X Sharama Funecure

खेलकुद

    Showing ६१-७० of ९७ items.
  • साफ यू– १९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

    सिरहा,पुष २ गते – सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू(१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ ।  बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन । भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक जोडेक

    • प्रकाशित मितिः पुस २, २०७८
    • १४६ पटक पढिएको
  • टी–२० विश्वकप ग्लोबल छनोट स् नेपाल, आयरल्याण्ड, यूएई र ओमान एउटै समूहमा

    सिरहा,मंसिर २२ गते – अर्को वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । यस समूहमा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिकरुपमा समूह विधाजन सार्वजनिक नगरेपनि साउथ चाइना मर्निङ पोष्टले स्रोतलाई उधृत गर्दै समूह विभाजन बारे समाचार प्रकाशित गरेको छ ।  जसअनुस

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • १४९ पटक पढिएको
  • ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणको खेल हुँदै

    सिरहा,मंसिर १७ गते – शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेलहरू सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लब तथा सातदोबाटो युथ क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेण्ड्स र थ्री स्टारबीचको खेल दिउँसो एक बजे सुरु हुनेछ । यस सिजन फ्रेण्ड्सले जित हात पार्न सकेको छैन । पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग अग्रता जोगाउन नसक्दा पराजित भएको थियो । उता थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई पराजित गरेको थियो भने दोस्रो खेलमा सतदोबाटोसँग पराजित भएको थियो । यसअघि २०७६ मा भएको लिगमा फ्रेण्ड्सले थ्

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १२९ पटक पढिएको
  • आईपीएल : धोनी र कोहली रिटेन

    सिरहा,मंसिर १४ गते – ईएसपीएन क्रिकइन्फो एक रिपोर्टअनुसार आईपीएलका ८ टीममध्ये ७ ले आफ्नो खेलाडीलाई नयाँ सिजनका लागि रिटेन गरेका छन् । रिपोर्टमा पञ्जाब किंग्सले मात्र आफ्नो पुराना कुनै पनि खेलाडीलाई साथमा राखेको छैन । फ्रेन्चाइजीले पूरै ९० करोड भारतीय रुपैयाँ लिएर खेलाडीको लिलामीमा भाग लिनेछ । महेन्द्रसिंह धोनी, विराट कोहली र केन विलियम्सनजस्ता स्टार खेलाडीहरुलाई रिटेन गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । कसले कसलाई रिटेन गरे ?चेन्नई सुपर किंग्सस् रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, मोईन अलीकोलकाता नाइट राइडर्सस् सुनील नरेन, आन्द्रे रसेल, वरुण चक्रवर्ती, वेंकटेश अय्यरसनराइजर्स

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • १४३ पटक पढिएको
  • प्रधानमन्त्री कपको लागि बन्द प्रशिक्षण

    सिरहा,मंसिर १३ गते – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताकालागि जिल्लामा पुरुष र महिला टोलीको छनौट तथा बन्द प्रशिक्षण सुरु भएको छ ।मंसिर २७ देखि सुदूर पश्चिम प्रदेशको धनगढीमा प्रधानमन्त्री कप महिला र पुस १२ देखि काठमाण्डुमा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिने निर्धारण भएपछि जिल्ला स्थित खेलाडीहरुको छनौट र बन्द प्रशिक्षण सुरु भएको हो । क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताका लागि प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको मंसिर १४ भित्र छनौट गरी सक्नु पर्ने भएकाले सो कार्य पुरा गरी बन्द प्रशिक्षण थालिएको जानकारी दिए । सुरु

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १३१ पटक पढिएको
  • ए डिभिजन लिग साविक विजेता मछिन्द्र र उपविजेता आर्मी भिड्दै

