जनकपुर,बैशाख २२ गते । धनुषाको कमला नगरपालिमा उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वाडा नं. १ का नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको हो ।राती घरमै रहेको बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा रहेका व्यक्तिहरु धारीलो हतीयार प्रहार गरि गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।आक्रमणमा संलग्न व्यक्तिहरु जसपाको रहेको उनको आरोप छ । उनले घटनामा संलग्न व्यक्तिहरुलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।घाइते यादवको उप
काठमाडौं,बैशाख ११ गते । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डा.डिम्पल कुमारी झाको निधन भएको छ ।क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी जनाउनु भयो ।‘करिब डेढरदुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको लगातार उपचार भइरहेको थियो । पछिल्लो समय भने डाक्टरहरुकै सल्लाहमा घरमै राखेर रेखदेख भइरहेको थियो ।डा.झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।
काठमाण्डौ, चैत्र २५ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १४औँ वार्षिक साधारणसभाले ले कम्पनीका शेयरधनीलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रतिशेयर रु २० (बीस) का दरले नगद लाभांश वितरण गर्ने भएको छ।कम्पनीको बिहीवार सम्पन्न १४औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को मुनाफा रकममध्येबाट कम्पनीका शेयरधनीहरुलाई नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पूँजी रु १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको जनाएको छ। १४ औँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम विहिवार (२०७८ चैत २४ गते) देखि शेयरधनीलाई वितरण गर
काठमाण्डौ चैत्र २५ गते । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनलाई बढार्नुपर्ने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउन अब पाँचदलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे।‘देशको अर्थतन्त्र बचाउन, देशी विदेशी प्रतिक्रियावादीहरूको चलखेल हुनबाट जोगाउन र समृद्धिको लक्ष्य प्राप्त गर्न यो अपवित्र गठबन्धनलाई बढार्नुपर्छ। एमालेलाई जिताउनुपर्छ। यही सन्देश लिएर जनतामाझ जानुहोस्,’ उनले अगुव
सिरहा चैत्र २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले धेरै मेहनत एवम् बलिदानीपछिआएको संघीयतालाई जोगाउन आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीलाई हार्ने छुट नभएको वताउनुभयो । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमा सहितको प्रवेशद्वार उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दहालले निकै कठिनाई पश्चात् गाउँ गाउँ र टोलटोलसम्म आएकोस्थानीय तहको सिंहदरवारलाई पुनः काठमाडौंमै केन्द्रित गर्ने केही थरीहरुले प्रयास गरिरहेकोले गाउँघरमै सिंहदरवार राखिरहन अबको चुनावमा माओवादी जित्नुको विकल्प नरहेको उल्लेख गर्नुभय
सिरहा,चैत्र ९ गते । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउँन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आग्रह गरेका हुन् ।तोकिएको म्याद अर्थात् चैत महिनाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही हुने पनि सीडीओे कवारीले सचेत गराएका छन् । सिरहामा व्यक्तिगत रुपमा इजाजत लिइ राखेका जम्मा तीन सय दुई वटा हातहतियार रहेको सिडिओ कवारीले उल्लेख गर्नुख भयो ।
कपिलवस्तु,चैत्र ९ गते । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने दावी गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका(५ चन्द्रौटामा सशस्त्र प्रहरी प्रदेश हेड क्वाटर ९ सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय) को उद्घाटन गर्दै निर्वाचनमा भाग लिन सबै दललाई अनुरोध गरेका हुन् । उनले विप्लवप्रति इंगित गर्दै निर्वाचनप्रति कुनै शंका नगर्न र निर्वाचनमा भाग लिन आग्रह गरे । गृहमन्त्री खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा सुशासन तथा शान्ति व्यवस्था कायम गर्न सफल भएको दावी पनि गरे । देशको सुरक्षाको लागि सशस्त्र प्रहरीको मेहनत उत्कृष्ट रहेको ज
काठमाडौं,चैत्र ९ गते। यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएकोले देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने विभागले जनाउनु भयो । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो
सप्तरी,चैत्र ९ गते । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकास्थित टेङ्गरीका अग्निपीडितहरूलाई सांसद डा.सूर्यनारायण यादवले राहत स्वरुप ग्यास सिलिन्डर र चुलोसहितको सेट दिएका छन् । फागुन २८ मा भएको आगलागीबाट ११ परिवारको सबै सम्पत्ति जलेर नष्ट भएको थियो ।डा.यादवले भने, झविपदको बेला सबैको ध्यान खाद्यन्नमा मात्रै हुन्छ । दिएको खाद्यन्न कसरी र कहाँ पकाउने ध्यान हुँदैन । यही कारण खाना पकाउने सबै सेट दिएका हुँ । अग्नीपीडित सत्यनारायण यादवले ग्यास चुलो पाप्त भएसँगै सुत्केरी, बालबालिका, बिरामी तथा वृद्धवृद्धालाई सहज भएको बताए ।आगलागीबाट डम्बर यादव, दिनेश यादव, फुलदेव यादव, श्याम यादव, भोला या
जनकपुर,चैत्र ९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको ‘रेल्वे अध्यादेश’ अनुसार दुर्घटनापछि घाइते र मृतकका परिवारजनलाई १ लाखदेखि ७ लाखसम्मको राहत र क्षतिपूर्ति उल्लेख गरेर रेल सञ्चालन गर्ने भएको छ । रेल दुर्घटनामा कुनै व्यक्तिलाई हानी कुनै किसिमको हानी वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएमा मृतकको नजिकका हकवालालाई राहत तथा क्षतिपूर्ति दिने गरी रेल्वे अध्यादेश जारी गरिएको हो।रेलका कुनै यात्री वा अन्य व्यक्तिलाई चोटपटक लागेकोमा चोटपटकको स्थिति हेरेर औषधि उपचार खर्चबापत १ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने अध्यादेशमा उल्लेख छ । ‘कुनै व्यक्ति अङ्गभङ्ग भई
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.