सिरहा,मंसिर २५ गते । जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको विश्व हिन्दु परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए। विश्व जगतमा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रुपमा रहेको प्रचार प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश
काठमाडौं,मंसिर २५ गते। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताए ।सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदव
सिरहा,मंसिर २५ गते । नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम
राजविराज, २४ मंसीर । नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादवले अशोक मण्डल (अमर) ले आफ्नो अध्यक्षतामा समानान्तर एवंम् अबैधानिक जिल्ला कमिटी गठन गरी जिल्लाका पालिकाहरुमा समानान्तर तथा अबैध कमिटीहरु गठन गरेको आरोप लगाउनुभएको छ । जिल्ला अध्यक्ष यादवले शुक्रवार एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीको केन्द्रीय समिति र स्थायी समितिको बैठकबाट गरिएका निर्णय कार्यान्वय गर्न गरिएको परिपत्र बिपरित २०७७ चैत २८ गते मण्डलले आफ्नै अध्यक्षतामा समानान्तर जिल्ला कमिटी र हालै पालिकाहरुमा समानान्तर अबैध कमिटीहरु गठन गरेको आरोप लगाउनुभएको हो । यस्तै पार्टीको प्रद
सिरहा,मंसिर २४ गते । रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पु¥याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पु¥याउँदै आएको छ ।
सिरहा मंसिर २३ गते । सिरहास्थित जिरोमाईल सुखीपुर अन्तर्गत जयपुर नजिक सडक छेउमा बुधबार साँझ बेवारिसे अवस्थामा एक नावालक भेटिएकोे छ । वेवारिसे अवस्थामा फालिएको उक्त वच्चा सडक छेउमा रोइरहेको सुनेपछि बजार भर्न गएका स्थानीय सतरुधन महतोले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । नावालक पाँच दिन अघि कुनै अस्पतालमा जन्म भएको हुन सक्ने प्रत्यक्षदर्शीले आँकलन गरिएको छ । इलाका प्रहरी कार्यालय धनगढीले बच्चालाई लहान अस्पताललाई जिम्मा लगाएको छ । बच्चा कसको र कसले फालेको हो सोको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
सिरहा,मंसिर २२ गते । मलाई बदनाम गर्ने नियतबस विभिन्न सञ्चार माध्यमहरुमा भ्रमक समाचार सम्प्रेशन भएको प्रति गम्भिर ध्यानाकर्षण भएको सिरहा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जनाएको छ । सरकारी वकिल कार्यालयले नगरपालिकाको नाममा जारी गरेको विषयलाई व्यक्तिमा जोडेर बदनियत पूर्वक दलिय प्रभावमा समाचार लेखिएको बताए ।मेयर यादवले जिल्ला वकिल कार्यलयलबाट जारी भएको पक्राउ पूर्जि सञ्चारमाध्यमसम्म पुगेको प्रति पनि खेद व्यक्त गरे । उनले हामीले गरेका कामबाट औडाहा भएकाहरुले नियोजित ढङ्गले बदनाम गर्ने गरी सञ्चार माध्यम पनि प्रयोग गरेको आरोप लगाए ।मेयर यादवले विपक्षिदलले सानो घटनालाई उछाल्नु, घटनालाई
पोखरा,मंसिर २० गते । सिकार खेल्न गएकाबेला गोली लागेर एक यु्वको मृतयु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका(१ थप्रेकमा गोली लागेर आइतबार राति सिकार खेल्न गएकाबेला गोली लागेर स्थानिय १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले पुष्टि गरे ।शुक्लागण्डकीस्थित रतनपुर सामुदायिक वनको तुरतुरे पाखामा सिकार खेल्न गएकोबेला घटना भएको प्रहरीको भनाइ छ । गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए । ‘दुई जना सिकार खेल्न गएका थिए । त्यसैबेला गोली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने ।प्रहरीले प्रारम्भिक
सिरहा,मंसिर २० गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बैज्ञानिक समाजवादको पक्षमा रहेको पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताएको छ । नेकपा माओवादी केन्द्रको प्रथम गोलवजार नगर सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रमुख अतिथिको श्रेष्ठले आफ्नो पार्टी उन्नत, अग्रगामी र गरिव मजदुरहरुको पार्टी रहेको बताएका हुन् ।पुर्व उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत सम्हाली सकेका श्रेष्ठले जनताको संविधानमा प्रदत्त अधिकार प्रत्याभूत गर्ने, गाँस, बास र कपासको ग्यारेन्टी गर्ने एक मात्र पार्टी नेकपा मओवादी केन्द्र भएको दावी गरे ।आफ्नो पार्टी अन्य पार्टी भन्दा फरक रहेक
सिरहा,मंसिर १६ गते । सूचना माग्नु आम नागरिकको अधिकार हो भने सार्वजनिक निकायको सूचना प्रवाह गर्ने दायित्व रहेकोले सूचना प्रवाहको माध्यमलाई छिटो छरितो बनाउन सार्वजनिक निकायलाई राष्ट्रिय सूचना आयोगले आग्रह गरेको छ । आज सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि आयोजित सूचनाको हक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नु हुँदै आयोग प्रमुख रत्न प्रसाद मैनालीले सो कुरा वताउनुभयो । सूचनाको हक सम्बन्धी व्यवस्था संविधानको ऐनले नै व्यवस्था गरिएकाले सार्वजनिक निकायले झन्झट नमानी मागेका सूचनाहरु सम्बन्धित व्यक्ति वा संस्थालाई दिन प्र
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.