राजविराज, ११ माघ । बोदे बसाईन नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्षका प्रत्यासी रामनाथ साहसहित १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बोदे बसाईनमा आइतवार आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का उम्मेदवार पुर्वमन्त्री तेजुलाल चौधरीले साह सहितका नेता कार्यकर्ताहरुलाई पार्टी प्रबेश गराउनुभयो । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस बोदे बर्साइन नगर सभापति ईन्जिनियर दीपेन्द्रकुमार यादव, बोदे बसाईन नगरपालिका ३ का वडाअध्यक्ष शिबनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।



















