झापा,चैत २३ गते । झापाको हल्दिबारी गाउँपालिका२ पशुपति चोक स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार बिहान सवा ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्बर को टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले बिधुतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी ५ का ४८ वर्षीय बिक्रम तामाङ घाईते भएका हुन् ।

तामाङ लाई तत्काल उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाटथप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन् ।