X Sharama Funecure

मुख्य समाचार

    Showing १,२७१-१,२८० of २,९४७ items.
  • तीन हजार मतदानस्थल अतिसंवेदनशील

    काठमाडौँ, चैत १५ गते । स्थानीय तह निर्वाचनमा शान्तिसुरक्षा व्यवस्थापनको दृष्टिकोणले दुुई हजार ९४५ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । त्यस्ता मतदानस्थलको शान्ति सुरक्षा व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने भएको छ । यसअधि गृह मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना’ कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योज

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १३६ पटक पढिएको
  • निर्वाचनका लागि कल सेन्टर सञ्चालन

    काठमाडौं, चैत १५ गते। निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ।आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्ट सञ्चालनमा आएको छ।आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकसाथ हुँदैछ। निर्वाचन अगाडि आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको हो।

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १५३ पटक पढिएको
  • सबैलामा मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

    जनकपुर,चैत १५ गते । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका ला

    • प्रकाशित मितिः चैत १५, २०७८
    • १२४ पटक पढिएको
  • आगलागीबाट ७ घर जले, एक जनाको मृत्यु

    उदयपुर,चैत १४ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्  भने एक जनाको मृत्यु भएको छ । दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले  जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको  मृत्यु भएको हो ।आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ ।आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खस

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १८४ पटक पढिएको
  • एक करोड ७७ लाख ३३ हजार मतदाता

    काठमाडौँ, चैत १४ गते । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ । निर्वाचन आयोगको आईतबार बसेको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।आयोगका अनुसार सवैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौँ छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ व

    • प्रकाशित मितिः चैत १४, २०७८
    • २०६ पटक पढिएको
  • ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ

    बर्दीवास,चैत १४ गते । महोत्तरीमा स्रोत नखुलेको नगद ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । औरही नगरपालिका–१ औरहीस्थित सडकबाट सो रकमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २१ वर्षीय धिरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेकसहित पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १५८ पटक पढिएको
  • मृतक चारमध्ये दुई जनाको सनाखत

    सर्लाही, चैत १३ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार भएको बस दुर्घटनामा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । वीरगञ्जबाट जनकपुरका लागि हिडेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ११ बजेतिर लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।दुर्घटनामा ३२ जना घाइते भएका थिए । मृतकमध्ये आइतबार अपरान्हसम्म दुई जनाको मात्रै सनाखत भएको छ । मृतक सिन्धुलीको तीनपाटन गाउँपालिका –२, का ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवको सनाखत भएको प्रहरी

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १२५ पटक पढिएको
  • भारत लैजान लागेको हात्ती वीरगञ्जबाट नियन्त्रणमा

    सिरहा,चैत १३ गते । नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले बताए ।हात्ती लिएर हिँडेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१८ जितपुर घर भएका ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका–५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।बेच्नको लागी हात्तीहरू लैजाँदै गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १११ पटक पढिएको
  • स्वास्थ्य शिविरमा तीन सय ३३ जनाले उपचार पाए

    सिरहा,चैत १३ गते। सिरहाको धनगढीमाई नगरपालिका वडा नं.९ स्थित नयनपुर अस्पतालमा निःशुल्क एकीकृत महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । विशेषतः ग्रामीण महिलाहरु लक्षित आयोजित उक्त स्वास्थ्य शिविरमा तीन सय ३३ जनाले उपचार पाएका छन् । धनगढीमाई नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा, ओरेक परियोजना कार्यलय सिरहा र सि.एम.सी.को संयुक्त आयोजनामा आयोजित स्वास्थ्य शिविरमा सेतोपानी जाने, पाठेघर खसेको, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, पाठेघरको मुखको क्यान्सर लगायतका रोग जाँच गर्नुका साथै मानसिक स्वास्थ्यका लागि मनोविमर्श सेवा समेत दिएको थियो । शिविरमा अधिकांश महिला प्रजनन स्वास्थ्यसँग सम्

    • प्रकाशित मितिः चैत १३, २०७८
    • २३९ पटक पढिएको
  • सर्लाहीमा १३ घर जलेर नष्ट

    सर्लाही,चैत १३ गते । जिल्लाको धन्कौल गाउँपालिका ५ मा भीषण आगलागी भएको छ । आगलागीबाट १३ वटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो धनकौल गाउँपालिका ५, पासवान बस्तीमा आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको हो । एउटा घरमा आंशिक क्षति पुगेको छ । दिउँसो एक्कासि स्थानीय प्रदीप पासवानको घरबाट बस्तीमा आगो सुरुभएको प्रत्यक्षदर्शीको भनाई छ ।सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने उक्त गाउँमा पौने २ बजेबाट सुरु भएको आगो नियन्त्रण आउन झण्डै एक घण्टा लागेको थियो । हावा चलेका कारण आगो नियन्त्रणमा लिन एकदमै कठिन भएको स्थानीय बताउँछन् ।आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान,

    • प्रकाशित मितिः चैत १३, २०७८
    • १२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२