सिरहा,पुष २ गते – बिहीबार नेपाली बजारमा सुनचाँदीको बजार भाउ आकाशियको छ । गत बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापा वाला सुन बिहीबार एकैदिन अधिकतम् एक हजार रुपैयाँले वृद्धि हुँदै ९४ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै वृद्धि हुँदै ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने गत बुधबारको मूल्यमा तोलामा १५ रुपैयाँले वृद्धिहुँदै आज एक हजार २५० रुपैयाँ पुगेको छ । गत बुधबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो
काठमाडौँ, पुष २ गते – सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका सबै स्थानीय तह र अन्तर्गतका कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।टेलिकम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बिहीबार भएको सम्झौताअनुसार वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयमा कम्पनीले आफ्नो सेवा उपलब्ध गराउनेछ । सम्झौताअनुसार मन्त्रालयले यी कार्यालयमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवाका लागि माग सङ्कलन तथा कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तह र नेपाल टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार
विराटनगर,पुष २ गते – मदन भण्डारी लोकमार्ग निर्माणमा प्रयोग गरिएका तीनवटा टिपर मोरङको मिक्लाजुङमा बिहीबार साँझ तोडफोड गरिएको छ । लोकमार्गअन्तर्गत झापाको बेलडाँगीदेखि धरानको सर्दु खण्ड निर्माणमा प्रयोग गरिँदै आएका टिपर मिक्लालुङ गाउँपालिका–९ मा तोडफोड गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार तोडफोडबाट प्रदेश ३–००१ क ००९०, प्रदेश ३–००१ क ००९१ र प्रदेश ३–००१ क ०२९० नम्बरको टिपरमा क्षति पुगेको छ । तोडफोडका कारण सबै टिपरको अगाडिको सिसामा पूर्ण रूपमा क्षति पुगेको उनले बताए । टिपर मोतीदान कन्सट्रक्सन सेवा प्रा।लिको हो । डीएसपी श्रेष्ठका अनुसार प्रारम्भिक
दैलेख,पुष २ गते – दैलेख जिल्ला अदालतले पाँच वर्षीया बालिकालाई बलात्कार गर्ने अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। बालिकालाई बलात्कार गरेको अभियोगमा नारायण नगरपालिका–८ सिमाडाका ३६ वर्षीय रामबहादुर बिकलाई अदालतले जन्मकैद ९२५ वर्ष० को फैसला सुनाएको हो। अदालतले जन्म कैदसँगै ६ लाख जरिवाना, एक लाख पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ। जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए। मागदावी अनुसार सजाय मनासिव देखिएकोले पेशीकै दिन फैसला भएको श्रेस्तेदार कार्की
बुटवल,पुष २ गते – बुद्ध जन्मस्थल लुम्बिनीमा आगलागी हुँदा एक दर्जन उपहार पसल जलेर नष्ट भएका छन् । गएराति साढे एक बजेतिर लागेको आगलागीबाट पर्यटक लक्षित १२ वटा उपहार पसल जलेर नष्ट भएको लुम्बिनी शोभिनियर सपका सञ्चालक पिन्टु बानियाले बताए । त्यहाँ रहेका माला, मूर्ति, ढाका, हस्तकला लगायतका पसलमा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबर क्षति भएको अनुमान गरिएको बानियाले बताए । कवाड बटुल्ने व्यक्तिले जाडोमा आगो ताप्न बालेको आगोबाट पसलहरुमा आगलागी भएको उनले बताए । बोलाएको एक घण्टापछि मात्र दमकल आउँदा ठूलो क्षति भएको उनले बताए । त्यहाँ एक सय बढी उपहार पसल छन् । दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिए
सिरहा,पुष १ गते – बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको बिहीबारको कारोबार मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ ।बुधबार छापावाल सुनको प्रति तोला मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको बिहीबारको खरिद बिक्री मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ
सिरहा,पुष १ गते – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा आगो लागेपछि एक किरानी पसल जलेर खरानी बनेको छ । पसल जलेपछि लाखौंको क्षति भएको हो ।प्रहरीका अनुसार सन्दिप चौधरीले सञ्चालन गरेको सप्तरङ्ग किराना पसलमा बुधबार राति आगलगी भएको हो । आगलागीबाट पसलको सम्पूर्ण समान जलेर नष्ट भएपछि करिब १४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताए । आगलगीका कारण खुल्न सकेका छैन । तर विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । आगलगाी विषयमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ
काठमाडौं,पुष १ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट करिब ८ सय ११ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३५ वर्षीय इर्साद अहमद र ३२ वर्षीय मोहमद सइद इब्राहिम शेख रहेका छन् । दुबईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा इर्सादले प्लाष्टिकले बेरी ल्याएको करिब ४ सय ४२ ग्राम र महोमदले मलद्वारभित्र लुकाई ल्याएको करिब ३ सय ७९ ग्राम सुन जस्तो देखिने पहेलो अर्धठोस पदार्थ सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।उक्त पदार्थ सहित दुवै जनालाई आवश्यक कारबाहीको ल
रौतहट,पुष १ गते – परोहा नगरपालिका– ८ नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी घर भएका २६ वर्षीय बिकाश जयसवाल र सोही ठाउँ बस्ने ३२ वर्षीय अजय प्रसाद रहेका छन् । बीआर ०५ के ३६३६ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मोतिपुर नरकटियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ६९ थान र ५ सय दरको १ थान गरी उक्त नक्कली रुपैयाँ सहित फेला पारी मोटरसाइकल चालक बिकाश र मोटरसाइकलमा सवार अजयलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
सिन्धुलीमाढी,पुष १ गते – गाउँघरमा प्रयोग हुने घरेलु कृषि औजार उत्पादन गरी जीविकोपार्जन गर्दै आएका विश्वकर्माको पेसा सङ्कटमा परेको छ ।घरेलु प्रविधिबाट उत्पादन गरिने फलामका यस्ता कृषि औजारहरू सस्तो मूल्यमा बजारमा पाइन थालेपछि विश्वकर्माको पेसा सङ्कटमा परेको हो । कमलामाई नगरपालिका–४ निवासी रामबहादुर कामी घरेलु प्रविधि प्रयोग गरी फलामबाट बनाएका खुकुरी, कँचिया, हँसिया, खुँडा, बञ्चरो, कोदालोलगायतका औजारहरू बजारमा किन्न पाइनेभन्दा महँगो पर्ने हुनाले आफ्नो पेसा सङ्कटमा परेको बताउनुहुन्छ । आरन थापेर कृषि औजार बनाउँदा पाइने ज्यालाबाट जहान÷परिवार पाल्न समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, राम्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.