राजविराज, १४ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न मैत्रीपुर्ण महिला फुटबल प्रतियाेगितामा मलिथम एफसी उदयपुर विजयी भएकाे छ ।
सिरहाकाे धनगढी महिला फुटबल टीमलाई शुन्यका बिरुद्ध एक गाेल अन्तरले पराजित मलिथम एफसी विजयी भएकाे हाे । मलिथमका लागि सबिना राेकायाले निर्णायक गाेल गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा साताै मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिताकाे फाइनलमा भाेली बिहीवार शिबशक्ति युवा क्लब सिन्धुली र शम्भुनाथ नगरपालिका टीमबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेता टिमले नगद रु. ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।



















