लहान,साउन २१ गते । सिरहा प्रहरीले छुटाछुटै स्थानबाट कटुवा र पेस्तोल सहित ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशवारीबाट अन्दाजी १८ वर्षिय मोहम्मद अफरोज राईनको घरबाट बुधबार राती कटुवा पेस्तोल बरामद गरेको हो भन्ने लहान नपा २२ सलोखरीबाट सबरजित दासको साथबाट पेस्तोल सहित ३ जनालाई नियन्त्रणमा लिईएको छ ।
घरमा लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट गएको प्रहरी टोलिले उक्त कटुवा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
अफरोजलाई भने काठमाडौंबाट पक्राउ गरेको प्रहरीले बताएको छ। काठमाडौं ३२ तिनकुनेस्थित २०२० बोयज होस्टलमा बसिरहको भन्ने जानकारीको आधारमा काठमाडौं प्रहरी वृत बानेश्वरसँग समन्वय गरी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ। अफरोजलाई हाल लहान ल्याईरहेको प्रहरीको भनाई छ।
उनले नै आफू सुत्ने कोठामा राखेको भन्ने सुचनाको आधारमा अफरोजलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



















