X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing ७१-८० of १३२ items.
  • विमानको शौचालयभित्र नवजात शिशु भेटियो

    सिरहा,पुष २० गते – एअर मरिशशका कर्मचारीले विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन्। म्याडग्यास्करकी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको समाचार बीबीसी नेपालीमा छ।एअर मरिशशको उक्त विमान जनवरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएको जीवित शिशु फेला पारेका थिए।खउनीहरूले शिशुलाई तत्काल उपचारका लागि सार्वजनिक अस्पताल पुर्‍याएका थिए।उक्त बच्चाकी आमा भएको आशङ्कामा पक्राउ परेकी महिलाले सुरुमा बच्चा आफ्नो नभएको दाबी गरेकी थिइन

    • प्रकाशित मितिः पुस २०, २०७८
    • २०८ पटक पढिएको
  • भारतीय प्रम मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानियो, अस्पताल भर्ना

    लखनउ,पुष २० गते –  युपीको सुल्तानपुरमा भारतीय प्रम नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ। कालो झन्डा देखाउने रीता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन्। खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ।  सर्कल अफिसर सतीश चंद शुक्लाले पीडितको वयान लिएका छन्। घाइते यादवले मीडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुल्तान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीनजनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन्। उनीहरुले गाली

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १४० पटक पढिएको
  • इजरायलद्वारा सिरियामाथि छेप्यास्त्र प्रहार

    दमास्कस,पुष १३ गते – इजरायली सेनाले सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार गरेको छ । सेनाले छापा मार्ने क्रममा सिरियाको मुख्य व्यापारिक केन्द्र लतकिया पोर्टमा मंगलबार बिहानै छेप्यास्त्र प्रहार गरेको हो ।इजरायली सेनाको आक्रमणबाट सो क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति भएको स्थानीय मिडियाले जनाएका छन् । स्थानीय मिडिया साना स्टेट न्युजका अनुसार इजरायली सेनाहरुले लतकिया पोर्ट नजिकै छेप्यास्त्र प्रहार गरेका हुन् । सो क्षेप्यास्त्र प्रहारबाट भौतिक रुपमा ठूलो क्षति पुगेको छ । ‘दुस्मनहरुले मंगलबार बिहान ३: २१ तिर लतकिया पोर्टनजिकै रहेको कन्टेनरलाई लक्षित गरि सो क्षेप्यास्त्र प्रहार गरेका

    • प्रकाशित मितिः पुस १३, २०७८
    • १२९ पटक पढिएको
  • बंगलादेशमा फेरीमा आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु

    ढाका,पुष ९ गते – दक्षिणी बंगलादेशमा फेरीमा आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु भएको छ। दक्षिणी बंगलादेशस्थित झलोकाथी शहरनजिकै सवारीसाधन ओसारपससार गर्ने जहाज ९फेरी०मा शुक्रबार बिहान आगलागि हुँदा कम्तीमा ३२ को मृत्यु भएको हो। जहाजमा करिब ५ सय यात्रु सवार रहेको बताइएको छ। तीन तले सो यात्रु सवार जहाज नदिको मध्य भागमा पुगेपछि आगलागि भएको हो। घटनापछि हालसम्म ३२ वटा लाश मात्र फेला परेको र करिब १ सय मानिसलाई उपचारको लागि अस्पताल पुर्‍याइएको स्थानीय प्रहरीले जनाएको छ। अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेकोसमेत प्रहरीको भनाई छ। प्रहरीले आगलागि कसरी भयो भन्नेबारे अनुसन्धान थालिएको बताएको छ

    • प्रकाशित मितिः पुस ९, २०७८
    • १४३ पटक पढिएको
  • चीनले सेनाको बर्दी परिवर्तन गर्ने

    बेइजिङ्ग,पुष ६ गते – चीनले आफ्ना सैनिकको बर्दी परिवर्तन गराउने भएको छ । यो हिउँददेखि नयाँ संकेतको सैन्य पोसाकसहित चीनले आफ्ना सेनाको बर्दी परिवर्तन गराउने भएको हो । चीनको केन्द्रीय सैनिक आयोग ९सीएमसी० ले लडाई र अपरेसनमा रहेका आफ्ना सेनाका लागि नयाँ खाले टाइप–२१ बर्दीको अनुमति दिएसँगै सेनाको बर्दीमा परिवर्तन हुने भएको हो ।सबै चिनियाँ सेनालाई यहि हिउँददेखि परिवर्तित बर्दी वितरण गरिने चाइना मिलिट्रीमा खबर छ । सेनाको पुरानो बर्दीको मोडल सुधारेर नयाँखाले बर्दी वितरण गर्न लागिएको बताइएको छ । सेनाको नयाँखाले बर्दि नवीन शैली, संरचनामा आधारित हुने छ भने सो बर्दी अझै गुणस्तरिय सामग्री र प्रविधिमा आधारित

