सिरहा,मंसिर १४ गते – ईएसपीएन क्रिकइन्फो एक रिपोर्टअनुसार आईपीएलका ८ टीममध्ये ७ ले आफ्नो खेलाडीलाई नयाँ सिजनका लागि रिटेन गरेका छन् । रिपोर्टमा पञ्जाब किंग्सले मात्र आफ्नो पुराना कुनै पनि खेलाडीलाई साथमा राखेको छैन । फ्रेन्चाइजीले पूरै ९० करोड भारतीय रुपैयाँ लिएर खेलाडीको लिलामीमा भाग लिनेछ । महेन्द्रसिंह धोनी, विराट कोहली र केन विलियम्सनजस्ता स्टार खेलाडीहरुलाई रिटेन गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
कसले कसलाई रिटेन गरे ?
चेन्नई सुपर किंग्सस् रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, ऋतुराज गायकवाड, मोईन अली
कोलकाता नाइट राइडर्सस् सुनील नरेन, आन्द्रे रसेल, वरुण चक्रवर्ती, वेंकटेश अय्यर
सनराइजर्स हैदराबादस् केन विलियम्सन
मुंबई इंडियन्सस् रोहित शर्मा, जसप्रीत बुमराह
रॉयल च्यालेन्जर्स बैंगलुरुस् विराट कोहली, ग्लेन म्याक्सवेल
दिल्ली क्यापिटल्सस् ऋषभ पन्त, पृथ्वी शॉ, अक्षर पटेल, एनरिक नोर्त्या
राजस्थान रोयल्सस् सञ्जू सैमसन
रिटेनलाई लिएर अहिलेसम्म कुनै पनि फ्रेन्चाइजीले आधिकारिक घोषणा भने गरेका छैन्न




















