X wada

मुख्य समाचार

    Showing १,१११-१,१२० of २,९७० items.
  • चार गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण

    सप्तरी,जेठ ७ गते । सप्तरीको अग्निसाइर कृष्णासवरन, तिलाठी कोइलाडी, महादेवा र विष्णुपुर गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षद्वारा पदभार ग्रहण गर्नुभएको छ ।अग्निसाइर कृष्णासवरन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष–उपाध्यक्षसहित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्नुभएको छ । गाउँपालिकाद्वारा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरीसहितका जनप्रतिनिधिले पदभार ग्रहण गर्नुभएको हो ।गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले उपाध्यक्षसहित निर्वाचित जनप्रतिनिधिहरुलाई सपथग्रहण गराई पदस्थापना गराउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पदभार ग्रहण गरी गाउँपालिकामा पुग्नु

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १६० पटक पढिएको
  • लक्ष्मीपुरपतारीमा काँग्रेको सानदार विजयी

    सिरहा,जेठ ७ गते। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका नेपाली कांग्रेस बहुमतसहित विजयी भएका छन्। अध्यक्षमा चतुरानन्द ठाकुर र उपाध्यक्षमा अमरकला यादव निर्वाचित भएका हुन्।ठाकुरले ३ हजार ८ सय ४५ मत र यादवले ३ हजा ८ सय ४८ मत ल्याएका छन्। अध्यक्षमा निर्वाचित भएका ठाकुर ०७४ को निर्वाचनमा पराजित भएका थिए।अध्यक्षमा निकटतम नेकपा एमालेका देवनारायण साहले ३ हजार ५ सय८५ मत र जसपाका केदारनाथ यादव २ हजार ९ सय ५८ मत प्राप्त गरेका छन्।यसैगरी ,उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपाकी रन्जुकुमारी यादवले ३ हजार २ सय ३२, एमालेकी गितादेवी चौधरी ३हजार र एकिकृत समाजवादीकी श्यामकुमारीले १ हजार ४ सय ९० मत ल्याएको छ । यहाँ

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • २०३ पटक पढिएको
  • सिराहाको सुखीपुर नगरपालिकामा पार्टी र प्रतिनिधी दुवै दोहरीए

    सिरहा, जेठ ७ गते। सिराहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार पुनः विजयी भएका छन् । मेयरमा रामऔतार यादव र उपमेयर रेणुदेवी साह विजयी भएका हुन् ।मेयर यादवले ४ हजार ४ सय ३४ र उपमेयर रेणुदेवी साहले ४ हजार ६ सय १४ मत प्राप्त गरेका छन्। यादवका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका जीवछ यादवले ३ हजार १ सय १२ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका हरि वंश महतोले २ हजार ५ सय ९७ मत प्राप्त गरेका छन्।उपमेयर पदमा निकटतम प्रतिस्पधी जसपाकी सज्ञानदेवी महतोले ३ हजार एक सय ५६ मत र नेकाप एकका कान्तिदेवी यादवले १ हजार ८ सय ६ प्राप्त गरकी छिन्।कुल १० वडा रहेको सुखीपुरमा एमालेले २, ३, ५, ६, ७, १०,

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १८१ पटक पढिएको
  • दुई जना शिक्षक पक्राउ

    तम्घास,जेठ ७ गते । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १४० पटक पढिएको
  • धनुषाको सबैला नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी

    धनुषा,जेठ ७ गते । धनुषाको सबैला नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन् । माओवादीका कारीराम यादव मेयरमा निर्वाचित भएका छन् भने उपमेयरमा रहिमा खातुन निर्वाचित भएकी हुन् । निर्वाचित यादवले ४२१२ मत ल्याएर नेपाली काँग्रेसका प्रतिद्वन्द्वी उम्मेदवार जगतसुन्दर शाह मधुपले ४०७६ मत ल्याए । त्यस्तै उपमेयरमा निर्वाचित खातुनले ४६९९ मत ल्याइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले ३६०४ मत ल्याइन् । उनलाई खातुनले १०९५ मतले पराजित गरेकी छन् ।सो पालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयर पदका उम्मेदवार रहेका राजुप्रसाद गुप्ता मौन अवधिको समयमा एमालेक

