सिरहा,माघ ७ गते । आसन्न निर्वाचनमा सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रका लागि विभिन्न पार्टी तथा स्वतन्त्र गरी पूर्व दश मन्त्री सहित एक सय ३७ जनाले चुनावी प्रतिस्पर्धा गर्दैछ । जसमध्ये निर्वाचन क्षेत्र ४ मा मात्रै पाँच जना पूर्व मन्त्रीहरु रहेका छन् ।
युवा देखि पूर्व मन्त्रीसम्मको चुनावी प्रतिस्पर्धाले सिरहामा रौनकता ल्याएको छ । आ आफ्नो तुल ब्यानर लिएर नेता कार्यकर्ताहरुको गाउँ गाउँमा बाक्लो उपस्थिति देखिन्छ भने विभिन्न खालको तुल, ब्यानर झण्डाले गाउँहरु रंगिएका छन् ।
सिरहा क्षेत्र नं। १ का अन्तरिम सरकारका मन्त्री बनेका बब्लु गुप्ता रास्वबाट चुनावी मैदानमा उत्रेको छ भने सामान्य प्रशासन मन्त्री बनेका रामचन्द्र यादव नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र ३ मा कानुन मन्त्री बनेका लीलानाथ श्रेष्ठ नेकपा एमालेबाट र शान्ति तथा पुनःनिर्माण मन्त्री नेपाली कम्युनिष्ट पार्टीबाट रामचन्द्र यादव यसपालि चुनावी मैदानामा होमिएका हुन् ।
त्यस्तै निर्वाचन क्षेत्र नंं।४ मा कानुन मन्त्री बनेका अजय शंकर नायक नेपाली कम्युनिष्ट पार्टीबाट चुनावी प्रतिस्पर्धा गर्दैछन् भने सामान्य प्रशासन मन्त्री बेनेका धर्मनाथ साह नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका हुन् । त्यसैगरी विज्ञान तथा प्रविधि मन्त्री बनेका विशेन्दर पासवान बहुजन शक्ति पार्टीबाट चुनावी मैदानमा छन् भने यस अघि जनता समाजवादी पार्टीबाट चुनाव लडेर वन तथा वातावरण मन्त्री बनेका विरेन्द्र महतो यसपालि जनमत पार्टीमा प्रवेश गरेर चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
युवा तथा पूर्व मन्त्रीहरुले मनोनयन दर्ताको क्रममा आफूहरुको स्थान सुरक्षित रहने प्रतिक्रिया दिनुभएको छ ।
सात लाख ३९ हजार ९ सय ५३ जनसंख्या रहेको सिरहामा मतदाता संख्या भने चार लाख ५३ हजार ६ सय ४५ रहेको निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।



















