सिरहा,फागुन २५ गते – ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई फागुन २४ गते १२ बुँदे ज्ञापनपत्र बुझाइएको छ ।
ओरेक, मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुनस्र्थापना केन्द्र, एम्नेष्टिी इन्टरनेशनल, आप्रवासी हकहित सञ्जाललगायत संघसंस्थाले सिरहाका प्रमुख जिल्ला अधिकारी कवारीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा नेपालमा सिरहाजिल्लाका १७ वटै स्थानीयतहरुमाश्रमिक डेस्क संचालन कार्यबिधि⁄निर्देशिका सहितको श्रम डेस्क स्थापना, हालको बढदो मूल्य बृद्धिको अनुपातमा नेपाल सरकारले निर्धारण गरेको बर्तमान न्यूनतम पारिश्रमिक ज्याला कम र अब्यबहारिक रहेको हुँदा न्यूनतम पारिश्रमिक ज्याला बृद्धिको लागि पहल, श्रमिक महिलाहरूको श्रमिक महिलाको पहुँच, जीवन बीमा लगायतका विषय उठाइएको छ ।
सिरहा जिल्लामा श्रमिक र श्रमिक महिलाहरूका सवालमा स्थानीय तह र प्रशासनिक निकायबाट तत्काल सम्बोधन गर्न सकिने सवालहरूलाई सम्बोधन गर्न स्थानीय तहहरुमा समेत कार्यान्वयनका लागि पहल गरी दिन माग गरिएको छ ।ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले ज्ञापन पत्र बुझाउन आएका संघ संस्थाले ज्ञापनपत्रमा उल्लेख मागहरु तत्काल सम्भव हुने मागहरू पुरा गर्न पहल गर्ने र स्थानीय तहहरूमा पत्राचार गर्ने प्रतिबद्धता जनाउनु भयो




















