कलैया,पुष ३ गते – ईलाका प्रहरी कार्यालय सिमरा ,बाराले लाखौँ मुल्य बराबरको भन्सार छलीको गहना सहित एक जनालाई पक्राउ गरेको छ ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–।१ स्थित नेपाल टेलिकम अगाडि गहना सहित एक जनालाई पक्राउ गरेको हो । गहना सहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ढाका बस्ने बर्ष २३ का सुनिल गुप्ता रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । वीरगञ्ज पथलैयातर्फ जाँदैँ गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाईकलको तेल ट्याङ्कीको भित्र फल्स बट्न बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ११ लाख ३५ हजार ९ सय ७३ रुपैया ब
सिरहा,माघ १ गते – महोत्तरीको गौशाला बजारमा प्रहरी कार्यालय नजिकै रहेको एउटा मोबाइल पसलबाट बीस लाख बराबरको सामान चोरी भएको छ। रातीको समयमा गौशाला बजारस्थित मिथिलाञ्चल कम्प्युटर कम्पलेक्सबाट मोबाइल तथा इलेक्ट्रोनिक्स समान चोरी भएका हुन्।पक्राउ पर्ने डरले पसलमा जडान गरिएको सिसिक्यामेराको बक्स पनि चोरी गरेर लगेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए। पसलको मूल गेटको ढोका फुटाएर अज्ञात समूहले चोरी गरेको उनले बताए। घटना स्थलबाट प्रहरी कार्यालय करिब २ सय मिटरको दुरीमा छ। चोरले विभिन्न किसिमका २ सय ३१ थान मोबाइल चोरी गरेर लगेको पसल सञ्चालक संजित यादवले बताए।
सिरहा,पुष ३० गते – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।बिहीबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ
काठमाडौं, पुष ३० गते – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग जीटुजी (सरकार–सरकार) को माध्यमबाट रासायनिक मल खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी हप्ता दुई देशबीच हस्ताक्षर हुने तयारी भइरहेको बताइएको छ । सबै तयारी पूरा भइसकेको र भारतीय पक्षबाट सम्झौताको प्रति आउनेबित्तिकै घोषणा गरिने कृषि मन्त्रालयका सचिव डा। गोविन्द शर्माले जानकारी दिनुभयो । अहिले कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावाससँग छलफल चलिरहेको उहाँले बताउनुभयो ।भारतीय दूतावासले दिल्लीबाट पत्र आउन बाँकी रहेको जानकारी दिएको छ । कार्यक्रम भर्चुअल गरिए पनि सम्झौतापत्र आदानप्रदान कार्यक्रम भौ
काठमाडौं,पुष २९ गते – लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ।गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए। सरकारले मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका एक–एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘औषध नियन्त्रण अधिकारी’ तोक्ने निर्णय गरेको छ। यसअघि मन्त्रालयमा मुख्य औषध नियन्त्रण अधिकारीका रूपमा नीति, योजना, अनुगमन तथा मूल
जनकपुरधाम,पुष २९ गते – धनुषा प्रहरीले भन्सार छली गरी ल्याएको ८० हजारको अवैध सामान नियन्त्रणमा लिएको छ ।प्रहरी चौकी जिरोमाईलबाट खटेको टोलीले जनकपुर उप– महानगरपालिका– ७ स्थित माछाबजारबाट भारतबाट भन्सार छली ल्याएका ४१ हजार ३ सय बराबरको ५९ थान ज्याकेट नियन्त्रणमा लिएको हो । बरमाद गरिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको छ । त्यसैगरी बुधबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटि गएको प्रहरी अधिकृत सहितको टोलीले जिल्ला धनुषा जनकपुर उप– महानगरपालिका– ४ स्थित भैरव चोकबाट भारतबाट भन्सार छली ल्याएका लुगा धुने साबुन, बिस्कुट, राकेश लेखिएको मसाला, नुहाउने साबुन
सिरहा,पुष २८ गते – धनुषाको जनकपुर उपमहानगरपालिका(५ बाट करिब ७ लाख ८३ हजार २ सय ९८ रुपैयाँ बराबरको ९ किलो ७ सय ६७ ग्राम अवैध चाँदीका गहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँ सहित सुनसरी ईटहरी उपमहानगरपालिका– ५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश नम्बर १– ०२– ०४५ प ८२७ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा खातीको पिठयूमा बोकेको झोलामा लुकाई राखेको अवस्थामा उक्त गहना सहित फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । खातीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकप
सिरहा,पुष २८ गते – बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो। त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँचले बढेको छ। महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ। तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ। चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ
दाङ,पुष २८ गते – दाङको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।सहकारी संस्थाको रकम हिनामिना मुद्दामा संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवाली पुर्पक्षका लागि कारागार चलान भएका हुन् । आइतबार जिल्ला अदालत दाङले भण्डारी र ज्ञवालीसँग ५०र५० लाख धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको अदालतका सूचना अधिकारी राजेन्द्रकुमार शर्माले बताए ।कारागार चलान भएका भण्डारी तत्कालीन लालमटिया गाविस( ८ को वडाध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै उनी तत्कालीन नेकपा हुँदा
गौर,पुष २८ गते – भुमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख र कर्मचारीहरुले अतिरिक्त रकम लिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।जग्गा रजिस्ट्रेसन , मोही नामसारी , मोही लगत कट्टा सहितको कामको गराउन जाने सेवाग्राहीहरु संग सरकारी दस्तुर भन्दा अतिरिक्त रकम लिने गरेको सेवाग्राहीहरुको गुनासो छ । पुस मसान्त सम्ममा मोही जग्गा बाँटफाँट गर्नु पर्ने नेपाल सरकारको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको तथा विभागको निर्देशन रहेको भन्दै कार्यालय प्रमुख राम कृष्ण उप्रेतीले आर्थिक रुपमा लाभ उठाउने नियतले धमाधम जग्गाको मोहियानी हक बाँडफाँट गर्ने गरेको बुझिएको छ । लेखनदास तथा बिच
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.