X Sharama Funecure

अन्तर्राष्ट्रिय

    Showing ५१-६० of १३२ items.
  • विवाहको ‘हल्दी’ गर्न जाँदा इनारमा खसेर १३ जना महिला र बालिकाको मृत्यु

    भारत,फागुन ५ गते –  उत्तर प्रदेशको कुशीनगरमा बुधबार राति एक विवाहको दौरान १३ जना महिला तथा बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बालिका रहेका छन् ।गाउँमा विवाहको ‘हल्दी’ को परम्पराका दौरान इनारको माथि जालीमा बसेर पूजा गरिरहेका थिए । त्यतिबेला जाली टुटेपछि यो घटना भएको भारतीय मिडियाहरुले जनाएका छन् । महिलाहरु चिच्याएको आवाज सनेपछि स्थानीय घटना स्थलमा पुगेर उनीहरूको उद्धार गरेका थिए । उनीहरूलाई अस्पताल पुर्‍याउँदा १३ जनालाई मृत घोषित गरिएको थियो । सबैको मृत्यु डुबेर भएको बताइएको छ । घटनामा मृत्यु हुने बालिकाहरूको उमेर ५ देखि १५ वर्षको रहेको छ ।कुशीनगरको नेबुआ नौरगिंगा थाना क्षेत्र

    • प्रकाशित मितिः फागुन ५, २०७८
    • ५८६ पटक पढिएको
  • महाभारतका 'भीम' प्रवीण कुमारको निधन

    नयाँ दिल्ली,माघ २५ गते – भारतको दूरदर्शन च्यानलबाट प्रसारित बीआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार सोबतीको निधनको भएको छ । उनको ७४ वर्षको उमेरमा निधन भएको हो। उनको आजै पंजाबी बागस्थित श्मशान घाटमा अन्त्येष्टि गरिनेछ।महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवड चलचित्रमा पनि अभिनय गरेका थिए । भीमजस्तो शक्तिशाली पात्र निभाएर चर्चित बनेका प्रवीणले जीवनको अन्तिम दिनसम्म पैसा र पहिचानका लागि संघर्ष गरे। उनी अभिनयका साथसाथै खेलकुदमा पनि उत्तिकै पोख्त थिए। महाभारत सिरियलमा आउनुअघि प्रवीण एक उत्कृष्ट खेलाडी थिए । उनी ह्यामर र डिस्कस थ्रो र डिस्कस थ्रोमा एसियाका न

    • प्रकाशित मितिः माघ २५, २०७८
    • २०० पटक पढिएको
  • बिहारमा मदिरा बन्द गर्न सरकारको नयाँ आदेश, शिक्षक किन आक्रोशितरु

    नयाँ दिल्ली,माघ २५ गते –  बिहारमा मदिरा निषेधको कानून भए पनि विषाक्त रक्सी पिएर मर्ने क्रम जारी छ। अहिले बिहार सरकारले रक्सी सेवन तथा बेचबिखन नियन्त्रण गर्न नयाँ नियम घोषणा गरेको छ।बिहार शिक्षा विभागको नयाँ निर्देशनमा शिक्षकहरूले निषेध विभागको मोबाइल नम्बरमा गोप्य रूपमा रक्सी पिउने वा बेच्नेहरूको जानकारी दिने र सो जानकारी गोप्य राखिने कुरा उल्लेख छ। विद्यालयका सबै शिक्षकले आफ्ना वरपर मदिरा सेवन गर्ने र बेच्नेबारे सरकारी अधिकारीलाई जानकारी गराउने सरकारी पत्रमा उल्लेख छ। यसका लागि फोन नम्बर पनि जारी गरिएको छ। यो कुराले बिहारका शिक्षक आक्रोशित भएका छन्। उनीहरूले बिहारका धेरै ठाउँमा विरोध प्र

    • प्रकाशित मितिः माघ २५, २०७८
    • १६५ पटक पढिएको
  • भारतीय गायिका लता मंगेशकरको निधन

    नयाँ दिल्ली,माघ २३ गते –  भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। स्वर कोकिला भनेर चिनिने चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।कोभिडबाट संक्रमित भएपछि उनलाई यसै वर्ष जनवरीको सुरुमा अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनी केही हप्तादेखि आईसीयूमा थिइन्।  लता मंगेशकरले भारतमा फिल्म संगीतलाई नयाँ परिभाषा दिएकी थिइन्। लता मंगेशकरलाई भारतको ‘सुर कोकिला’ भनिन्छ । उनको फिल्मी संगीत जीवन आधा शताब्दीभन्दा बढी लामो थियो। सो समयमा उनले ३६ भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइन्। लता मंगेशकर भारतको सबैभन्दा प्रसिद्ध गायिका थिइन्। बलिउडका ह

    • प्रकाशित मितिः माघ २३, २०७८
    • १४३ पटक पढिएको
  • अमेरिकाले युरोपमा थप २ हजार सैनिक खटाउने

    काठमाडौं,माघ २० गते – युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा पहिलेदेखि नै तैनाथ एक हजार सैनिकलाई रोमानिया तैनाथ गरिने बीबीसीले जनाएको छ । युरोप पठाइने अमेरिकी सैनिक युद्धमा सामेल हुने छैनन् । यी सैनिकहरु अमेरिकाको सहयोगी देशको रक्षाका लागि हुन् । यसअघि अमेरिकाले साढे आठ हजार सैनिकलाई उच्च सतर

