सिरहा,माघ १३ गते – यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८र७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ् कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन द
सर्लाही, माघ १२ गते – जुवाको खालबाट सर्लाही प्रहरीले नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मङ्गलबार राती १२ बजे बागमती नगरपालिका– ३, धरहरास्थित ढलक भन्ने सञ्चर घिसिङको घरभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार लाख ८४ हजार ५० रुपियाँ नगदसहित पक्राउ गरेको हो । जुवाको खालबाट पक्राउ पर्नेहरुमा बागमती नगरपालिका– ३, का ३९ वर्षीय गौरीशङ्कर साह, घरधनी ३४ वर्षीय सञ्चर घिसिङ, ३४ वर्षकै जितबहादुर बम्जन, बसबरिया गाउँपालिका– ५, का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन् ।यस्तै, हरिवन नगरपालिका– १०, का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी, ५७ वर्षीय अर्जुन
काठमाडौँ, माघ १२ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देशको आर्थिक विकास हुने बताउनुभयो । निजी क्षेत्रबीच सहकार्य गरेर नै देशको विकास गर्नुपर्छ भन्ने मान्यतासाथ सरकारले नीति निर्माण गर्ने गरेको र मल उद्योगका सन्दर्भमा पनि सरकारले प्राथमिकता दिने उहाँ
सिरहा,माघ १२ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९४ हजार ४०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ९०० कायम भएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला रु एक हजार ३०० कायम भएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आ
सिरहा,माघ ११ गते – नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा रहेको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल ९टीआई० ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क ९सीपीआई० रिपोर्टअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा परेको छ । रिपोर्टअनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा रहेको छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टअनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १०० मा ८८ अङ्क प्राप्त गरी सब
सिरहा,माघ ११ गते – सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेर रु ९४ हजार पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार तोकिएको थियो।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार ३०० तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको
लाहान, माघ १० गते । माटोका विभिन्न मूर्तिजन्य सामग्री बनाएर गुजरा गर्ने लहानका कुम्हाल समुदाय अहिले सरस्वतीमाताको मूर्ति बनाउन व्यस्त छन् । परम्परागत पेशालाई अहिले पनि निरन्तरता दिइरहेका कुम्हाल समुदाय आफ्नो पुर्ख्याैली पेशाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।लाहान ४, ६ र ८ नम्बर वडामा १५० घर रहेका कुम्हाल समुदायका महिला पुरुष आफ्नो पुख्र्यौली पेशा माटोको विभिन्न सामग्रीहरु बनाएर आफ्नै गाँउ ठाँउमा कमाई गरिरहेको स्थानीय रामबाबु पण्डितले बताउनुभयो । एसएलसी उत्तीर्ण गरेपछि पढाइ छाडेर मुर्ति बनाउन लागेको उहाँले बताउनुभयो । वर्षभरिमा माटोको मूर्ति बनाएर चार लाखसम्म कमाइ भइरहेको उहाँको भनाइ छ
सिरहा,माघ ५ गते – धनुषाको बटेश्वर गाउँपालिका– ४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका– ७ गोराना बस्ने अमित कुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका– ४ बस्ने २७ वर्षीय जिवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रवि दास रहेका छन् । जिवन लगायत ४र५ जना व्यक्तिहरुले भारतबाट काम गरी घरतर्फ जाँदै गरेका अमित कुमारको साथबाट उक्त धनमाल लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वरबाट खटिएको
काठमाडौं, माघ ५ गते – रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिनुभयो ।उहाँले यो पहिलो उडान रहेको बताउनुभयो । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उहाँले जानकारी दिनुभयो । ‘पहिलो पटक १२५ जना नेपाली कामदारको उडानको तयारी गरेका थियौं ।,’ उहाँले भन्नुभयो, ‘तर २६ जना कामदारमा कोरोना पोजेटिभ देखिएका कारण सङ्ख्या घट्यो । अहिले १२५ मध्ये ९९ जना आज राति ११ बजे इजरायल उड्नुहुन्छ ।’ यसैगरी दोस्रो चरणमा
मलंगवा,माघ ५ गते – कोरोनाको तेस्रो लहर पनि सूरु भइसकेको छ । प्रत्येक दिन कोरोनाका संक्रमितहरु थपिने क्रम बढेको छ। तर पनि सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुन सकेको छैन । उनीहरु अहिले पनि कानमा तेल हालेर सुतिरहेको देखिएका छन् । सरोकारवालाहरुले जनतालाई वेवास्ता गरेपनि सर्लाहीका पत्रकार हरुले भने उनीहरूलाई चुनौती दिँदै आम सर्वसाधारण नागरिकहरुको समस्यालाई आफ्नै समस्या झैं उनीहरूलाई केही थोरै भएपनि राहत महसुस गराउन विभिन्न राहत सामाग्रीहरु वितरण गर्न सुरु गरेको छ।यसै क्रममा रिपोर्टस क्लब नेपाल सर्लाही शाखा र जिल्लाको सदरमुकाम मलंगवाबाट प्रकाशित हुने राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिकाले मलंगवा नगरपा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.