X wada

आर्थिक

    Showing ३७१-३८० of ५४८ items.
  • सुनको भाउ बढ्यो

    सिरहा,पुष १८ गते – सुनको भाउ आज फेरि बढेको छ ।यसअघि अस्ति तोलामा सात सय रुपैयाँ बढेको सुनको भाउ आज पनि तोलामा सात सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ  तोलामा ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा आज १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस १८, २०७८
    • ११९ पटक पढिएको
  • एकै राती चार मन्दिरमा चोरी

    चितवन,पुष १८ गते – पूर्वीचितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ । वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो । पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो ।दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब रु १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए। उनका अनुसार पाँचरसातजनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मन्दिर

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १२२ पटक पढिएको
  • रकम ओसारपसार आरोपमा म्यानेजर पक्राउ

    विराटनगर,पुष गते – प्रहरीले अवैध रकम ओसारपसारको आरोपमा सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौड्याललाई पक्राउ गरेको छ । पौडेललाई शनिबार साँझ पक्राउ गरिएका हो ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्रवक्ता नान्तीराज गुरुङले पौडेललाई पक्राउ गरेको पुष्टि गरेका हुन्। प्रहरीले उनलाई थप अनुसन्धानका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग पठाएको छ ।शनिबार सौर्य एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोख्रेल सोही प्रकरणमा पक्राउ परेकी थिइन् । शनिबार विराटनगरदेखि काठमाडौं आएको सौर्य एयरको जहाजमा ५० लाख रुपयाँ अवैध रकम भेटिएको थियो । विराटनगरबाट आएको सो रकम बुझ्न सौर्य एयरलाइन्स काठमाडौंमा क

    • प्रकाशित मितिः पुस १८, २०७८
    • १३३ पटक पढिएको
  • आगजनीबाट लाखौंको क्षति

    सिरहा,पुष १८ गते – सिरहाको गोलबजारमा अज्ञात समुहले एक किराना पसलमा शनिवार राति आगो लगाएपछि लाखौंको समान जलेर नष्ट भएको छ ।गोलबजार नगरपालिका ६ स्थित पुजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा अज्ञात समुहले आगो लगाएका हुन् । आगलागीबाट पसलमा रहेका रिचार्ज कार्ड, चाउचाउ, दालमोठ, मैदाको बोरा, गुटखा, चिनी र दाललगायतका समानहरु जलेर खरानी बनेको छ ।पसलका संचालक सुनिता कुमारी साहले विहान पसल खोल्न पुगेपछि मात्र आगलगीबाट पसल जलेको थाहा पाएकी छन् । उनका अनुसार पसलमा लगाइएको ताला तोडिएको देखें । त्यसैले अज्ञात समुहले आगो लगाएको अनुमान छ ।

    • प्रकाशित मितिः पुस १८, २०७८
    • २७१ पटक पढिएको
  • ट्रकमा आगजनी

    सिरहा, पुष १६ गते – जनमत पार्टीका कार्यकर्ताले सप्तरीको महुली खोला नजिक एक ट्रकमा आगजनी गरेको छ । डा। सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माँग राखी अनिश्चितकालिन बन्द घोषणा उलङ्घन गरेको भन्दै जनमतका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना ६ ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलन कर्मीले जनाएका छन् । उनीहरुले किसानको आन्दोलनको नाममा आन्दोलनलाई उग्र बनाएको भन्दै टिक्काटिप्पनी हुन थालेको छ

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १५० पटक पढिएको
  • सुनको मूल्य बढ्यो

    सिरहा,पुष १६ गते – सुनचाँदी बजारमा साताको अन्तिम कारोबारदिन छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ९२ हजार ७०० तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार २०० छ जुन बिहीबार प्रतितोला रु ९१ हजार ६०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबारका मूल्यका आधारमा यहाँ दैनिक सुन तथा च

    • प्रकाशित मितिः पुस १६, २०७८
    • १६५ पटक पढिएको
  • ४६ वर्षपछि पूरा भयो सपना ?

    उदयपुर,पुष १५ गते –  खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभावमा बाँझो खेत राख्न बाध्य उदयपुरको लिम्चुङबुङ गाउँपालिका(५ ढुकुरथुमबासीको सपना ४६ वर्षपछि पूरा भएको छ । सिँचाइका लागि २०३२ सालदेखि निरन्तर आवाज उठाउँदै आएका स्थानीयले यस वर्ष करिब डेढ करोडको लागतमा ढुकरथुम(जाँते सिँचाई आयोजना निर्माण भएसँगै खेतमा बाली लगाउन अब आकाशको भर टरेको छ । सिँचाइ योजनाका अध्यक्ष सुरेन्द्र राई भन्छन्, ‘२०३२ सालमा पहिलो पटक योजना पेश गरेकोमा, प्रकृया पुरा गर्दा गर्दै २०७१ सालबाट काम शुरु भयो । उनले थपे, ‘२०५२ सालमा तत्कालिन सिँचाइ डिभिजन कार्यालय उदयपुरका प्रमुख हरिप्रसाद चौलागाईले योजनाको कामलाई अघि बढाउँद

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १६० पटक पढिएको
  • सुनचाँदीको मूल्य बढीयो

    सिरहा,पुष १५ गते – साताको पाँचौ दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले ओरालो लागेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले ओरालो लागेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ 

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १२४ पटक पढिएको
  • रेल कहिले चल्छ ?

    सिरहा,पुष १५ गते – भारतको जयनगरबाट जनकपुरसम्म रेल चल्ने कुरा विगत ३ वर्ष अघिदेखिको हो। तर, अहिलेसम्म रेल नचल्दा यस क्षेत्रका स्थानीयको रेल चढ्ने आशा निराशामा परिणत भएको छ। ‘उमेरले अब साथ दिन छोड्यो, मोटरसाइकलमा आउँदाजाँदा समस्या हुन्छ। रेल चढेर जानकी मन्दिर दर्शन गर्ने इच्छा छ तर रहर पूरा हुने छाँटकाँट छैन,’ जनकनन्दनी गाउँपालिकाकी ८० वर्षीया जोगनी दासले भनिन्, ‘रेल नचल्दा जनकपुर बजार नपुगेको झण्डै १० वर्ष जति हुन लाग्यो।’ सोही गाउँपालिकाकै ८० वर्षीय मो। हामिद साफीको पनि रेल चलेको हेर्ने मन छ। उनले भने, ‘रेल चलाउने कुरा सुनेको सुन्यै छु। तर, खै कहिले आउँछ रेल रु’ त्यस्तै, रेल नचल्दा न

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १६२ पटक पढिएको
  • मृतकलाई दश लाख क्षतिपूर्ति दिने सहमति

    सिरहा,पुष १५ गते – सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति पछि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ ।इलाका प्रहरी कार्यालय लालबन्दीमा बुधबार पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच ६ घण्टा लामो चलेको छलफलबाट पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहित ६ बुँदै सहमति भएको छलफलमा सहभागी संघीय सांसद प्रमोद साहले बताए । घटनाको सम्वन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतक रामकुमार महतोम

    • प्रकाशित मितिः पुस १५, २०७८
    • १४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२