेको छ भने माथिल्लो तल्लामा विश्राम स्थलको लागि ४ वटा ठूलठूला कोठासँगै आवश्यक संरचनाहरु निर्माण भएका छन् । बहुसंख्यक दलित एवम् विपन्न परिवार मुसहर जातिहरुको बसोबास रहेको उक्त ठाउँमा सामुदायिक भवन बनेपछि उक्त समुदायका

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १६२ पटक पढिएको
  • मोटरसाइकल जुध्दा पाँच घाइते, तीनको अवस्था गम्भीर

    बारा,फागुन २४ गते –वीरगन्ज सडक खण्ड अन्तर्गत बाराको कलैया उपमहानगरपालिका ५ बाल मन्दिर नजिकै दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा भएको दुर्घटनामा ५ जना घाइते भएका छन् ।जसमध्ये ३ जनाको अवस्था अवस्था गम्भीर रहेको छ । कलैयाबाट वीरगन्ज तर्फ जाँदै गरेको बा १७ प ९९२३ नम्बरको  मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र। ०२–०२१ प ९७९५ नम्बरको मोटरसाइकल मंगलवार बिहान करीब ७ बजे एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । घाइते हुनेमा मोटरसाइकलका चालक कलैया उपमहानगरपालिका १८ मोतिसर बस्ने ३० वर्षीय पवन गुप्ता र पछाडि सवार उनकी श्रीमती २

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १३० पटक पढिएको
  • सिरहा कांग्रेस निर्वाचनमा यी कुराले प्रष्ट हुन्छ धाँधली

    सिरहा,फागुन २४ गते – सिरहा कांग्रेसको सोमबार नेतृत्व चयनका लागि गोलबजारमा मतदान हुँदै थियो । गोलबजारमा मतदान गराउँदा सुरुदेखि नै रामचन्द्र यादव पक्षले धाँधली गर्ने रामसुन्दर चौधरी पक्षको आकलन थियो । के उनीहरुको आकलन सही छ । हेरौँ, यी कुराहरुले जसले प्रष्ट हुन्छ । प्रहरी प्रशासन र निर्वाचन अधिकृतको आडमा धाँधली भएको छ । १. मतपत्रमा सिरियल नम्बर र अधकट्टी नहुनु मतदान स्थलको विषयमा विवाद थियो । त्यही विवादबीच निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरेको थियो । प्रक्रियामा रामसुन्दर चौधरी पक्षले भाग लियो । रामसुन्दर चौधरी पक्षले निर्वाचन अधिकृत संजीव लामालाई मतपत्रमा सिरियल नम्बर र अधकट

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १,०७२ पटक पढिएको
  • घाटा न्यूनीकरण गर्दै निगम : पम्पको कमिसन घट्यो, कर्मचारीको पोसाक खर्च हट्यो

    सिरहा,फागुन २४ गते – नेपाल आयल निगमले विश्व बजारमा मूल्य निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थ बिक्रीबाट बेहोरिरहेको घाटा न्यूनीकरण गर्ने नीति लिएको छ । पेट्रोलियम पदार्थ बिक्रीबाट हुने बढ्दो घाटा न्यूनीकरण गर्न निगमले आन्तरिक र बाह्य दुवैतर्फका खर्च कटौती गर्न लागेको हो ।अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढेर आएपछि निगमको बोर्ड बैठकले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रेताले पाउने कमिसन कटौती गर्ने निर्णय गरेको हो । निर्णयअनुसार ढुवानीकर्ता तथा बिक्रेताले प्रतिशतका आधारमा पाउने कमिसनलाई भने यथावत् राखिनेछ । यसको अर्थ माघ ७ गते बसेको बोर्डको बैठकअनुसार एक लिटर पेट्रोल बेचेबापत बिक्रेताले

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १२६ पटक पढिएको
  • महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ स्राष्ट्रपति

    काठमाडौं, फागुन २४ गते – राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • १६० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२