X wada

आर्थिक

    Showing ७१-८० of ५४८ items.
  • धनुषामा थपिए एक हजार ९११ नयाँ उद्योग

    जनकपुरधाम, ६ साउन । धनुषामा आर्थिक बर्ष ०७७÷०७८ मा एक हजार ९११ नयाँ उद्योग दत्र्ता भएको छ ।नयाँ दत्र्ता भएको एक हजार ९११ मध्ये सबै भन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३ वटा, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योग तर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीन वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम धनुषाले जनाएको छ । यो संख्या गत आर्थिक बर्ष ०७६÷०७७ को भन्दा बढी हो ।यस्तै आर्थिक बर्ष ०७८÷०७९ मा नयाँ उद्योग र बाणिज्य तर्फ दत्र्ताबाट रु. १ करोड ४० लाख ११ हजार ९०५ राजस्व सङ्कलन भएको जनाएको छ । यो सँगै धनुषामा घरेलु तथा साना उद्योगको सङ्ख्या करिब २१ हजार पुगेको र बाणिज्यतर्फको सङ

    • प्रकाशित मितिः साउन ६, २०७९
    • १६९ पटक पढिएको
  • आलुको बोरामा भेटियो ८४ लाख

    काठमाडौं, असार २२ गते । धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ ईनरुवास्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले ८३ लाख ६४ हजार ५ सय नेपाली रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३६ वर्षका ईश्वर मण्डल र १९ वर्षका राजेश मण्डल छन् ।ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपियाँ फेला परेको हो । सशस्त्र प्रहरी नायब सुमन शर्माका अनुसार, सो रकम र मोटरसाइकलसमेत बरामद गरिएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • २४५ पटक पढिएको
  • सिभिल लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

    असार २१ । सप्तरी,काठमाण्डौ को चावहिल स्थित केन्द्रीय कायालय रहेको नेपाल राष्ट्र बैंक बाट राष्ट्रिय स्तरको मान्यता प्राप्त वित्तिय संस्था संस्थाले गरे शैक्षिक सामग्री वितरण ।सिभिल लघुवित्तले नेपाल अधिराज्यको ३१ वटा जील्लामा ७५वटा शाखा कार्यालय तथा ९ वटा अनुगमन कार्यालयहरुको माध्यमद्घारा करीब ७० हजार घरपरिवारका सदस्यहरु आबद्घ रहेका छन् ,त्यस मध्ये ४२ हजार ५ सय ६० घरपरिवारका सदस्यहरुले कर्जा लिइ कर्जाको उपभोग गर्दै आईरहेका झुम्का अनुगमन कार्यालयका अनुगमन अधिकृत देव करण माझीले जानकारी दिनुभयो ।असार २१ गते पर्न गएको १०औ बार्षिक उत्सवको क्रममा विभिन्न प्रदेश,जिल्लाहरुमा रहेको शाखा कार्यालय तथा अनुगम

    • प्रकाशित मितिः असार २१, २०७९
    • २४९ पटक पढिएको
  • उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालक कारबाहीमा

    काठमाडौं,ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६३ जना र लेन उल्लंघन गर्ने ५० जना रहेका छन् ।यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २१ जना र क्षमता भन्दा बढी

    • प्रकाशित मितिः असार २१, २०७९
    • २१० पटक पढिएको
  • बजार अनुगमन ग्रामिण क्षेत्रमा केन्द्रीत

    लहान, १२  असार । बिगतमा शहर केन्द्रीत गर्दै आएको बजार अनुगमनलाई केही दिनदेखि ग्रामिण क्षेत्रमा केन्द्रीत गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाले ग्रामिण क्षेत्रका बजारहरुमा अनुगमन केन्द्रीत गरेको हो । शहरी क्षेत्रमा लामो समयदेखि बजार अनुगमन गर्दै आएपनि अब ग्रामिण क्षेत्रमा पनि अनुगमन गर्नुपर्ने माग उठदै आएकाले पछिल्लो समय ग्रामिण क्षेत्रमा बजार अनुगमन केन्द्रीत गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेश कुमार सिंहले जानकारी दिनुभयो । यसैबीच ग्रामिण क्षेत्रका बजारबाट ठुलो परिमाणमा अयोग्य

    • प्रकाशित मितिः असार १२, २०७९
    • २५८ पटक पढिएको
  • काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

    काठमाडौं, असार १० गते । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख रुपियाँको बजेट विनियोजन गरेको छ । शुक्रबार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार अनुमानित बजेट तथा कार्यक्रम तयार पारेको हो ।आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेटअन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार, सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल तीन अर्ब पाँच

    • प्रकाशित मितिः असार १०, २०७९
    • १९४ पटक पढिएको
  • फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल १९९ पुग्यो

    काठमाडौं, असार ६ गते । नेपाल आयल निगमले आइतबार राति इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ। आइतबार बसेको निगमको सञ्चालक समिति बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपियाँ मूल्य बढाएको हो। निगमले बढाएको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ। निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन। निगमले हवाई इन्धनतर्फ आन्तरिकमा १९  र अन्तर्राष्ट्रियमा एक सय अमेरिकी डलरले मूल्य बढाएको छ।

    • प्रकाशित मितिः असार ६, २०७९
    • २४४ पटक पढिएको
  • पूर्वाधार, स्वास्थ्य र कृषि प्राथमिकतामा

    जनकपुर, असार २ गते । मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बुधबार बसेको प्रदेश सभाको बैठकमा ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री साहले प्रस्तुत गर्नुभएको कुल विनियोजन बजेटमध्ये चालूतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार अर्थात् ४६।४४ प्रतिशत, पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३।२१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार दुई सय मात्र अर्थात् ०।३५ प्रतिशत रहेको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोत

    • प्रकाशित मितिः असार २, २०७९
    • २०२ पटक पढिएको
  • बजार अनुगमन तिब्र, ठुलो परिमाण म्याद गुज्रेको समान नष्ट

    राजविराज, २६ जेठ । खाद्य स्वच्छ दिवसको अवसर पारेर सप्तरीमा बजार अनुगमनलाई तिब्रता दिएको छ ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले बजार अनुगमनलाई तिब्र पारेको हो । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको हनुमाननगर बजार, शम्भुनाथ नगपालिकाको अर्नहा, बोदे बर्सान नगरपालिकाको बसाईन बजार, बिष्णुपुर गाउँपालिकाको खुरहुरिया बजार, राजगढ गाउँपालिकाको मलेकपुरस्थित बजारका पसल तथा होटलहरुमा अनुगमन गरेको जनाएको छ । यस्तै डाक्नेश्वरी नगरपालिकाको पत्थरगाडा, अमरलती बजार, बलान बिहुल गाउँपालिकाको चन्ही, मौवाहा बेल्ही बजार तथा सुरुङ्गा नगरपालिकाको

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • ३३६ पटक पढिएको
  • मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने

    सिरहा,जेठ २० गते । मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९–०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । आज बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेषभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गर्नुभयो । 

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • २४३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२