काठमाडौं, कात्तिक १२ गते – नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भए
काठमाडौं,कार्तिक ११ गते – अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर- ८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २७ वर्षीय मिन बहादुर पाइनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८ जगडोलबाट प्रहरीले पक्राउ गरेको छ । पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६
काठमाडौं,कार्तिक ११ गते – नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक वित्तीय संस्थाले भाग लिन पाउने बैंकले जनाएको छ ।तरलता अभावले बैंक तथा वित्तीय संस्थामा निक्षेपको चाप परेको देखिन्छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले कर्जा न
सिरहा,कार्तिक ११ गते – विराटनगरमा रहेको नेपाल आयल निगमको डिपोमा १४ सय किलोलिटर क्षमताको पेट्रोल भण्डारण (ट्याङ्क) थप्ने काम अन्तिम चरणमा पुगेको छ ।निरन्तर पेट्रोलियम पदार्थको माग बढिरहेका कारण निगमले मट्टितेलका दुई ट्याङ्कलाई पेट्रोल ट्याङ्कमा परिवर्तन गर्न लागेको बताएको छ । मट्टितेलको माग कमी हुँदै गएका कारण सोही ट्याङ्कलाई पेट्रोल ट्याङ्कमा परिवर्तन गर्दा सहज हुने निगमको निष्कर्ष छ ।नेपाल आयल निगम १ नम्बर प्रदेश कार्यालय प्रमुख अशोक साहका अनुसार विराटनगर डिपोबाट दैनिक ४ देखि ५ सय किलोलिटर पेट्रोल बिक्री हुने गरेको छ । तर, डिपोमा हाल पेट्रोलको भण्डारण क्षमत
काठमाण्डौ,कार्तिक ११ गते – विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आउँदो मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ ।विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,गार्हस्थ्य स्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युतको उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ
सिरहा,कार्तिक ११ गते – महोत्तरी प्रहरीले नक्कली नोटसहित एकजना तरकारी व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले गौशाला नगरपालिका-९ डुवरबन्नाका ४४ वर्षीय सुकन महतोलाई नक्कली नोटसहित नियन्त्रणमा लिएको हो। बिहीबार बिहान गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएपछि सो घटना बाहिर आएको हो। सोही क्रममा प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले गौशालास्थित उनको डेराबाट नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैयाँ र भारतीय २ लाख ८० हजार ९ सय २९ रुपैयाँ बरामद गरेको हो। बरामद भएको नेपाली र भारतीय रुपैयाँ नक्कली रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
जटही,कार्तिक ११ गते – भन्सारका कर्मचारी हकाहाकी घूस माग्ने गरेको पाइएको छ ।सवारी साधनको एक दिने निःशुल्क सुविधाका लागि कर्मचारीले भोजभात खर्च वापत घूस लिने गरेको पाइएको छ । काउन्टरमा बसेका कर्मचारीले दिनभरी असुल गरेको घूसको रकम साँझ सबै कर्मचारी एकआपसमा बाँडने गरेका छन् । राजनीति पहुँचले वर्षौदेखि जटही भन्सारमा रहेका कर्मचारीहरु हकाहाकी घूस माग्ने गरेका छन् । धनुषाको लगमा जटही छोटी भन्सारका कर्मचारीले निःशुल्क अस्थायी पैठारी सुविधाका लागि अतिरिक्त रकम लिएको पाइएको छ । नेपाल–भारत सीमा जटही नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम
काठमाण्डौ,कार्तिक १० गते – शेयर बजार परिसूचक नेप्से आज बुधवार १८ अङ्कले बढेको छ । नेप्से १८ दशमलव शून्य ६ अङ्कले बढेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा पुगेको छ । आज होटल, विकास बैंक, हाइड्रो र निर्माणबाहेक सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै तीन सय १७ अङ्कले बढेको छ ।यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ७८ अङ्कले, माइक्रोफाइनान्सको ५८, व्यापारको २३, अन्यको २२ र बैंकिङ समूहको शेयर १३ अङ्कले बढेको छ । आज दुई सय २८ कम्पनीका एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भए
सिरहा,कार्तिक १० गते – अविरल वर्षासँगै एक साता अगाडि आएको हावाहुरीका कारण सप्तरीको खडक नगरपालिका-१० स्थित केरा बगानमा ठूलो क्षति भएको छ ।झण्डै १५ बिघा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयार हुन लागेका तीन हजार ५०० केरा घरी क्षति भएको स्थानीयवासी वीरेन्द्रकुमार साहले जानकारी दिए ।अविरल वर्षासँगै चलेको हावहुरीका कारण दुई वर्षअघि सञ्चालनमा आएको सो केरा बगानमा रु।२५ लाखभन्दा बढीको लगानी डुबेको फार्मका सञ्चालक उमेश साहले बताए ।उनले भने, ‘सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो, घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले
रसुवा,कार्तिक १० गते – रसुवामा आजदेखि सार्वजनिक गाडीको भाडा घटेको छ । यसअघि यातायात व्यवसायीले लिइरहेको भाडामा ८७ रुपैयाँ घटेको हो ।सरकारले २३ प्रतिशत भाडा बढाएपछि यहाँका यातायात व्यवसायीले पनि कार्तिक १ देखि रसुवाबाट काठमाण्डौसम्मको भाडा ८ सय १७ रुपैयाँ लिँदै आएका थिए । जिल्ला प्रशासन कार्यालय रसुवाले यातायात व्यवसायीसँग छलफल गरेपछि भाडा समायोजन भएको हो ।जिल्लामा सञ्चालन हुने सार्वजनिक गाडीले आजदेखि साविकको भाडादरमा १० देखि १५ प्रतिशत मात्र भाडा लिने भएका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । ‘हामीले जनतालाई केही राहत मिलोस् भनेर भाडादर बारे व्यवसायीसँग छलफल गरेका थियौं’,
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.