सिरहा,मंसिर १७ गते – नेपाली बजारमा आज ९शुक्रबार० सुन २ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार १ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो