सिरहा,पुस ४ गते । बाक्लो कुहिरोसँगै आजदेखि तराई–मधेश क्षेत्र तथा सिरहा जिल्लामा शितलहर शुरु भएको छ । शितलहर सुरु भएसँगै चिसो अत्यधिक बढेको छ, जसका कारण सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ । चिसो बढेसँगै घरबाहिर हिडडुल गर्ने मानिसहरूको संख्यामा कमी आएको छ ।आज बिहानदेखि बाक्लो कुहिरो लागेको छ । कुहिरोका कारण दृश्यता कम हुँदा सवारी साधन सञ्चालनमा समेत समस्या देखिएको छ । चिसोबाट बच्न गाउँघरदेखि शहरसम्म मानिसहरूले आगो (घुरा) बालेर सहारा लिने गरेका छन् । यसले गर्दा चोक–चौराहा तथा टोलटोलमा मानिसहरूको चहलपहल निक्कै पात्लिएको देखिन्छ ।हिजो बिहीबारसम्म सिरहा लगायतका जिल्लाहरूमा घाम राम्ररी लागेको भए पन
सिरहा, पौस ३ गते ।मधेश प्रदेश सभाका माननीय सांसद जिवछि यादवले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै जिम्मेवार, मर्यादित र निष्पक्ष पत्रकारिता प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।उहाँले मिडिया काउन्सिलको द्वारा आयोजित सिरहाको लहानमा सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सञ्चारमाध्यम लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । सिरहा र सप्तरीका सञ्चारकर्मीहरूको सहभागिता रहेका अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सञ्चारमाध्यमले भोगिरहेका आर्थिक समस्या, पत्रकार सुरक्षाका चुनौती तथा डिजिटल मिडियाको प्रभावबारे धारणा राखेका थिए । उनीहरूले स्थानीय सञ्चारमाध्यमलाई सश
सिरहा,मंसिर २६ गते । आफनो कलासांस्कृतिलाई जगेर्ना गर्न सप्तरीको सुरुङ्गा नगरपालिका–३, श्रीपुरमा दनुवार समुदायको महत्वपूर्ण राष्ट्रिय पर्व नेमान (न्वाङ्गि) एक विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न भएको छ । कृषि चक्रसँग प्रत्यक्ष सम्बन्धित यो पर्व दनुवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ । खेतीपातीको मुख्य समयमा मनाइने नेमान पर्वअन्तर्गत धानको वेर्ना लगाइने, नयाँ वाली घरभित्र्याई कुलदेवतामा चढाइने र त्यसपछि मात्र परिवार तथा समुदायका सदस्यहरूले ग्रहण गर्ने परम्परा रहिआएको छ । यसरी पहिलो अन्न देवतामा अर्पण गरेर वर्षभरि सुख–समृद्धि र राम्रो उत्पादनको कामना गरिन्छ ।कार्यक्रममा शुभकामन
सिरहा,मंसिर २४ गते । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन सिरहाले प्रादेशिक अस्पताल लहानमा उपचाररत बिरामीहरूलाई फलफूल र पौष्टिक आहार वितरण गरेको छ ।मानव अधिकार, मानवीय मूल्य र स्वास्थ्यको महत्वलाई जोड दिदै अस्पतालमा उपचाररत ६० जना बिरामीहरूलाई फलफूल र पौष्टिक आहार वितरण गरिएको हो । ईलाका प्रशासन कार्यालय लहान, सिरहाका कार्यालय प्रमुख वेदनिधि खनालले फलफूल र पौष्टिक आहार वितरण गर्दैै यस किसिमको पहल स्वास्थ्य र मानव अधिकार संरक्षणको दृष्टिले प्रशंसनीय भएको बताउनु भयो ।नेपाल मानव अधिकार संगठन, मधेश प्रदेशका संयोजक विमल ठाकुरका अनुसार यस्तो सामाजिक कार्य
सिरहा,मंसिर ७ गते । हलुवाई समाज नेपालको सिरहाको धनगढीमाई नगरपालिकामा प्रथम अबिधेशन सम्पन्न भएको छ ।सिरहाको जिरोमाईलमा शनिबार भएको नगर स्तरीय अबिधेशनबाट नगरकमिटी अध्यक्षमा सन्तोष कुमार साह,सचिवका श्याम सुन्दर साह र कोषाध्यक्षमा दुर्गी देबी साह सहित १९ सदस्यीय समिति र २ जनालाई सल्लाहकारमा चयन गइएको छ ।हुलाई समाज नेपालको मधेश प्रदेश अध्यक्ष राम शंकर साहको प्रमुख अतिथ्य तथा श्याम सुन्दर साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमा केन्द्रीय सल्लाहकार राजेन्द्र प्रसाद साह,प्रदेश उपाध्यक्ष दिपेन्द्र साह,सचिब लक्ष्मण साह, जिल्ला अध्यक्ष भरत प्रसाद साह लगायतका स्वजातीयहरुको उल्लेखनिय उपस्थिती रहे
