X wada

मुख्य समाचार

    Showing १,३५१-१,३६० of २,९७२ items.
  • स्थानीय निर्वाचन : बैशाख ११ र १२ गते मनोनयन दर्ता हुने

    सिरहा,चैत्र ५ गते । देशैभर एकैपटक बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगको कार्यक्रम अनुसार उम्मेदवारी मनोनय दर्ताका लागि २ दिन छुट्याइएको हो ।निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम सार्वजन

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १६४ पटक पढिएको
  • प्रचण्ड: एमसीसीमा क्रान्तिकारी टोपलिएको भए सरकार र सभामुख पनि जन्थ्यो

    काठमाण्डौ,चैत्र ५ गते । आफूले धेरै सोचविचार गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टीकरण दिएका छन् ।आज शनिबार सिन्धुलीमा आयोजित पार्टी कार्यक्रममा उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धी पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे ब्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिन भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्व

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १४१ पटक पढिएको
  • रौतहटमा होलीको खेल्ने क्रममा झडप, २ राउण्ड गोली चल्यो, तीन एम्बुलेन्समा क्षति

    रौटहट,चैत्र ५ गते ।रौतहटको कटहरीया नगरपालिका–९ डुमरिया गाउँमा होली मनाउने क्रममा दुई पक्षबीच झडप भएको छ ।शुक्रबार राति भएको झडप नियन्त्रणका लागि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घाइतेलाई उद्धार गर्न गएका तीन वटा एम्बुलेन्समा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।होली मनाउने क्रममै दुई पक्षबीच झडप र ढुंगा हानाहान भएको छ। झडपमा केही मानिस घाइते भएका छन्। घाइते हुनेमा कटहरिया ९ डुमरियाका तिन जना रहेका छन्। स्थानीय राजकुमार यादव, महबुब मिया र जटाशंकर साह घाइते भएको प्रहरीको भनाइ छ।उनीहरुलाई थप उपचारको लागि राति नै एम्बुलेन्सबाट विरगञ्ज पठाईएको

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १४५ पटक पढिएको
  • त्रिविको परीक्षा पुनः स्थगित

    काठमाडौं,चैत्र ५ गते । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ८ चैतदेखि उपप्राध्यापक पदको परीक्षा गर्ने तयारी गरेको परीक्षा पुनस् स्थगित गरेको छ ।तर ‘विज्ञापन नं। ७०१र०७७र०७८ देखि ८२५र०७७र०७८ सम्मको पदमा पदपूर्ति नगर्न भनी सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको भन्दै अनिश्चितकालका लागि परीक्षा स्थगित गरिएको हो ।आयोगले शनिबार एक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गर्ने जनाएको छ । 

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १९७ पटक पढिएको
  • पक्राउ गर्न जाँद प्रहरीमाथि आक्रमण

    सर्लाही,चैत्र ५ गते । सर्लाहीको लालबन्दी नगरपालिकामा फरार अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएको छ ।लालबन्दी नपा वडा नम्बर १२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा स्थानीय युवाहरुले पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) रामएकबवाल यादवमाथि आक्रमण गरेका हुन् ।बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि आक्रमण भएको सर्लाही प्रहरीले जनाउनु भयो । घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।आक्रमण गर्ने समूह फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले उल्लेख गर्नु भयो ।

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १४३ पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा सबस्टेसन उद्घाटन

    काठमाडौं, चैत ५ गते । २२० केभीको नयाँ खिम्ती सबस्टेसनको उद्घाटनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । दोलखामा निर्माण भएको सबस्टेसन मुलुककै ठूलो ४५६ मेगावाटको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । माथिल्लो तामाकोसी आयोजनाले निर्माण गरेको सबस्टेसन नेपालमा हालसम्म निर्माण र सञ्चालन भएको ढल्केबरपछिको दोस्रो ठूलो सवस्टेशन भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताउनुभयो ।तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने नयाँ खिम्ती सबस्टेसनबाट करिब एक हजार दुई सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १८३ पटक पढिएको
  • खनाल:ओलीको बाकसमा जिरो मत पर्नुपर्छ