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १९९ पटक पढिएको
  • विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

    सप्तरी,जेठ ७ गते । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।  बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी भएका थिए ।उनले वडा सदस्यमा सर्वाधिक ४७४ मत ल्याएका थिए । सदस्यमा उनीसित एमालेका रामअवतार मण्डल र अगम साहु तेली पराजित भएका थिए । 

    • प्रकाशित मितिः जेठ ७, २०७९
    • १३० पटक पढिएको
  • भरतपुरमा रेनुको अग्रता कायमै

    सिरहा,जेठ ६ गते । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।हाल सम्म जम्मा मत गणना भएको मत  ५४०४२,मेयर विजय सुवेदी (सूर्य) १७१८२,रेणु दाहाल (हसिया हतौडा) २०४९२जगन्नाथ पौडेल (भूइकठहर) ७८८२ मत प्राप्त गरेका छन् । त्यसै गरी उपमेयरमा  चित्रसेन अधिकारी (रुख) २२९५२,हिमला गुरुङ्ग (हलो) १३६४६ मत प्राप्त गरेका छन् । 

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १४५ पटक पढिएको
  • जनकपुरधाम उपमहानगरपालिकामा यस्तो छ पछिल्लो मत परिणाम

    जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ६२९१ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ४१२३ मत ल्याएका छन् ।मेयरमनोजकुमार साह (स्वतन्त्र)  ६२९१शिवशंकर साह हिरा (एमाले) ४१२३मनोज चौधरी (लोसपा) २६४७बलराम महतो  (स्वतन्त्र) २१५३लालकिशोर साह (जसपा, गठबन्धन) १८३८उपमेयर किशोरी साह (काङ्ग्रेस, गठबन्धन) ६९६६रुना झा  (एमाले) ४७०३रिता कुमारी मिश्र (लोसपा)२७०८निर्मल चौधरी (स्वतन्त्र)२१९१

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १७९ पटक पढिएको
  • हालसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

    सिरहा,जेठ ६ गते । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १७८ नगरपालिकामा प्रमुखमा निर्वाचित भएकामा नेपाली कांग्रेसबाट नगरप्रमुखमा दुई जना र नेकपा (एमाले)बाट तीन महिला मात्र नगरप्रमुखमा निर्वाचित भएका छन्। यस्तै ४०७ गाउँपालिकाको अध्यक्षमध्ये कांग्रेसबाट चार, एमालेबाट चार र नेकपा ९माओवादी केन्द्र०बाट तीन जना महिला निर्वाचित भएका छन् । यस्तै कूल १७७ नगर उपप्रमुखमध्ये महिला १४० जना निर्वाचित भएका छन्। तीमध्ये कांग्रेसबाट ५६, एमालेबाट ६०, माओवादी केन्द्रबाट १०, नेकपा (एकीकृत

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • १७७ पटक पढिएको
  • धनगढीमाई नपामा प्रमुखमा नेकपा एमालेका र नेपाली काँग्रेकी उपमेयर विजयी

    सिरहा,जेठ ६ गते ।। सिरहाको धनगढीमाई नगरपालिकामा नेकपा एकालेका शिवशंकर महतो मेयर र उपमेयरमा नेपाली काँग्रेसका संगीता कुमारी चौधरी निर्वाचित भएका छन्। नेकपा एकालेका जिल्ला सचिव समेत रहेका महतो ७ हजार ५६ मत ल्याउँदै विजयी भएका हुन्।महतो नेपाली काँग्रेसका जिल्ला सभापति तथा संविधानसभा सदस्य रामचन्द्र यादवलाई १ सय ५५ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्।निकटतम प्रतिस्पर्धि यादवले ६ हजार ९ सय १ मत ल्याउँदा निवर्तमान मेयर तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरिनारायण चौधरीले ४ हजार ३ सय ६९ मत प्राप्त गरेका छन्।उपमेयर संगीता कुमारी चौधरी ६ हजार ६ सय १३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • ४३४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२