सिरहा,जेठ १४ गते । सिरहाको धनगढीमाई नगरपालिकामा आज सम्पन्न कार्यपालिकाको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धन निर्वाचित भएको छ ।
आज सम्पन्न निर्वाचनमा निर्वाचित भएका महिला सदस्यहरुमा नेपाली कांग्रेसबाट कल्याणी देवी पासमान, ज्ञान कुमारी चौधरी, देव माया आले, संगिता कुमारी साह र नेकपा माओवादी केन्द्रका अनिता देवी राम विजयी भएका छन् ।
त्यस्तै अल्पसंख्यक÷दलित सदस्यहरुमा (खुल्लातर्फ) माओवादी केन्द्रका सतिलाल सदा, टिकाराम विश्वकर्मा तथा नेपाली कांग्रेसबाट दिलिप कुमार राय (अमात) विजयी भएका हुन् ।
सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेद्वारहरुले ४७ मत पाएका थिए भने, नेकपा एमाले, सिके राउत, जसपा र नेकपा समाजवादीबाट उम्मेद्वार बनेका उम्मेदवारहरुले २५ मत मात्र प्राप्त गरेका थिए ।
आज सम्पन्न कार्यपालिकाको निर्वाचनले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको धनगढीमाई नगरपालिकामा नगर सभा र कार्यपालिकामा दुई तिहाई बहुमत प्राप्त भएको छ ।
धनगढीमाई नगरपालिकामा सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयर तथा दुई वटा वडा, नेपाली कांग्रेसबाट उपमेयर सहित ६ वटा वडा त्यसैगरी नेकपा माओवादी केन्द्रले तीन वटा वडा र जसपा, नेकपा समाजवादी, सिके राउतले एक एक वटा वडामा विजयी प्राप्त गरेका थिए ।




















