सिरहा,माघ १९ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९२ हजार दुई सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९१ हजार नौ सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार सात सय कायम भएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार चार सय तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपियाँले बढेर एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तो
मलंगवा,माघ १९ गते – मोटरसाईकल चोरी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोटरसाइकल चोरीको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–५का २९ वर्षीय सुर्यदीप चौधरी, १९ वर्षीय रुपेस माँझी मुसहर र वडा नम्बर १५ का २९ वर्षीय सोमबहादुर रेग्मीलाई मेजरगञ्जबाट फक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्नहरुलाई सोमबार अबेर साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गत माघ ७ गते मध्यरात लालबन्दी–५ का ज्ञानबहादुर क्षेत्रीको घरमा राखिएको प्र २–०३–००१ प १०१९ नम्बरको कालो रातो रंगको १ सय २५ सिसीको होण्डा साईन मोटरसाइकल चोरी भएको थियो । ३
सिरहा,माघ १९ गते – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ ।डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो । २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प
काठमाडौँ, माघ १९ गते । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिन स्मार्ट मिटर जडानका विभिन्न योजनामा लागेको नेपाल विद्युत् प्राधिकरण त्यसका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको लाइसेन्स भने पाएको छैन । तीन वर्ष पहिले नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत लाइसेन्सको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पठाए पनि अनुमति पत्र पाउन सकेको छैन ।प्राधिकरणले काठमाडौँ दुई वितरण केन्द्र रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमातहत ९२ हजार ग्राहकलाई स्मार्ट मिटर जडान कार्य थालनी गरेसँगै प्रस्ताव पठाएको थियो । स्मार्ट मिटर जडानको काम सम्पन्न भइसकेको छ तर रेडियो फ्रिक्वेन्सी सञ्चालनको अनुमति भन
काठमाडौं,माघ १८ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई प्रस्थान अनुमति ९डिपार्चर० दिन अस्वीकार गरेको छ । पर्यटक प्रवेशाज्ञा ९भिजिट भिसा० मा सियरा लियोन, नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई त्रिअबी अध्यागमन कार्यालयले शंकास्पद भ्रमण भन्दै उनीहरुको यात्रामा रोक लगाएको हो । उनीहरुले भ्रमणको औचित्य पुष्टि गर्न सकेनन् । त्रिअबी अध्यागमन कार्यालयले उनीहरुलाई सोमबार फिर्ता गरेको हो । अध्यामगन कार्यालयले कतार हिँडेकी कैलालीकी शारदा गिरी, साउदी अरेविया हिँडेका सिरहाका शुरेस कुमार मण्डल र सियरा(लियोन हिँडेका सिरहाका अल्प
सिरहा,माघ १८ गते – सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ ।
काठमाडौं,माघ १८ गते – लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६र७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ ।यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र
सिरहा,माघ १८ गते – नेपाल रेल्वे कम्पनीका पुरानो कर्मचारीको आन्दोलन जारी रहेको छ ।दोस्रो चरणमा नेपाल रेल्वे कर्मचारी संघर्ष समितिले जनकपुरधाममा रहेको रेल्वेको प्रशासनिक कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरी निरन्तर धर्ना प्रदर्शन गर्दै आएका संघर्षरत कर्मचारीहरुले लगाएको ताल्चा कम्पनी प्रशासनले प्रहरी लगाएर तोडेका थिए आइतबार बेलुकी ताल्चा फुटाएपछि सोमबार आक्रोशित बनेका कर्मचारी पुनः तालाबन्दी गर्न पुगेका थिए । सोमबार बिहान तालाबन्दीको क्रममा महाप्रबन्धक निरंजन झाले प्रहरी परिचालन गराएर बल प्रयोग गरी तालाबन्दी गर्न नदिएको संघर्ष समितिका दिलिप साहले बताए । कार्यालयमा लगाएको ताला प्रहरीले
काठमाडौं,माघ १७ गते – बौद्धबाट अनलाइन बिङ्गो खेल्ने ६६ जना पुरुष र ८ जना महिलासहित ७४ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेलाएको आरोपमा काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टबाट प्रहरीले ७४ जनालाई पक्राउ गरेको हो ।कोभिड–१९ महामारीमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको अवस्थाबाट प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको छ ।
बारा,माघ १७ गते – प्रसौनी गाउँपालिका– २ स्थित शुभ श्री मोबाइल पसल फुटाई मोबाइल चोरी गरेको अभियोगमा ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका– १ प्रसौनी टोल बस्ने २४ वर्षीय बिशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही गाउँपालिका– ४ खटुवा टोल बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेका छन् । उक्त पसल फुटाई विभिन्न कम्पनीका मोबाइलहरु चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ खटिएको प्रहरीले अनुसन्धानको क्रममा बिशाल मुखियाको घर तलासी गर्दा उनी सुत्ने खाट मुनि ३ वटा झोलामा लुकाई राखेको विभिन्न कम्पनीको ९४ थान मोबाइल सेट,
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.