सिरहा ,असाेज १५ गते । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलापुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

राति करिब १२ः३६ बजे विशेष सूचनाका आधारमा सुरक्षा बेस सुखीपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जनाको गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नं। ७ गण हे।क्वा। सिरहाबाट १५ जना, सुरक्षा बेस गोलबजारबाट ७ जना र सुरक्षा बेस सुखीपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ७ जना गरी २९ जनाको टोली परिचालन गरिएको थियो।

टोलीले बा।१४ च २९४ नम्बरको फुलबडी बोलेरो गाडी र स।६ प ४८५९ नम्बरको अपाचे मोटरसाइकल मा लैजाँदै गरिएको अवस्थामा २६ बोरा गाँजा बरामद गरेको हो। नापतौल गर्दा बरामद गाँजाको कुल तौल १ हजार १०२ दशमलव ६५५ किलोग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको मोबाइल टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू गाडी, मोटरसाइकल र गाँजा छाडेर पुलबाट हामफालेर फरार भएको बताइएको छ। त्यसपछि प्रहरीले गाडी, मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएर नं। ७ गण हे।क्वा। सिरहामा ल्याएको छ।

बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।