मारिब,माघ १७ गते –  संयुक्त राष्ट्रसंघ ९युएन०ले एक वर्षको अवधिमा करिब २ हजार यमनी बालबालिका मारिएको दाबी गरेको छ ।

हुथि विद्रोहीले आफ्नो समूहमा भर्ती गरेका ती बालबालिका एक वर्षको अवधिमा मारिएको दाबी संघको नयाँ रिपोर्टले गरेको हो । शनिबार साँझ सार्बजनिक युएनको नयाँ रिपोर्टअनुसार यमनको हुथी विद्रोहीले आफ्नो समूहमा भर्ती गराएका करिब २ हजार यमनी बालबालिका लडाइमा मारिएका छन् ।

सन् २०२० जनवरीदेखि सन् २०२१ मे महिनासम्म सो संख्यामा ती बालबालिका मारिएका हुन् । हुथी विद्रोहीले यमनका विभिन्न विद्यालय र विभिन्न ग्रामिण भेगका बालबालिकालाई आफ्नो सिद्धान्त सिकाउँदै आफ्नो समूहमा भर्ना गराएको युएनले उल्लेख गरेको छ