सिरहा,पुस १५ गते ।ईलाका प्रहरी कार्यालय धनगढीमा घुस बढे शिर्षकमा विभिन्न मिडियामा प्रकाशित समाचार तथ्य हिन रहेको प्रहरी जवान द्वोयको कथन रहेको छ ।
आम चौकमा दुर्घटना हुदा उक्त गाडी नियन्त्रणमा लिएका थिए । उनका अनुसार हामी प्रहरी जवान द्वोय कुनै किसिमको रकम तथा घुस नलिएको पूर्वाञ्चल एक्सप्रेस अनलाईनलाई बताए ।
हामीहरु घुस लिएको कुनै प्रमण भेटिए कानून वमोजिम कारवाही भोग्न तयार रहेको हामीलाई फसाउन यस्तो षड्यन्त्र रचेको हनु सक्ने बताए ।
उक्त मिडियामा भारतीय गाडी भन्सारमा नबुझाएर धनगढीमाई १३ भरलेनीका राजेन्द्र महतोको २७० नम्बरको मोटरसाईकल ३० हजार लिएर प्रहरी छाडेको भन्ने समाचारमा यस कार्यालयबाट कानून संगत दुबै पक्षलाई मिलापत्र कागज गरी छाडेको बताए । त्यसैगरी पुष १० राती नियन्त्रणमा लिएको अवैद्य काठ सोही राती ९ हजार लिएर धनगढी प्रहरीले छाडेका छन भन्ने लेखिएका छन् तर यो हामी माथि लगाएको आरोप तथ्य हिन रहेको हामी कुनै किसिमको घुस नलिएको बताए ।
धनगढी प्रहरीका रामगोपाल यादव र बैजु महतो (गुमुवा)को सक्रियतामा सो अवैद्य काठ छाडेको स्रोतको दावी रहेपनि सो अवैद्य काठ १२ फिटको ३ वटा रहेको थियो । भन्ने समाचार प्रकाशन भएको छ । यस बारे हामीलाई कुनै जानकारी नरहेको बताए । हामी माथी झुठा आरोप बदनाम गर्न खोजेको बताए ।




















