X Sharama Funecure

All Posts By अनुभक्त चौधरी

    Showing ४७१-४८० of ८९२ items.
  • ४ सय ५ जना सीअनमी पाँचौँ तहमा बढुवा

    काठमाण्डौ,पुस १४ गते । देशभरका स्वास्थ्य सेवामा रहेका चार सय ५ जना नर्सिङ कर्मचारीको बढुवा गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी ४ सय ५ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जानकारी दिएको हो ।स्वास्थ्य सेवा विभागले सूचना जारी गरी  २०७९  साल असार महिनामा दर्ता भई कैफियत रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौँ तहमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । राते पाटी बाट 

    • प्रकाशित मितिः पुस १४, २०७९
    • १४० पटक पढिएको
  • विश्वासको मत पछाडि मन्त्रिमण्डल विस्तार हुने: गृहमन्त्री लामिछाने

    काठमाण्डौ,पुस १४ गते ।सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ । बिहीबार बालुवाटारमा बसेको सत्ता साझेदार चार दलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रम तय भएपछि धेरै कुराको तय हुने भएकाले प्याकेजमा सहमति गर्दा मन्त्रिमण्डल विस्तार पनि विश्वासको मत पाएपछि हुनसक्ने गृहमन्त्री रवि लामिछानेले बताए । साथै मन्त्रिमण्डल विस्तार गर्दा पनि क्षमताका आधारमा मात्रै गर्न दलहरु सहमत भएका छन् । ‘मन्त्रिमण्डल विस्तार गर्दा क्षमताका आधारमा मात्रै गर्नेमा छलफल भएको छ’,मन्त्री लामिछानेको भनाइ छ ।‘पछाडि या अगाडि भन्ने कुरा होइन की हामीले मन्त्रिमण्डल विस्तार गर्दा विषयविज्ञहरु भए

    • प्रकाशित मितिः पुस १४, २०७९
    • १३९ पटक पढिएको
  • जसपा : राई उम्मेदवारी न दिदा संसदीय नेतामा रामसहाय निर्विरोध

    काठमाण्डौ,पुस १३ गते ।जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् ।संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ ।एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् ।अनलाईन खवर बाट 

    • प्रकाशित मितिः पुस १३, २०७९
    • १२३ पटक पढिएको
  • गाउँपालिकामा भएको मोटरसाईकल चोरी आरोपमा दुई पक्राउ

    झापा , पुस १२ गते । झापाको झापा गाउँपालिकामा चोरी भएको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ५ का २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घरभई हाल हाल झापा गाउँपालिका ६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत ६ गते राती झापा गाउँपालिका ५ बस्ने सुर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसिको प्र १०११२ प ८०५० नम्बरको पल्सर घरकै बरण्डाबाट हराएको थियो । मोटरसाईकल चोरी भएको हप्तादिन पछी भारतमा लगेर बेचेको मोटरसाइकल सहित चोरीको आरोपमा दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो । शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सह

    • प्रकाशित मितिः पुस १३, २०७९
    • ११० पटक पढिएको
  • जसपा संसदीय दलको निर्वाचनको लागि मनोनयन दर्ता १२ बजेसम्म

    काठमाडौँ, पुस १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो । जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिसकेको छ । जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आउनुभएको छ । बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । त्यसअघि नै नेता राईको नाममा सहमति हुने सम

    • प्रकाशित मितिः पुस १३, २०७९
    • १३० पटक पढिएको
  • सर्लाहीमा तापक्रम नौ डिग्री सेल्सियसमा झरे जनजीवन कष्टकर

    सर्लाही, पुस १३ गते । सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११ र १२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो । सर्लाहीमा बुधबार दिनभर बाक्लो हुस्सु लागेर शित झरेका कारण जिल्लावासीले अत्यधिक चिसो महशुस गरे । कठ्याङग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् ।शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिए

    • प्रकाशित मितिः पुस १३, २०७९
    • १३१ पटक पढिएको
  • मधेश प्रदेशमा कांग्रेसले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका आज प्रकाशन गर्ने

    काठमाण्डौ,पुस १३ गते । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । तीनजना दलको नेताको दाबी नछाडेपछि निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् ।दलको नेता चयन गर्न कांग्रेसले गत पुस ७ गते प्रदेश उपसभापति चन्द्रशेखर कुमार यादव ज्युको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो ।निर्वाचन समितिले सर्वसहमतिको प्रयासबाट दलको नेता चयन नभएपछि निर्वाचन प्रकृया अघि बढाएको कांग्रेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए

    • प्रकाशित मितिः पुस १३, २०७९
    • १३८ पटक पढिएको
  • प्रम प्रचण्ड : नेकपा एस र जसपा अध्यक्ष यादवसँग भेटवार्ता गरे

    काठमाण्डौ,पुस १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । यसका लागि प्रचण्डले आज एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको स्रोतले बतायो ।आफूहरुसँगको गबठन्धन तोडेर एमालेसँग गठबन्धन गरेर प्रचण्डले सरकारको नेतृत्व लिएको भन्दै एकीकृत समाजवादी असन्तुष्ट छ । अध्यक्ष नेपालले प्रचण्डले धोका दिएको अभिव्यक्ति सार्वजनिक रुपमै दिंदै आए

    • प्रकाशित मितिः पुस १३, २०७९
    • १३१ पटक पढिएको
  • धनुषा : फिरौती माग्ने चन्हा खजुरीका मण्डल पक्राउ

    धनुषा, पुस १२ गते । मधेस प्रदेश प्रहरीले १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेका छन् । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीलले रोशन कन्सट्रक्सनमा काम गर्ने राज कुमार साहसँग १० लाख फिरौती रकम माग गर्दै आएका एक युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनुषा जनकनन्दनी गाउँपालिका चन्हा खजुरीका अन्दाजी २५ वर्षीय कमल मण्डल रहेका अनुसन्धान अधिकृत उमाशंकर साहले जनाएका छन् ।निरिक्षक साहका अनुसार कन्सट्रक्सनमा काम गर्ने साहसँग १० लाख मागेको नदिए ज्यान मार्ने धम्की दिदैँ आएको थियो ।मण्डललाई विशेष सूचनाका आधारमा घरबाटै हिरासतमा लिइएकोे छ । भने थप अनुसन्धानका लागि मण्डललाई धनुषा जिल्ला प्रहरी क

    • प्रकाशित मितिः पुस १२, २०७९
    • ११३ पटक पढिएको
  • नागरिकता विवादको टुङ्गो नलगाएसम्म रवि लामिछाने विदेशी नागरिक : बास्तोला

    काठमाडौं, पुस १२ गते । नेकपा ९बहुमत०का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादको टुङ्गो नलगाई गृहमन्त्री बनाउनु गलत भएको बताएका छन् । उनले अदालतले अन्तिम टुङ्गो नलगाएसम्म लामिछाने विदेशी नागरिक भएको समेत दाबी गरे ।मंगलबार संवाद डबलीमा आयोजित पार्टी निकट अखिल नेपाल जनसांस्कृति महासंघको विशेष राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बास्तोलाले भने, ‘जो विदेशी नागरिक गृहमन्त्री हुन्छ, अदालतमा मुद्दा हुँदाहुँदै जो गृहमन्त्री भयो, यही व्यवस्थामा पनि अदालतको फैसला नभएसम्म त्यो गर्न पाइँदैन । यसले के देखाउँछ भने यहाँ कुनै नैतिकता छैन । विदेशी नागरिकलाई नेपालको

    • प्रकाशित मितिः पुस १२, २०७९
    • १४३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२