गौर,पुष २६ गते – रौतहट जिल्लाको इशनाथ नगरपालिका–२ औरैयाको नेपाल भारत सीमानामा रहेको मनमोहन द्वार नजिकबाट सशस्त्र प्रहरीको टोलीले साढे १४ लाख नेपाली रुपैयां सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहट र २ नम्बर बाहिनीबाट खटेको टोलीले भारतबाट नेपालमा अवैध रुपमा लुकाएर ल्याउंदै गरेको स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको हो । बी आर ०५ एजी ८०५६ नम्बरको अपाची मोटर साइकलको गाडी तथा शरीरमा लुकाएर ल्याउंदै गरेको अवस्थामा भारत बिहार पूर्वी चम्पारण जिल्लाको तेल्हारा कला– ७ का ३९ वर्षीय संजय कुमार जयसवाललाई १४ लाख ५० हजार नेपाली नोट सहि
काठमाडौँ, पुष २५ गते – सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत ९फारु० गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । नेपालले मल आयात गर्दै आएका कयौँ मुलुकले कच्चा पदार्थ अभाव र आन्तरिक खपत देखाउँदै निर्यात गर्न नसक्ने भनेपछि मल अभाव हुनसक्ने पूर्वानुमान गरी उपलब्ध मल किफायत गरी प्रयोग गर्न आग्रह गरिएको हो । यद्यपि सरकारले अघिल्ला वर्षका तुलनामा यस वर्ष रासायनिक मल खरिदका लागि बजेट वृद्धि गरेको छ । अघिल्लो वर्ष रु १३ अर्ब विनियोजन भएकामा यस वर्ष मलका लागि रु १५ अर्ब छुट्याइएको थियो । रासायनिक मलको माग र आपूर्ति अवस्थाबारे जानकारी दिँद
काठमाडौं,पुष २४ गते – नेपालले पछिल्लो करिब सात वर्षदेखि नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग छलफल गर्दै आएको छ। भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशका लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। नेपाल–भारतबीच हुने कुनैपनि किसिमका उच्चस्तरीय भेटवार्तामा नयाँ हवाइमार्गको सम्बन्धमा छलफल हुने गरेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने बताउँछन्। आगामी आइतबारदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पनि यो मुद्दाले प्रवेश पाउन सक्ने बताइएको थियो। तर, प्रधानमन्त्रीको भ्रमण नै रद्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले
सिरहा,पुष २४ गते – प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सर पीडितलाई प्रदेश सरकारले मासिक भत्ता उपलब्ध गराउने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको ३१औं केन्द्रीय सभाको सिरहाको लहानमा हिजो उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले क्यान्सर पीडितको उपचारार्थ कानुन बनाएरै मासिक भत्ता उपलब्ध गराउने तयारी भइरहेको बताए । “क्यान्सर पीडितले पहिलादेखि नै उपचारका लागि एक लाख राहत पाउदै आएका छन । मुख्यमन्त्री राउले भन, “अेब प्रदेश सरकारले कानून बनाएरै मासिक भत्ता दिन लागेको छ ।” लहानमा स्थापना हुन लागेको क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्य
सिरहा,पुष २४ गते – मेची–महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डअन्तर्गत पर्ने झापामा एक महिनाभित्र नै डिमार्केसनको काम गरिने भएको छ । ‘डिमार्केसन’को काम नभएका कारण रेलमार्ग आसपासका क्षेत्रका सयौँ बिघा जग्गा रोक्का भएको भन्दै विरोध हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा सरोकारवाला निकाय तथा राजनीतिक दलले रेलमार्ग प्रभावित क्षेत्रका बासिन्दाको समस्या सामधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।रेलमार्गको नक्साङ्कन भएका झापाका छवटै स्थानीय तहको वडास्तरसम्म पुगेर रेलमार्ग प्रभावित क्षेत्रकोे लगत सङ्कलन कार्य सम्पन्न भएको र प्रमाणीकरण गर्न बाँकी रहेको झापा जिल्लाका प
सिरहा, पुष २३ गते – सिरहा र सप्तरीको सीमाना रहेको बलान नदीले सुखा मौषममा पनि लाहान–२३ कडरिया तिलेबोनाका किसानहरुको खेतियोग्य जमिन काटिरहेको छ । पश्चिमतिरबाट थालेको कटान नियन्त्रण नभए यसवर्ष वर्षाको समयमा ठूलो क्षति हुने भयले स्थानीय किसानहरु चिन्तित भएका छन् ।सयौं बिघा जमिन काटेर कति स्थानीय किसानहरुलाई सुकम्बासी बनाइ दिएको बलान नदीले गरिरहेको कटान नियणत्रण गर्न नगरपालिकासँग गुहार मागेपछि नगरपालिकाको सीमित बजेटबाट क्रेटिङग गर्न नसकिने स्थानीय अशेश्वर यादवले बताउनुभयो । उहाँको अनुसार दश विस लाख बजेटले भए लहान नगरपालिका नियन्त्रण गरिदिन्थ्यो । तर क्रेटिङगको लागि करोडौं रकम लाग्ने देखिएकाले
सिरहा,पुष २३ गते – शुक्रबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार तीन सय र तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ तोकिएको छ
सिरहा,पुष २३ गते – लहान नगरपालिकाका ४ वटा वडाको विपन्न बस्तीमा कम्मल वितरण गरिएको छ। वडा नम्बर १२, १५, २२ र २४ का मानिक दह, बेलीजटियाही, ढोढना लगायत विपन्न बस्तीका २०० परिवारलाई कांग्रेस सिरहा क्षेत्र १ का सभापति महेश चौधरीले कम्बल वितरण गरेका हुन्। उनी हरेक महिना २२ गते पत्नीको सम्झनामा गरिब विपन्न वस्तीमा राहत वितरण गर्दै आएका छन्। सोही अभियान स्वरुप कम्बल वितरण गरेको छ। कोरोना कहर सुरुभएदेखि नै लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरुलाई घर घरमै पुगेर चौधरी र उनको पत्नी संगिता कर्माचार्यले राहत वितरण गर्दै आएका थिए। सोही क्रममा संगिता आफैँ कोरोना संक्रमित भइन् र उपचारको क्रम
सिरहा,पुष २३ गते – प्रदेश नं। २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो ।प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३।५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८०६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं। २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिनुभयो । गत आव २०७७र७८ मा तीन लाख ४५ हजार ६०३ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३।६५ मेट्रिक टनका दरले १२ लाख ६२ हजार २
जनकपुर,पुष २३ गते – लौकालाई काट्ने बित्तिकै भित्रपट्टी कालो फेला परेपछि जनकपुरधाम उपमहानगरपालिका–८ का रंजु चौधरी चकित भएकी छिन् । पेठिया बजारमा मनै लोभ्याउने तथा चिल्लो लौकाप्रति आकर्षित भइ उनले लौका खरिद गरेकी थिइन् । यस प्रकारको लौका जनकपुरधाम सहित प्रदेश दुइका विभिन्न जिल्लामा बिक्री भइरहेको पाइएको छ ।जानकारहरुका अनुसार त्यस किसिमका लौकाहरुमा विषादी प्रयोग गरिएका कारण काट्ने बित्तिकै भित्र कालो फेला पर्ने गरेको छ । गर्भवती महिलालाई प्रसुति सहज पार्न, रक्तस्राव कम गर्न, दूधको मात्रा बढाउन लगाइने ‘अक्सिटक्सिन’नामक हर्मोनको सुई लौकालाई रातारात फलाउन लगाइने गरिएको पाइएको आयुर्वेद विज्ञ डा।लक्ष्
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.