सिरहा,मंसिर २० गते – घर तथा जग्गा भाडा उपभोक्ता समिति लहानले विभिन्न माग राख्दै आन्दोलित भएका छन् । पशुपति आदर्श उच्च माविको उत्तरतर्फ रहेको जग्गामा स्टल निर्माण बापत ३७ व्यापारीसँग रकम असुली गरेको छ । विद्यालयले व्यापारीसँग स्टल बापत ९ बर्ष अगाडि करिब दूई करोड रकम उठाएको छ । रकम उठाएपनि हालसम्म स्टल निर्माण नगरी भाडावाललाई नदिएकोले भाडा उपभोक्त समिति आन्दोलनको चेतवानी दिएको छ । विद्यालयले भाडावालासँग उठाएको रकम हिनामिना भएको आरोप छ । तथापी ९ बर्षदेखि उठाएको रकमले स्टल निर्माण भइसक्थ्यो ।हिसाबकिताव सार्वजनिक गर्न माग गर्दै भाडावालहरुले सांसद पद्मनारायण चौधरी, प्रदेश साँसद लगनलाल चौधरीविरुद्ध ठ
विराटनगर,मंसिर २० गते – भारतमा ओमिक्रोनको संक्रमण भेटिएर अवस्था त्रासपूर्ण बनेका बेला नेपालमा भने हेलचेक्राइँ बढिरहेको छ। नेपालका सीमावर्ती क्षेत्रमा सावधानी शून्य छ। स्वास्थ्य मापदण्डको पालना नहुँदा नेपालमा यो भेरियन्ट भित्रने खतरा बढेको छ। भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने रानी नाकाबाट दैनिक ५ हजार बढी मानिस नेपाल भित्रने गरेका छन्। नेपालबाट किनमेल तथा कामको सिलसिलामा भारत पुग्नेको संख्या पनि उत्तिकै छ। यसले ओमिक्रोन प्रवेश गर्ने जोखिम बढेको मनोज खड्काले बताए। यसअघि कोरोना कारण रानी नाका डेढ वर्ष बढी बन्द गरिएको थियो। असोज दोस्रो साताबाट खुला गरिएसँगै नाकामा भीडभाड अत्याधिक बढे
सिरहाको,मंसिर २० गते – लहान १ स्थित संचालनमा रहेको बसपार्कमा अबैध रकम असुली गरेको तथ्य फेला परेको छ।स्थानीय महेश गुप्ताको निजि बसपार्कलाई पैसाको आडमा लहान नगरपलिकाले बार्शीक ४३ लाखमा स्थानीय पपु सिंहलाई ठेक्का दिएका छन्। लहान नगरपालिकाले बिचोलीयाको काम गर्दै पिसा उठाउने गरेको छन्।स्थानीय पप्पु सिंहले बाद्य्य भएर पैसा उठाउनु भएको छ्।लहान नगरपालिकाको पुर्ण रूपमा बदमासी रहेको स्थानीय काङ्ग्रेस नेता महेश चौधरीको आरोप रहेको छ्। काङ्ग्रेसका नेता महेश चौधरी लगायत केहि नेताहरुले हिजो रकम उठाउनमा रोक लगाए हुन्। यस्मा ठेकेदार पप्पु सिंहको कुनै दोस नदेखिएको छ। लहान नगरपालिकाले अबैध रकम असुली गरी रहेको भन
सिरहा,मंसिर २० गते – मानिसले आफूले कमाएको पैसा जम्मा गर्न भरपर्दो माध्यमको प्रयोग गर्दछन् । त्यही माध्यमको रुपमा बैङ्क तथा वित्तिय संस्थाहरु पर्दछन् । आफूले चाहेको बेला रकम जम्मा गर्न मिल्ने र निकाल्न मिल्ने भएकाले बैङ्किङ कारोबार सुरक्षित र भरपर्दो मानिन्छ ।रकम जम्मा गर्न राष्ट्र बैङ्कको अधिनमा रही अन्य बैङ्कहरुले नियमहरु बनाएका हुन्छन् । कतिपय ठाउँमा खाता खोलेकै एक हजार तिर्नुपर्छ भने कतै दुई हजार पाँच सयसम्म तिर्नुपर्छ । आफूले दुःखले कमाएको सम्पत्ती सुरक्षित होस् भन्ने चाहाना कसको नहोला र रु यसरी खाता खोल्दा हकवालाको नाम राख्न बैङ्कहरुले अनुरोध नै गर्छन् । यसरी राखिएको रकम खातावालाको मृत्यु
सिरहा,मंसिर १९ गते – प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महानगरपालिका– १ दरवारमार्गस्थित बिइङ ह्युमान कपडा पसलका म्यानेजर हिरोसी खनाल रहेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले काठमाडौंको दरबारमार्गबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १ हजार दरको १ सयवटा ४९ बण्डल गरी ४९ लाख, नेपाली रुपैयाँ ५०० दरको १ सयवटा ४९ बण्डल गरी २० लाख ३० हजार तथा बिइङ ह्युमन लेखिएको नीलो रंगको झोला बरामद गरेको छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग, प
सिरहा,मंसिर १९ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् । विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो ।थप अनुसन्धान भइरहेको छ
सिरहा,मंसिर १७ गते । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
काठमाडौं,सिरहा मंसिर १७ गते – १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–१० ठेगाना भएका ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३ ताहाचल ठेगाना भएका २८ वर्षीय रोजन भुजेल रहेका छन् । उनीहरुमध्ये भुजेललाई बुधबार काठमाडौं कालिमाटी र भण्डारीलाई बिहीबार काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा।बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा
सिरहा,मंसिर १७ गते – नेपाली बजारमा आज ९शुक्रबार० सुन २ सय रूपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रूपैयाँले नै घटेको छ । तेजाबी सुन आज ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो १ हजार १ सय ९० रुपैयाँमा नै कारोबार भएको थिय
वीरगञ्ज,मंसिर १७ गते – बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह गरेका छन् । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो । हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका हुन् । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जो
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.