X Sharama Funecure

आर्थिक

    Showing ४५१-४६० of ५४४ items.
  • हेलिकोप्टर चार्टर्ड गरेर विवाह

    वीरगञ्ज,मंसिर १७ गते – बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जो

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • १४८ पटक पढिएको
  • विमानस्थलबाट तेस्रो दिन १५ किलो सुन संकलन

    सिरहा,मंसिर १६ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो दिन १५ किलो सुनका बाला संकलन गरिएको छ । विमानस्थल भन्सार कार्यालयले विदेशबाट बाला आकारमा काँचो सुन ल्याउन रोक लगाएर लगातार सुन त्यस्ता सुन संकलन गरेर राजस्व असुल गरिरहेको छ ।   बुधवार मध्यरातसम्ममा १५ किलो १६ ग्राम सुन संकलन गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए । बुधवार विदेशबाट फर्किएका  ३ सय २६ जना यात्रुले सुनका बाला लिएर आएका थिए । तीन दिनदेखि भन्सार काउन्टरमा संकलन गरेर राखिएको १३ दशमलव १२ किलो सुन यात्रुहरुले भन्सार तिरेर लगेका छन् । बुधवार मात्रै ४ सय १० ज

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १२२ पटक पढिएको
  • पूर्व–पश्चिम बरुवा बसपार्क सञ्चालनमा

    सिरहा,मंसिर १६ गते – पूर्वपश्चिम मदन भण्डारी राजमार्गमा बढ्ने सवारी चापलाई मध्यनजर गर्दै निर्माण भएको पूर्वपश्चिम बरुवा बसपार्क बिहीबारबाट सञ्चालनमा आएको छ ।उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं। १३ अन्तर्गत रहेको बसपार्क मेयर बलदेव चौधरीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । काठमाडौंको रात्रिकालिन बस तथा जिल्लाको पहाडी क्षेत्रका सवारी साधनलाई लक्षित गरी बसपार्क सञ्चालन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताउनुभयो । खोटाङ जिल्लाको यातायात सेवा पनि सोही ठाउँबाट सञ्चालन हुनेछ । काठमाडौंसम्मका रात्रिकालिन बस दैनिक पाँचदेखि दशवटासम्म छन् । जिल्लाको विभिन्न

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १४६ पटक पढिएको
  • असिनाबाट अरबौंको क्षति

    सिरहा,मंसिर १६ गते – संखुवासभाको मकालु गाउँपालिकामा मंगलबार दिउँसोदेखि परेको असिनाले अरबौंको क्षति भएको छ । मकालु गाउँपालिका वार्ड नं। १ देखि ६ का अधिकांश गाउँमा दिउसो २ बजेदेखि ६ बजे असिना पर्दा बालीनाली नष्ट पारेको गाउँपालिका उपाध्यक्ष चमेली राईले जानकारी दिएकी छन्।  असिनाले अलैची, मकै, आलु, लसुन, प्याज, फापर लगायतको नगदेवालीमा क्षति पु्र्‍याएको छ । वडा नम्बर १, २, ३ र ५ मा बढी क्षति पुगेको छ । चार घण्टासम्म परेको असिना करिब डेढ फिटसम्म जम्दा अझै नबिलेको स्थानीय सुवास पोखरेलले जानकारी दिए ।असिनाले लगाएको बालिनाली नष्ट गरे पनि क्षतिको मुल्याङकन हुन नसकेको भन्दै तत्काल राहतका लागि पहल गरि

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १२५ पटक पढिएको
  • रेल चाडै सञ्चालन हुने

    सिरहा,मंसिर १६ गते – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २४ घण्टा नवित्दै आफ्नो बाचा पुरा गरेकी छिन् ।मंगलवार जनकपुरधाम स्थित रेल्वे स्टेशन निरीक्षण गरी एक सप्ताह भित्र रेल्वे सञ्चालन गर्न ऐन बनाउनकालागि सरकारलाई दवाब दिने भनेको भोलि पल्टै बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत ४ वटा विधेयक मध्ये एक रेल्वे विधेयक समेत परेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • १६९ पटक पढिएको
  • मालपोत कार्यालयका प्रमुख र अमिन घुससहित पक्राउ

    चितवन,मंसिर १५ गते – चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका(२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो । मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिने भन्दै घूस लिएका हुन् । करीब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए ।जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लाग

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १७१ पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो

    सिरहा,मंसिर १५ गते – आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९१ हजार ४०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ११२ पटक पढिएको
  • नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

    सिरहा,मंसिर १५ गते – अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए । एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • ११८ पटक पढिएको
  • व्यापारीको दवावपछि सडक निर्माण

    सर्लाही,मंसिर १५ गते – सर्लाहीको ईश्वरपुर नगरपालिकाले बाटो फराकिलो पार्ने नाउंमा घर टहरा मात्र भत्काए पनि सडक निर्माणमा आलटाल गरेको भन्दै स्थानीय व्यापारीहरु विरोधमा उत्रेपछि कालोपत्रे कार्य सुरु गरिएको छ ।स्थानीयवासी एवम् त्यहांका ब्यापारीहरु मेयर विरुद्ध प्रदर्शन गर्दै विरोधमा उत्रेका थिए । केही दिन अघि नागरिक समाज ईश्वरपुरले बाटो फराकिलो पार्ने नाउंमा सडकमा पर्ने घर टहरा भत्काएको थियो । घर टहरा भत्काएपछि सडक क्षेत्र झनै अस्तव्यस्त बनेको थियो । सडक निर्माणमा आलटाल गर्दै आएको नगरपालिका कार्यालयमाथि दवाव दिँदै स्थानीयवासी एवम् व्यापारीहरुले विरोध गरेका थिए

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • १७८ पटक पढिएको
  • यसै बर्षभित्र रेल सञ्चालन हुने

    सिरहा,मंसिर १४ गते –भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छिन ।मंगलबार जनकपुरधामस्थित रेल्वे स्टेशन पुगेका मन्त्री यादवले जयनगर–जनकपुर रेल्वेको ट्रयाक निरिक्षण गर्दै छिटो भन्दा छिटो रेल सञ्चालन गर्ने तयारी भईरहेको बताउनुभयो । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रकृया अगाडि बढिसकेको बताउनुभयो । उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु मात्र बाँकी रहेको र आजै आफू काठमान्डौ पुगेर

    • प्रकाशित मितिः मंसिर १४, २०७८
    • ११५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२