सिरहा, मंसिर २ गते । विश्व शौचालय दिवस (१९ नोभेम्बर २०२५) को अवसर पारेर लहान नगरपालिकाले “घरघरको शान, स्वच्छता” अभियान औपचारिक रूपमा शुभारम्भ गरेको छ । सरसफाइ तथा सार्वजनिक स्वास्थ्य सुधारलाई केन्द्रमा राख्दै सुरु गरिएको यो अभियान नगरभरी प्रभावकारी जनसहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।लहान नगरपालिकाले सन् २०१७ मै ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गरिसकेको भए पनि हालै सम्पन्न गरिएको सरसफाइ अवस्था विश्लेषण २०२५, सामाजिक नक्सांकन २०२५, तथा घरधुरी सर्वेक्षणले नगरको सरसफाइ स्थितिमा पुनः चुनौती देखा परेको तथ्य उजागर गरेको छ । सर्वेक्षण अनुसार
जनकपुरधाम, कात्तिक २७ गते । धनुषामा सुनचाँदीका गरगहना लुटपाट गरी महिलाको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।धनुषाको हंसपुर नगरपालिका–७ नुवाखोर टोलकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा सोही टोलकी बिहारी मण्डलकी ४५ वर्षीया श्रीमती पवित्रा देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चन्द्रकला देवी दास यही कात्तिक २४ गते ९सोमबार० राति ९ बजे आफ्नै घरबाट पाँच सय मिटरको दूरीमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।प्रहरीले अनुसन्धानका क्रममा आरोपी पवित्रा देवी मण्डलले मृतकको साथबाट सुनचाँदीका गरगहना लुटेको पत
सिरहा , कार्तिक २३ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई प्रशासनिक कामकाजको लागि अनिवार्य गरेपछि जिल्ला जिल्ला प्रशासन कार्यालय सिरहामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहिको अचाक्ली भिड लागेको छ । सरकारले वृद्ध भत्ता,पेन्सन निकाल्ने र जग्गा रजिष्ट्रेशन लगायत विभिन्न प्रशासनिक काम काजमा राष्ट्रिय पत्र अनिवार्य गरे पछि परिचय पत्र बनाउनेहरुको भिड लागेको हो ।सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै परिचय पत्रको काम विहान सात बजेदेखि दिउँसो पाँच बजेसम्म गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।अहिले दैनिक रुपमा करिव चार सयको हाराहारीमा कार्यालयबाट परिचय पत्र वितरण
सिरहा,कार्तिक २० गते । थारू समुदायले सिरहा लगायत तराई मधेशमा आज सामाचकेवा पर्व सम्पन्न भएको छ । दाजुभाइ–दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व कात्र्तिक शुक्ल द्वितिया अर्थात् भाइटीकाको दिनदेखि सुरु गरीे आज सम्पन्न भएको छ । सिरहाका थारु महिला दिदीवहिनीले माटो मुछेर बनाइएका सामाचकेवा, चुगला, वृन्दावन, सतभईयाँ,भमरा आकृति पाल्कीमा राखी दुल्हीझै श्रृीगारी नगर परिक्रमा संगै नाचगान गर्दै पोखरी, तलाउ तथा नदीमा सेलाई समाचकेवा समापन गरेका छन् ।यो पर्व थारूलगायत मिथिलाका अन्य समुदायका दिदीबहिनीले पनि उल्लासका साथ मनाउँदै आएका छन् भने मधेशी समुदायका महिला दिदीवहिनीहरुले पूर्णिमाको
सिरहा,कार्तिक १७ गते । दिदीवहिनी र दाजुभाई बीचको प्रेमको प्रतीकका रूपमा मनाईने सामा चकेवा पर्व सिरहा लगायत तराई मधेशका गाउँ गाउँमा मनाउदै छन् ।यस पर्वमा कलात्मक मूर्ति समा, चकेवा, सत भैयाँ, चुगला (चापलुसी गर्ने व्यक्ति) चरा लगायतका माटोको प्रतिमा बनाई दियो बालेर आंगन तथा चौक वा टोल गल्ली सडकमा गएर प्रत्येक साँझ देखि मध्यरात सम्म खेल्ने गरेको छ ।सामा चकेवा पर्व सामा र चकेवा लगायत माटोले बनाएका प्रतिमालाई मण्डपमा राखि थारु समुदायका महिला दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसा संगै आशिष दिँदै सामा गीत गाउँदै पर्व मनाई रहेका छन् ।काँचो माटोले बनाएको मुर्तीहरुलाई दुलही झै सजा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.