X Sharama Funecure

All Posts By पूर्वान्चल एक्सप्रेस

    Showing ३८१-३९० of ९०६ items.
  • कर्जन्हा न.पा १ मा पोखरेल प्यानल निर्वाचित

    सिरहा,जेठ १ गते । कर्जन्हा नगरपालिका वार्ड नम्वर १ मा नेकपा एमालेका कासिन्द्र प्रसाद पोखरेल निर्वाचित भएका छन्। उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा निवर्तमान वार्ड अध्यक्ष मोहन वहादुर खत्रीलाई पराजीत गर्दै विजयी भएका हुन्।पोखरेल ३ सय २० मत ल्याएर विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वि खत्रीले २ सय ९५ मत प्राप्त गरेका छन्।पालिकाको मुख्य पदमा नेकपा एमालेका भोला प्रासद पोखरेलले ४ सय ९५, नेकपा माओवादी केन्द्रका गंगा पासमान १ सय ८३ मत र नेकपा एसका प्रभात महतोले १ सय ६२ मत प्राप्त गरेका छन्।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १९० पटक पढिएको
  • मिर्चैया नपा १ मा नेकपा माओवादी केन्द्रका प्यानल विजयी

    सिरहा, जेठ १ गते। सिरहाको मिर्चैया नपा १ मा नेकपा माओवादी केन्द्रका रुपेश कुमार महतोको प्यानल विजयी भएका छन्। उनी नेकपा एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले उछिन्दै विजयी भएका हुन्।रुपेशले ६ सय ६७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वि राम भरोसले ५ सय ४६ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका जिवछ गाई सुडीले ५ सय १९ मत प्राप्त गरेका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १४९ पटक पढिएको
  • सिरहा नगरपालिका वडा नम्बर १० मा दीपक मुखियाको प्यानलै विजयी

    सिरहा,जेठ १ गते । सिरहा नगरपालिका वडा नम्बर १० को वडा अध्यक्षमा नेकपा एमालेका दीपक मुखियाको प्यानलै विजयी भएको छ ।  वडा अध्यक्षमा निर्वाचित मुखियाले ८ सय ५३ मत प्राप्त गरेका छन् ।उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनिकलाल कामतीले ३ सय ४८,  जनता समाजवादी पार्टी नेपालका जुगल किशोर कामतीले ३ सय १ मत प्राप्त गरेका छन् ।मुखिया स्थानीय तह निर्वाचन २०७४ मा जसपाका जुगल किशोर कामतीसँग १ सय ७१ मत अन्तरले पराजित भएका थिए । यस पटक मुखियाले ठूलो मत अन्तरले विजयी भएको छन् । वडा सदस्यहरुमा कृष्णदेवलाल कर्ण, नारायण मुखिया मलाह, गिरजा देवि पासमान र परमेश्वरीदेखी खत्वे निर्वाचन भएका छन् ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १६२ पटक पढिएको
  • धनगढीमाई नपाको दुई वडामा नेपाली काँग्रेस प्यानल विजयी

    सिरहा,जेठ १ गते । धनगढीमाई नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका सूर्यनाथ यादव र १४ मा अमित ठकुरी प्यानल सहित विजयी भएका छन्। यादव ७ सय ४८ मत सहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वि सुर्यनारायण महतो कोईरीले ५ सय ४४ मत प्राप्त गरेका छन।त्यसैगरी, वार्ड नम्वर १४ का अमित ठकुरीले ५ सय २२ मत ल्याएर विजयी भएको छ। उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका नरेन्द्र सुनुवारले ३ सय ३८ मत प्राप्त गरेको छ।अहिले सम्मको मत परिणाम अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका रामचन्द्र यादवले १ हजार २ सय १९ मत, नेकपा एमालेका शिव शंकर महतोले ९ सय २० मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा माओवादी के

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १५० पटक पढिएको
  • बढेको बढ्यै पेट्रोलियम मूल्य

    सिरहा,जेठ १ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ। शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो। अब उपभोक्ताले पेट्रोल प्रलिलिटर १ सय ७० रुपैयाँ र डिजेलरमट्टितेल १ सय ५३ रुपैयाँमा खरिद गर्नुपर्ने हुन्छ।निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य बढाए पनि अझै घाटा भएको बताए। अझै १५ दिनमा ४ अर्ब २५ करोड रुपैयाँ घाटा हुने उनको तर्क छ। घाटा भए पनि निगमले एलपी ग्यास, हवाई इन्धन ९बाह्य र आन्तरिक० कोे मूल्य भने यसपटक यथावत् राखेको छ। ती वस्तुको मूल्य गत चैत २२ गते नै बढाएको थियो। त्यस समय ग्यासको मूल्य बढाएर १ हजार ६ सय, हवाई इन्धन ९आ

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १६९ पटक पढिएको
  • मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप

    जनकपुर,बैशाख २९ गते । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा लागेको छ । पैसा बाँडेको आरोपमा होहल्ला भएपछि जनकपुरधाम स्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई लिएर गएको हो ।उनलाई  जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई प्रहरीको गाडीमा लिएर जनकपुरस्थित विमानस्थलमा लगेको छ । प्रहरीले उनलाई सुरुमा जिल्ला प्रहरी कार्यालय लैजाने बताए पनि विमानस्थल पुर्‍याएको हो ।

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • २१७ पटक पढिएको
  • जनप्रतिनिधिका अपराध : हत्यादेखि कुखुरा चोरीसम्म

    सिरहा,बैशाख २९ गते । गणतन्त्र स्थापनापछि पहिलोपटक भएको स्थानीय चुनावबाट निर्वाचित प्रतिनिधिहरूले आफ्नो ५ वर्षे कार्यकाल पुरा गरेका छन् । नयाँ जनप्रतिनिधि चुन्न वैशाख ३० मा दोस्रोपटक स्थानीय तह निर्वाचन हुँदैछ ।५ वर्षको अवधिमा दर्जनौँ निर्वाचित प्रतिनिधिहरू नै जघन्यदेखि सार्वजनिक हित विरुद्धको अपराधमा संलग्न भए । प्रहरी प्रधान कार्यालयको अनुसार आर्थिक वर्ष २०७४–०७५ यता २८० जना जनप्रतिनिधि अपराध कर्ममा संलग्न भएका छन् ।​ जनप्रतिनिधीहरु फरक–फरक अपराधमा संलग्न भएको प्रहरी प्रवक्ता ९एसएसपी० विष्णु कुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘कसुर अनुसार मुद्दा दर्ता गरेर हामीले कानुनी दायरामा ल्याएका

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १२१ पटक पढिएको
  • नौजना उम्मेदवारको मृत्यु

    सिरहा,बैशाख २९ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको जनाएको छ। स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका नौजना उम्मेदवारको मृत्यु भएको आयोगले जनाएको हो ।आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका एक लाख ४५ हजार ११ जनामध्ये नौ जना उम्मेदवारको मृत्यु भएको जनाएका थिए। ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेपछि नौजना उम्मेदवारको मृत्यु भइसकेको छ .उनले भने, ‘उम्मेदवारको मृत्यु भएका पालिकाहरूमा निर्वाचन अधिकृतले राजनीतिक दललाई वैकल्पिक उम्म

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १८६ पटक पढिएको
  • आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

    काठमाडौं,बैशाख २९ गते । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महŒवका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ ।स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १६२ पटक पढिएको
  • निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने

    काठमाडौं,बैशाख २८ गते ।  नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् ।पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ ।‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आमसंचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमब

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • ११३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२