सिरहा असोज १५ गते । सशस्त्र प्रहरी बल नेपाल, सिरहाले जिल्लाका विभिन्न सीमा इलाकाबाट बरामद गरेको ठूलो परिमाणको पटाका नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सिरहाले विभिन्न सीमा नाकाबाट बरामद गरेको कुल १२ लाख ३८ हजार ५५० रुपैयाँ मूल्य बराबरको पटाका आज दिउँसो ३ बजे नष्ट गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल अस्थायी मनसुन प्रतिकार्य सुरक्षा बेस, सिरहाको परिसरभित्र खाल्डो खनी स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारणको रोहबरमा बरामद पटाका नष्ट गरिएको सशस्त्र प्रहरी वल सिरहाले जनाएको छ।
दशै तिहार निजकै गर्दा विभन्न नाकाहरुबाट चोरी निकासी गरी भित्र्याइएका तथा नियन्त्रणमा लिइएका पटाका नष्ट गरिएको जनाइएको छ। चाडबाड नजिकै गर्दा सिमामा थप कडाई गरिएको जनाईएको छ ।





