    सिरहा,मंसिर १३ गते – शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लब र साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब यस सिजन दोस्रो चरणमै प्रतिस्पर्धा गर्दैछन् ।दोस्रो चरणको अन्तिम दिन आज दुई खेल हुँदैछ । जसमा मछिन्द्र र आर्मीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ४:४५ मा सुरु हुनेछ ।गत सिजन अन्तिम खेलमा आर्मीलाई पराजित गरेर पहिलो पटक लिग जितेको मछिन्द्र यस सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ । मछिन्द्रले यस सिजन जितबाट लिगको सुरुआत गरेको थियो । पहिलो खेलमा एनआरटीलाई २(१ ले पराजित गरेको थियो । दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने योजनामा मछिन्द्र छ ।उता आर्मीले भने नेपाल पुल

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • १३९ पटक पढिएको
  • जीतका लागि नेपाललाई ९२ रनको लक्ष्य

    सिरहा,मंसिर १० गते – आइसीसी महिला टी२० विश्वकप एसिया छनोटमा मलेसियाले नेपाललाई ९३ रनको लक्ष्य दिएको छ । दुबईको आइसीसी एकेडेमीमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनायो । अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालकी इन्दु बर्मा ४ रनमा आउट भइन् । ६ ओभरको खेल सकिँदा नेपालले ३८ रन बनाएको छ । मलेसियाका लागि एल्सा हन्टर ४८ बलमा सर्वाधिक ३९ रन जेड्दै अविजित रहिन् । नेपालकी कविता कुँवरले पहिलो ओभरको पाँचौं बलमा मलेसीयाकी कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट गरिन् । वान जुलिया १ रनमा रन आउट भइन् ।सबनम राईले युस्रिाना याकोपलाई १२ रनमा र एलिस

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • १३२ पटक पढिएको
  • महिला टी २० विश्वकप छनोट स् कुवेतमाथि सहज जित हात पार्दै नेपाल शीर्ष स्थानमा

    सिरहा,मंसिर ९ गते – युएईमा भईरहेको आईसीसी महिला टी(३० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ ।छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो। लगातार दुई जितपछि नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कायम राखेको छ ।दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३।३ ओभरमा खेल्दै १ विकेट गुमाएर पुरा गर्‍यो । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन बनाए । दुवै अविजित रहे । ओपनर

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • १७८ पटक पढिएको
  • नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग खेल्दै

    सिरहा,मंसिर १ गते – नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो टी–२० क्रिकेट खेल्दै छ।कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे नेपाल घरेलु टीमविरुद्ध मैदान उत्रनेछ । नेपाल आजको खेलमा पनि सहज जित निकालेर सिरिज कब्जा गर्ने मनस्थितीमा छ। यो सिरिजको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो। तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ। त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ।विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुने

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • १३४ पटक पढिएको
  • सिरहाको गोलवजारमा जिल्ला स्तरीय तेक्वान्डो सुरु, आजै सम्पन्न हुने

    सिरहा, कार्तिक ३० गते ।सृजना स्कूल तेक्वान्दो डोजाङ्गको आयोजनामा चौथो जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगिता २०७८ आज बाट सुरु भएको छ ।सिरहाको गालवजारमा भईरहेको  तेक्वान्डो डोजाङ्ग प्रतियोगितामा जिल्लाका ६ डोजाङ्गबाट ७७ जना खेलाडिहरु सहभागिता रहेको आयोजक स्कूलका प्रमुख संगम तामाङ्गले जानकारी दिनुभयो ।प्रतियोगितामा ३२ देखि ५२ केजी समुहका महिला र ३४ देखि ६२  केजी समूहका पुरुष खेलाडीहरुले सहभागिता जनाएको छ । प्रतियोगितामा १९ महिला र ५८ पुरुष रहेको सम्पूर्ण खेल आजै सम्पन्न हुने आयोजकले बताए ।गोलवजार नगरपालिकाका वाडा नं. ६ र मुक्ति नेपाल गालवजारको सहप्रायोजनमा खेल भईरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०७८
    • १५६ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२