    काठमाडौं,चैत ५ गते । आगामी निर्वाचनमा नेकपा ९एमाले०ले सजाय पाउनुपर्ने नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले बताएका छन् ।एकीकृत समाजवादीको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै  खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठूलो सजाय दिनुपर्ने बताए । उनको बाकसमा जिरो मत पाउनुपर्छ’ उनले भने, ‘तब मात्र नेपाली जनताले सही ढंगले संविधानको रक्षा गरेको ठहर हुन्छ ।’कम्युनिस्टको बहुमत रहेको संसदबाट जनमुखी ऐन, कानुन, बजेट र कार्यक्रमहरु ल्याउन सकिने भन्दै खनालले त्यस्तो संसद विघटन गर्नु दक्षिणपन्थी अवसरवाद भएको बत

    • प्रकाशित मितिः चैत ५, २०७८
    • १५१ पटक पढिएको
  • हतियार सहित पक्राउ

    सिरहा,चैत्र ४ गते ।सिरहाको धनगढीमाई नगरपालिका वडा नं.११ स्थित आँप चौकमा चेक जाँचको क्रममा हतियारसहित धनगढीमाई नगरपालिका वडा नं.११ का ४२ वर्षीय ब्रहमदेव यादवलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीको प्रहरी टोलीबाट पक्राउ परेका यादवको साथबाट fyaf6 BR 32 AB 0449  को मोटरसाईसँगैMade In Italy  लेखिएको पेस्तोल, सोमा लाग्ने ५ राउण्ड गोली, एक थान म्याग्जिन र एक थान मोवाइल बरामद गरिएको छ ।विभिन्न अपराधिक गतिविधिमा संलग्न यादव प्रहरीको निगरानीमा रहेको प्रहरीले जनाएको छ । नेपाली कांग्रेस पार्टीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न यादवको थप अनुसन्धान भइर

    • प्रकाशित मितिः चैत ४, २०७८
    • १०५ पटक पढिएको
  • होली पर्व मनाइँदै

    सिरहा, चैत्र ४गते ।   सद्भाव, अपनत्व भावना मिसिएको होली पर्व आज तराई मधेशको जिल्लाहरुमा धुमधामसँग आज मनाइँदैछ । त्यस क्रममा सिरहाका गाउँ, शबहर सबैजसो ठाउँमा होलीले रौनकता लिएको छ । एक अर्कालाई अबिर र रंग दलिएर रमाइलो गर्ने गरिएको छ । विगत दुई वर्षदेखि कोरोना महामारीका कारण विभिन्न चाडवाडसँगै होली पनि मनाउन नपाएकाले यसपल्ट होली खुबै धुमधामसँग मनाइँदैछ । यद्यपि पहिलाजस्तो होली पर्वको दिन एक अर्कालाई रंग लगाएर सम्मान दिने चलन भने हराउँदै गएको छ । के शहर के गाउँ सबै गाउँमा मैथिली, भोजपुरीका अश्लील गीत बजाएर गाउँघरका युवाहरुले उद्यम मचाएका छन् । \केही केही ठाउँमा बुढापाका तथा युवाहरु डम्फ

    • प्रकाशित मितिः चैत ४, २०७८
    • ३५३ पटक पढिएको
  • रुपान्तरणको अभियानलाई घनिभूत गर्नुपर्ने ः नगरप्रमुख चौधरी

    सिरहा,चैत्र ३ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले वितेका तिता मिठाबाट पाठ सिक्दै सामाजिक रुपान्तरणको दिशामा सबै हातेमाले गरी अगाडि बढ्नुपर्नेको विकल्प नरहको वताउनुभयो । नेपाल बुद्धिजीवी संगठन, धनगढीमाई नगर समितिद्वारा आज बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था जिरोमाइलको हलमा आयोजित होली विशेष शुभकामना आदान प्रदान कार्यक्रम नगर प्रमुख चौधरीले सामाजिक रुपान्तरणको महाअभियानको जिम्मेवारी हामी सबैको काँधमा आएकाले सबै मिली समाजमा रहेका कुरिति, कुसंस्कारलाई चिर्दै समाजवाद उन्मुख गतिविधिमा लाग्न आग्रह गर्नुभयो । समाज रुपान्तरणको लागि हामी सबै

    • प्रकाशित मितिः चैत ३, २०७८
    • १११ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२