    • प्रकाशित मितिः माघ २०, २०७८
    • १४६ पटक पढिएको
  • बंगलादेशमा सेना अधिकारीको हत्यामा संलग्न दुई प्रहरीलाई मृत्युदण्ड

    ढाका,माघ १८ गते –  बंगलादेशका सेनाका सेवानिबृत्त अधिकारी ९मेजर० को हत्यामा संलग्न भएको आरोमा दुई प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बंगलादेशको जिल्ला अदालतले आरोपित दुई प्रहरी अधिकारी प्रदिप कुमार दास र लियकात अलिलाई मृत्युदण्डको सजाय सुनाएको हो । सेनाका पूर्वमेजर सिन्हा मोहम्मद रशिदको दक्षिणपूर्वी बंगलादेशको कक्स बजारनजिकै सन् २०२० जुलाई ३१ मा हत्या भएको थियो । नेचर डकुमेन्ट्री बनाइरहेका सेवानिबृत्त रशिदमाथि दास र अन्य प्रहरी जवानले अन्धाधुन्ध गोली हानी हत्या गरेको आरोप लागेको थियो । आरोपित प्रहरी अधिकारी दास र अलिलाई त्यहाँको जिल्ला अदालतले दोषी ठहर गर्दै दुवैलाई

    • प्रकाशित मितिः माघ १८, २०७८
    • १२८ पटक पढिएको
  • यमनमा एक वर्षमा दुई हजार बालबालिका मारिएको दाबी

    मारिब,माघ १७ गते –  संयुक्त राष्ट्रसंघ ९युएन०ले एक वर्षको अवधिमा करिब २ हजार यमनी बालबालिका मारिएको दाबी गरेको छ । हुथि विद्रोहीले आफ्नो समूहमा भर्ती गरेका ती बालबालिका एक वर्षको अवधिमा मारिएको दाबी संघको नयाँ रिपोर्टले गरेको हो । शनिबार साँझ सार्बजनिक युएनको नयाँ रिपोर्टअनुसार यमनको हुथी विद्रोहीले आफ्नो समूहमा भर्ती गराएका करिब २ हजार यमनी बालबालिका लडाइमा मारिएका छन् ।सन् २०२० जनवरीदेखि सन् २०२१ मे महिनासम्म सो संख्यामा ती बालबालिका मारिएका हुन् । हुथी विद्रोहीले यमनका विभिन्न विद्यालय र विभिन्न ग्रामिण भेगका बालबालिकालाई आफ्नो सिद्धान्त सिकाउँदै आफ्नो समूहमा भर्ना गराएको युएनले उल्लेख

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १५० पटक पढिएको
  • विद्रोहिको आक्रमणमा १० पाकिस्तानी सैनिकको मृत्यु

    ईस्लामावाद,माघ १४ गते –  विद्रोहिको आक्रमणमा परेर १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परि दश सैनिकको मृत्यु भएको हो। सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो। पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातिय समूह बलुच विद्रोहिले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ। गएको मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिसतानी सेनाले जानकारी दिएको बताइएको छ। प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ। घटनाको जिम्मेवारी

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १८६ पटक पढिएको
  • टाटाले लियो एयर इन्डिया

    नयाँ दिल्ली,माघ १४ गते  — भारतीय ध्वजावाहक विमान सेवा कम्पनी एयर इन्डिया टाटा ग्रुपको स्वामित्वमा पुगेको छ । केन्द्र सरकारले बिहीबार एयर इन्डियाको स्वामित्व भारतको ठूलो औद्योगिक घराना टाटा ग्रुपलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । करिब ६९ वर्षपछि एयर इन्डियाको स्वामित्व पुनः टाटाको हातमा पुगेको हो । सरकारले ७० हजार करोड घाटामा सञ्चालन भइरहेको एयर इन्डियालाई निजीकरण गर्ने फैसला गरेको थियो । त्यसअनुसार गत अक्टोबरमा शतप्रतिशत सेयर टाटालाई बेचेको थियो । र, त्यसको आधिकारिक हस्तान्तरण २७ जनवरीमा गरिएको हो । भारतको विनिवेश विभागले सोशल मिडियामार्फत् एयर इन्डिया कम्पनीको हस्तान्तरण प्रक्रिया पू

    • प्रकाशित मितिः माघ १४, २०७८
    • १५९ पटक पढिएको
  • पाकिस्तानमा पत्रकार हत्याको विरोधमा देशव्यापी प्रदर्शन

    लाहोर,माघ १३ गते – चर्चित पाकिस्तानी पत्रकार हसनेइन साह हत्याको विरोधमा विभिन्न निकायहरुले देशव्यापी प्रदर्शन गर्दैछन् । साहको हत्याको सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको माग गर्दै त्यहाँका विभिन्न निकायहरुले बिहीबार देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । पाकिस्तान न्युजपेपर एडिटर्स काउन्सिल, पाकिस्तान फेडरल युनियन अफ जर्नालिस्ट लगायत विभिन्न संघसंस्थाका अधिकारीहरुले पत्रकार साहको हत्याको विरोधमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीहरुले हत्याराको खोजी र कारबाहीसँगै पत्रकारको सुरक्षाको माग समेत गरेका छन् ।  पत्रकार साह निजी टेलिभिजन च्यानलका क्राइम रिपोर्टर हुन् । गएको सोमबार लाहोर प्रेस क्लब

    • प्रकाशित मितिः माघ १३, २०७८
    • १५२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२