    • प्रकाशित मितिः पुस ६, २०७८
    • १४९ पटक पढिएको
  • फिलिपिन्समा आँधीबाट करिब २०८ जनाको मृत्यु, ४ लाख मानिस प्रभावित

    दिल्ली,पुष ५ गते –  फिलिपिन्समा शक्तिशाली आँधीबाट मृत्युको हुनेको संख्या करिब २०८ पुगेको छ। करिब ४ लाख मानिस प्रभावित भएको भारतीय संचारमाध्यमले जनाएका छन्। गत बिहीबार र शुक्रबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि आइतबारदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ।समाचारमा बताइएअनुसार बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कतिपय मानिस वेपत्ता भएको जनाइएको छ। अहिले अधिकारीहरु मृतकको पूर्ण आँकडा संकलनमा व्यस्त छन् । आँधीपछि आएको पहिरो र बाढीका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक संकलन भइरहेको छ। हावाहुरीका कारण धेरै ठाउँमा वि

    • प्रकाशित मितिः पुस ५, २०७८
    • १५० पटक पढिएको
  • आठ तल्ले भवनमा आगो लाग्दा २७ जनाको मृत्यु

    टोक्यो,पुष २ गते  जापानको ओसाकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा परी २८ घाइते भएका छन् ।उद्दार कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने माइनीची सिन्बुनमा समाचार छ  । ओसाकाको आठ तल्ले भवनमा शुक्रबार आगलागी भएको हो । भवनको चौथो तल्लामा रहेको मेडिकल क्लिनिकबाट आगो लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जापान प्रहरीलाई उदृत गर्दै समाचार छापिएको छ 

    • प्रकाशित मितिः पुस २, २०७८
    • १४३ पटक पढिएको
  • कुपोषणका कारण १७ लाख बालबालिकाको मृत्यु

    इस्लामबाद,पुष २ गते – कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताए।पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलाई उद्धृत गरी उल्लेख गरेको छ।  मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण सूक्ष्म पोषक तत्व जिंकको अपर्याप्तता हुने गरेको स्वीकार गरे। बुधबार ‘जिङ्क गहुँको प्रयोगमार्फत् जिंकको कमीलाई सम्

    • प्रकाशित मितिः पुस २, २०७८
    • १६४ पटक पढिएको
  • हङकङको सपिङ सेन्टरमा भीषण आगलागी, करिब ३ सय बढि मानिस भित्रै फसे

    हङकङ,मंसिर २९ गते – हङकङको सपिङ सेन्टरमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिस भित्रै फसेका छन् । बुधबार वल्र्ड ट्रेड सेन्टर भवनमा भीषण आगलागी हुँदा ३ सयभन्दा बढि मानिसहरु भवनको छतमा फसेका हुन् ।आगलागी ३८ तले भवनमा भएको हो । सो आगलागी मध्यान्ह १२स्२७ बजे भएको हो। विद्युतीय तार सर्ट हुँदा आगलागी भएको हुनसक्ने साउथ चाइना मर्निङ पोष्टले जनएको छ । सो भवनमा फसेकाहरुको उद्धार कार्य जारी रहेको र हालसम्म करिब १५० को उद्धार गरिएको जनाइएको छ । आगलागीबाट चारजना घाइते भएको बताइएको छ ।घटनाको विस्तृत विवरण भने आउन बाँकी छ 

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • १४० पटक पढिएको
  • इन्डोनेसियामा शक्तिशाली भूकम्प

    जाकार्ता,मंसिर २८ गते – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान इन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्प गएको हो। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार १८.५ किलोमिटर गहिराईमा केन्द्रविन्दू भई भूकम्प गएको हो।हालसम्म क्षतिको विवरण आइसकेको छैन। यद्यपि आँधीको चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • १४० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२