विराटनगर,माघ ५ गते – तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत बिहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् ।यादव मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो । कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै चारवटा स्कोरपियो गाडीमा आगजनी गरे । घटनापछि सार्वजनिक प्रतिक्रिया दिंदै उनले सम्पूर्ण दोष आयोजकको भएको बताउँदै आफूलाई क्षतिपूर्ति दिनुपर्ने बताए ।पत्रकारहरुसँग कुरा गर्दै यादवले तोडफोड र आगजनीबाट आफ्नो डेढ करोडको क्षति भएको दाबी गरेका छन् । गाड
सिरहा,पुष २७ गते – सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्नरनगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् । सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृ
सिरहा,पुष २७ गते । प्राकृतिक सौन्दर्यता सँगै पिकनिक स्थल, बोटिग स्पटसँगै रमणीय दृश्यका कारण सबैको रोजाइमा अहिले हाथिदह हुन पुगेको हो । सिरहाको लहान नगरपालिका वडा नं.१५ स्थित उत्तरवर्ती क्षेत्रमा रहेको कोइरालो खोला नमूना सामुदायिक वनभित्र रहेको हाथि दह अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेको छ । नयाँ वर्ष होस् वा कुनै चाडपर्व या उत्सव मनाउनै किन नहोस् सबैको रोजाइमा अहिले हाथिदह परेको छ । कारण त्यहाँका सुन्दर शान्त एवम् मनमोहन दृश्य रहेको छ । प्रदेश नं.२ सरकार अन्तर्गत उद्योग, पर्यटन तथा वन मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय लहान सिरहाले सिमसार क्षेत्र संरक्षण एवम् पर्या
सिरहा,मंसिर २२ गते – आज मार्गशीर्ष शुक्ल पञ्चमी । आजकै दिन त्रेतायुगमा भगवान रामको सीतासंग विवाह भएको थियो । त्यसकै सम्झनामा जनकपुरमा सीता( रामको प्रतिकात्मक विवाह गरिन्छ । आज जनकपुरस्थित जानकी मन्दिरमा सीता(राम स्वयम्वर र विवाह समारोह आयोजना गरिएको छ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा
सिरहा,मंसिर २१ गते – सीता(राम विवाह पञ्चमी महोत्सवको अवसरमा आजदेखि जनकपुरधामका नीजि र सामुदायिक विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चमी मेलामा हुने भीडभाडलाई मध्यनजर गर्दै मंसिर २१, २२ र २३ गते शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो । विवाह पञ्चमी अन्तर्गत आज मटकोर हुँदैछ । भोलि त्रेतायुगमा जस्तै सीता(रामको सांकेतिक विवाह कार्यक्रम हुने जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले जानकारी दिए । विवाह पञ्चमीमा नेपाल र भारतका लाखौं श्रद्धालु सहभागी हुने गर्छन् । जनकपुर उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकूद महाशाखा संयोजक मेहिलाल यादवले
सिरहा,मंसिर १९ गते – सप्ताहव्यापी विवाहञ्चमी महोत्सवको आज तेस्रो दिन धनुषयज्ञ हुने भएको छ ।सात दिनसम्म मनाइने मधेश मिथिलाको विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शन दोस्रो दिन फूलबारी लीला भएसंगै आज धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ । त्रेतायुगमा भगवान श्री राम एवम् जगत जननी माता सीताको स्वयम्वर भएको दिनलाई प्रतिकात्मक बनाई प्रत्येक वर्ष जनकपुरधाममा धनुषयज्ञ गरिदै आएको छ । आज अपरान्ह करिब ४ बजेदेखि बाह्रविघा रंगभूमि मैदानमा धनुषयज्ञ हुनेछ । धनुष यज्ञमा त्रेतायुगमा विदेह राजा जनकले आफ्नी पुत्री माता जगत जननी सीताकी विवाहको लागि शिवधनुष भाँच्न सकिने योद्धासँग मात्र व
सिरहा,मंसिर १८ गते –जनकपुरधाम स् रामजानकी विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि सुरु भएको छ । सात दिवसीय सो महोत्सवको पहिलो दिन आज नगर दर्शन रहेको छ ।नगरदर्शनमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई जानकी मन्दिरको प्रागंणमा मिथिलानगर बनाएर घुमाइन्छ ।आज जानकी मन्दिर प्रांगणमा यो कार्यक्रम आयोजन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । नगरदर्शन हेर्न जानकी मन्दिरमा आजको दिन श्रद्धालुको भीड लाग्ने गर्द छ ।र्शनार्थीहरूले राम लक्ष्मणलाई फूलैफूलले स्वागत गर्दछन् । आजदेखि सुरु भएको विवाहपञ्चमी महोत्सव मंसिर २३ गतेसम्म चल्ने छ । भोलि शनिबार फूलबारी लीला, मंस
वीरगञ्ज,मंसिर १७ गते – बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जो
सिरहा,मंसिर १६ गते – सिरहामा ४ वर्षिय बालकको पोखरीमा डुवेर मृत्यु भएको छ । सिरहाको गोलबजार नपा ७ कदिमाटोलका श्यामसुन्दर यादवको ४ वर्षिय छोरा आरएनको विद्यालय नजीकैको पोखरीमा डुवेर मृत्यु भएको हो ।घरबाट पढ्न विद्यालय गएका बालक विद्यालय नजीकै रहेको पोखरीमा तैरिरहेको अवस्थामा साथीहरुले देखेपछि शिक्षकलाई खवर गरेका थिए । शिक्षक तथा स्थानीयले प्रहरीलाई खवर गरेपछि तत्काल प्रहरी पुगेर उद्धार गरेपनि बालकको मृत्यु भईसकेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जानकारी दिए । पोखरी नजीकै उनको खेतमा उनको हजुरआमा गएको देखेर बालक त्यहाँ जाँदा पोखरीको भिरालो डिलबाट लढेर पानीमा डुवेको हु
सिरहा,मंसिर १६ गते – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकार वाला निकायलाई निर्देशन दिनुभएको छ ।बुधवार प्रदेश सर कार, जनकपुरधाम उपमहानगर पालिका, जानकी मन्दिर एवं सुर क्षा निकायका प्रमुखसहितको संयुक्त बैठकमा मुख्यमन्त्री र ाउतले विवाह पञ्चमी महोत्सव प्रदेशको धरोहर रहेकाले यसलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिनुभएको हो । उहाँले महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्दे शन दिँदै थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाउनुभयो । विवाहपञ्चमी महो त्सवलाई भव्य र सभ्य बनाउन प्रद
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.